Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

रुसको सैन्य विमान दुर्घटना, १९ जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
रुसको सैन्य विमान दुर्घटना, १९ जनाको मृत्यु
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । रुसको दक्षिणपश्चिमी साइबेरियामा मंगलबार रुसी सेनाको यातायात विमान ‘एएन-१२’ दुर्घटना भएको छ। दुर्घटनामा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ। रुस सञ्चारमाध्यमी ‘इजवेस्टिया’का अनुसार विमान उडिरहेका बेला सिधै जमिनमा खस्यो र आगो लाग्यो। यद्यपि दुर्घटनाको कारण अझै स्पष्ट भएको छैन। सरकारी समाचार संस्था ‘आरआईए’ले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै प्रारम्भिक अध्ययनमा दुर्घटनाको कारण प्राविधिक गडबडी भएको उल्लेख गरेको छ। मन्त्रालयलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार उक्त विमान मानिसको बसोबास नभएको क्षेत्रमा खसेको थियो। सीएनएन, बीबीसी, रोयटर्सलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उक्त विमान दुर्घटनाको खबर लेखेका छन्। त्यो विमान सैन्य कर्मचारी, हतियार, गोला बारुद र अन्य आवश्यक आपूर्ति ओसारपसारमा प्रयोग गरिन्थ्यो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चीनका ३ अन्तर्राष्ट्रिय मञ्चमा नारायणकाजी श्रेष्ठ मुख्य वक्ता
Latest NewsJust now

चीनका ३ अन्तर्राष्ट्रिय मञ्चमा नारायणकाजी श्रेष्ठ मुख्य वक्ता

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनका तीन सहरमा आयोजना हुने महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन तथा नीतिगत संवादमा मुख्य वक्ताका रूपमा सहभागी हुन मंगलबार साँझ चीन प्रस्थान गरेका छन्। विश्व राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, क्षेत्रीय आर्थिक सहकार्य र पूर्वाधार विकाससँग सम्बन्धित तीनवटा उच्चस्तरीय अन्तर्... ...

नेपालखबर
गौरको कानुपट्टी सीमा क्षेत्रमा २७ थान गोली बरामद, कसले छाड्यो भन्ने खुलेन
Latest NewsJust now

गौरको कानुपट्टी सीमा क्षेत्रमा २७ थान गोली बरामद, कसले छाड्यो भन्ने खुलेन

रौतहट । रौतहटको गौर नगरपालिका–१ स्थित कानुपट्टी सीमा क्षेत्रमा ९ एमएम पेस्तोलमा प्रयोग हुने २७ थान गोली बेवारिसे अवस्थामा बरामद भएको छ। सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले मंगलबार राति सीमा... ...

रातोपाटी
चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै
Latest NewsJust now

चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज चितवन राइनोज र काठमाण्डू गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् । खेलमा दुवै टोली जित निकाल्दै क्वालिफायर्समा स्थान बनाउने लक्ष्यमा हुनेछन् । काठमाण्डूले तेस्रो शीर्ष टोलीको रूपमा इलिमिनेटरमा स्थान बनाएको हो । टोलीले सात खेलबाट चार जित र तीन हारसहित आठ अंक जोडेको थियो । चितवन भने चौथो स्थान हासिल गर्दै इलिमिनेटरमा प्रवेश गरेको थियो ...

केन्द्रबिन्दु
बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्णरूपमा अवरुद्ध
Latest NewsJust now

बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्णरूपमा अवरुद्ध

काठमाडौं । विपद्का कारण गण्डकी प्रदेशको गोरखा जिल्लामा मुख्य राजमार्ग तथा बाटो अवरुद्ध भएको छ । नेपाल प्रहरीले सर्वजनीक गरेको विवरण अनुसार बाढीका कारण आरुघाट गाउँपालिका वडा नं. २ र ३ स्थित सोतीदेखि मान्बु जाने पुल पूर्णरूपमा अवरुद्ध भएको छ । ...

अनलाइनपाना
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play