सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेख क्षेत्र नम्बर १ का सभापति राजेश शर्मा कोइरालासहित ५५ जना सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जिल्लाका विभिन्न स्थानमा नगद रकम राखेर हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट नेपाली तथा भारतीय रुपैयाँ गरी कुल १२ लाख ५३ हजार ८४५ रुपैयाँ नगद र ५३ गड्डी तास बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कात्तिक २२ गते जुवातास खेलिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरीले विभिन्न स्थानमा छापा मारेको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालय, प्रदेश प्रहरी गण, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बाबियाचौरबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मार्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनास्थलबाट जुवा खेल्न प्रयोग गरिएका तास र हारजितका लागि राखिएको नगद रकम बरामद गरेको जनाएको छ।
रास्वपा दैलेखका सभापतिसहित ५५ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






