Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

रिलिजअघि नै १०० करोड नजिक पुग्यो ‘रामायण’, एडभान्स बुकिङबाट ९६ करोड कमाइ

Share:WhatsAppFacebookX (Twitter)Telegram
रिलिजअघि नै १०० करोड नजिक पुग्यो ‘रामायण’, एडभान्स बुकिङबाट ९६ करोड कमाइ
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । रणवीर कपुर अभिनीत फिल्म ‘रामायण : पार्ट वन’ प्रदर्शनमा आउनुअघि नै बक्स अफिसमा ठूलो रेकर्ड बनाउने दिशामा अघि बढेको छ । नोभेम्बर ५ अर्थात् बिहीबारदेखि प्रदर्शनमा आउने फिल्मले रिलिज हुनुअघि नै भारतमा एडभान्स बुकिङबाट ९६ करोड ५६ लाख भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ । ट्रेड वेबसाइट स्याकनिल्कका अनुसार नोभेम्बर ४ बिहान ७ बजेसम्म फिल्मका लागि पाँच दिनका ८३ हजार ३२ शोमा २५ लाख ६५ हजार टिकट बिक्री भएका छन् । यसमा सिनेमा हलले ब्लक गरेका सिटसमेत समावेश छन् । ब्लक गरिएका सिटको टिकट संख्या हटाउँदा फिल्मको एडभान्स बुकिङबाट भएको कमाइ ७७ करोड ३१ लाख भारतीय रुपैयाँ र बिक्री भएका टिकटको संख्या २० लाख ५७ हजारमा झर्छ । फिल्मको एडभान्स बुकिङमा प्रदर्शनको पहिलो दिन नोभेम्बर ५ सबैभन्दा अगाडि छ । पहिलो दिनका लागि ३९ करोड ३५ लाख भारतीय रुपैयाँको ग्रस एडभान्स बुकिङ भएको छ । ब्लक सिट हटाउँदा यो रकम ३३ करोड ३४ लाख रुपैयाँ हुन्छ । त्यस्तै, शुक्रबारका लागि १८ करोड ५३ लाख, शनिबारका लागि १९ करोड ६८ लाख, आइतबारका लागि १३ करोड २३ लाख र सोमबारका लागि ५ करोड ७८ लाख रुपैयाँको एडभान्स बुकिङ भएको छ । फिल्मको घरेलु बजारमा हिन्दी संस्करणको माग सबैभन्दा बढी देखिएको छ । आइतबारको बुकिङ विवरणअनुसार हिन्दी संस्करणले १४ हजार ३१० शोमार्फत १० करोड ७८ लाख भारतीय रुपैयाँको ग्रस एडभान्स बुकिङ गरेको छ । यो आइतबारको कुल ग्रस एडभान्स बुकिङको करिब ८२ प्रतिशत हो । तेलुगु संस्करणबाट १ करोड ३५ लाख, कन्नडबाट ९५ लाख ६ हजार, तमिलबाट १४ लाख २० हजार र मलयालम संस्करणबाट ३७ हजार ८७० रुपैयाँको एडभान्स बुकिङ भएको छ । फिल्मको थ्रीडी संस्करणप्रति पनि दर्शकको आकर्षण देखिएको छ । आइतबारको तथ्यांकअनुसार स्ट्यान्डर्ड थ्रीडी शोबाट ७ करोड १४ लाख र स्ट्यान्डर्ड टुडी शोबाट ३ करोड ८२ लाख रुपैयाँको एडभान्स बुकिङ भएको छ । त्यस्तै, आईम्याक्स, फोरडीएक्स, डल्बी सिनेमा, स्क्रिन एक्स, एपिक र आईसजस्ता प्रिमियम फर्म्याटबाट कुल २ करोड २२ लाख रुपैयाँको बुकिङ भएको छ । सहरगत बुकिङमा मुम्बई सबैभन्दा अगाडि छ । आइतबार मुम्बईमा १ करोड ८६ लाख रुपैयाँको ग्रस एडभान्स बुकिङ भएको छ । दिल्ली–एनसीआरमा १ करोड ३४ लाख र बेंगलुरुमा १ करोड २७ लाख रुपैयाँको टिकट बिक्री भएको छ । हैदराबादमा ८६ लाख ११ हजार, पुणेमा ५६ लाख ९८ हजार र कोलकातामा ५६ लाख ५६ हजार रुपैयाँको बुकिङ भएको छ । राज्यगत रूपमा महाराष्ट्र २ करोड ८२ लाख रुपैयाँको बुकिङसहित अगाडि छ । कर्नाटकमा १ करोड ६५ लाख, दिल्लीमा १ करोड ३४ लाख र तेलंगानामा १ करोड १४ लाख रुपैयाँको एडभान्स बुकिङ भएको छ । नितेश तिवारीको निर्देशनमा बनेको फिल्मलाई नमित मल्होत्राले निर्माण गरेका हुन् । फिल्ममा रणवीर कपुर भगवान् राम, साई पल्लवी माता सीता र यश रावणको भूमिकामा देखिनेछन् । रवि दुबे र सनी देओलको पनि फिल्ममा महत्वपूर्ण भूमिका छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नातिलाई सपिङ गराउन भाटभटेनी पुगे एमाले अध्यक्ष ओली
Latest NewsJust now

नातिलाई सपिङ गराउन भाटभटेनी पुगे एमाले अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नातिलाई सपिङ गराउन भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट पुगेका छन्। पार्टी कार्यालयबाट फर्किने क्रममा ओली आज दिउँसो नातिसहित भाटभटेनी पुगेका हुन्। आकस्मिक पुगेका... ...

रातोपाटी
रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलाबाट साढे ३ महिनामै उठ्यो १२ अर्ब राजस्व
Latest NewsJust now

रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलाबाट साढे ३ महिनामै उठ्यो १२ अर्ब राजस्व

मुस्ताङमा चालु आर्थिक वर्षमा ९ अर्ब राजस्व संकलन लक्ष्य लिएकोमा साढे तीन महिनामै ११ अर्ब ९९ करोड ३४ लाख राजस्व उठेको हो । ...

कान्तिपुर
बेनीमा चौथो बौद्ध कप फुटबल प्रतियोगिता सुरु
Latest NewsJust now

बेनीमा चौथो बौद्ध कप फुटबल प्रतियोगिता सुरु

म्याग्दी। म्याग्दीको बेनीमा रु दुई लाख २२ हजार २२२ पुरस्कार राशिको चौथो बौद्ध कप खुला फुटबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । बौद्ध युवा क्लबको आयोजनामा बेनीस्थित खुलामञ्च खेलमैदानमा पाँच दिनसम्म... ...

रातोपाटी
आईजीपीबाट हटाएपछि दानबहादुर कार्कीका तीन विकल्प
Latest NewsJust now

आईजीपीबाट हटाएपछि दानबहादुर कार्कीका तीन विकल्प

सरकारले एक वर्ष नपुग्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएको छ। कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउँदै प्रहरी प्रमुखको जिम्मेवारी मनोजकुमार केसीलाई दिएको छ।  गृहमन्त्री सुधन गुरुङले केसीलाई दर्ज्यानी चिह्न लगाइदिएका छन्। बुधबार साँझै दर्ज्यानी चिह्न लगाएलगत्तै नवनियुक्त आईजीपी केसीले बदबहाली गरिसकेका छन्।  प्रधानमन्त्री वा... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play