Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

रास्वपा ‘झोले युग’बाट बाहिर निस्क्यो, तर हामीलाई ‘खराने’ र ‘घण्टे’ भन्छन् : रवि लामिछाने

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपा ‘झोले युग’बाट बाहिर निस्क्यो, तर हामीलाई ‘खराने’ र ‘घण्टे’ भन्छन् : रवि लामिछाने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीलाई ‘झोले युग’बाट बाहिर निकालेर ‘फाइलको युग’मा प्रवेश गराएको बताएका छन् । शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले अब पार्टीका कार्यक्रम, अधिवेशन तथा महाधिवेशनमा झोला वितरण नगर्न नेता–कार्यकर्तालाई आग्रह गरे । झोलाको सट्टा फाइल वा डायरी प्रयोग गर्ने अभ्यास सुरु गरिएको उनले बताए । राजनीतिक दलमा आबद्ध भएकै आधारमा कार्यकर्तालाई ‘झोले’ भनेर अपमान गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै लामिछानेले रास्वपाका कार्यकर्तालाई पनि पछिल्लो समय ‘खराने’ र ‘घण्टे’ जस्ता शब्द प्रयोग गरेर सम्बोधन गर्न थालिएको बताए । ‘अचेल रास्वपाका झोले पनि भन्न थालियो होला । हामीलाई भन्ने शब्द त अलि फरक छ फेरि– खराने, घण्टे,’ उनले भने, ‘कम्तीमा झोलेबाट त हामी बाहिर निस्केका छौँ ! झोलेबाट बाहिर निस्किए पनि त्यो झोलेभन्दा पनि नमिठो शब्द आयो फेरि अब हेर्नुस् !’ उनले पार्टीको विचार, सिद्धान्त, नेतृत्व र नीति मन पराएर राजनीतिमा लाग्ने व्यक्तिलाई विभिन्न शब्द प्रयोग गरेर होच्याउने गरिएको टिप्पणी गरे । प्रशिक्षण तथा पार्टीका अन्य कार्यक्रममा झोला वितरण गर्ने र कार्यकर्ताले त्यही झोला बोकेर हिँड्दा ‘झोले’ भन्ने भाष्यलाई थप बल पुग्ने आफूले ठानेको उनको भनाइ थियो । त्यसैले झोलाको विकल्पमा फाइल वा डायरी प्रयोग गर्ने निर्णय गरिएको उनले बताए । फाइल वा डायरीमा जनताका मुद्दा र गुनासा टिपोट गर्न सकिने उल्लेख गर्दै उनले सक्नेले आफैँ किन्ने र आर्थिक अवस्था कमजोर भएकालाई अरूले सहयोग गर्ने अभियान चलाउन आग्रह गरे । “आज सहभागीहरूलाई झोला नदिनुहोला । झोलाबाट फाइलमा प्रवेश गरौँ । कम्तीमा हामीले रास्वपालाई झोले युगबाट बाहिर निकालेका छौँ,” उनले भने ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
स्वास्थ्य सेवामा जनशक्ति अभाव पूर्ति गर्न ९७७ दरबन्दी स्वीकृत
Latest NewsJust now

स्वास्थ्य सेवामा जनशक्ति अभाव पूर्ति गर्न ९७७ दरबन्दी स्वीकृत

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विशेषज्ञ चिकित्सकदेखि सहायक तहसम्मका ९७७ नयाँ दरबन्दी स्वीकृत गरेको छ। स्वीकृत दरबन्दीमध्ये चालू आर्थिक वर्षमा सातौँ, आठौँ, नवौँ, दसौँ र एघारौँ तहका विभिन्न... ...

रातोपाटी
भेनेजुएलालाई स्वास्थ्य सहयोग गर्ने डब्ल्यूएचओ प्रमुखको प्रतिबद्धता
Latest NewsJust now

भेनेजुएलालाई स्वास्थ्य सहयोग गर्ने डब्ल्यूएचओ प्रमुखको प्रतिबद्धता

काराकास, मङ्सिर १२ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेयससले शुक्रबार भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग भेट गर्नुभएको छ। यो सं... ...

गोरखापत्र
पाकिस्तानमा हुने १४औँ दक्षिण एसियाली खेलकुदको मिति सर्‍यो
Latest NewsJust now

पाकिस्तानमा हुने १४औँ दक्षिण एसियाली खेलकुदको मिति सर्‍यो

काठमाडौँ । पाकिस्तानमा आयोजना हुने १४औँ दक्षिण एसियाली खेलकुद (साग) को मिति पुनः संशोधन गरिएको छ । पाकिस्तान ओलम्पिक संघ (पीओए) ले दक्षिण एसियाका सहभागी राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी)हरूसँग परामर्श... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement