Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

रास्वपाले गर्ने निर्णयअनुसार विवादित न्यायाधीशमाथि महाभियोगमा काँग्रेसले धारणा बनाउँछ : भीष्मराज आङदेम्बे

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपाले गर्ने निर्णयअनुसार विवादित न्यायाधीशमाथि महाभियोगमा काँग्रेसले धारणा बनाउँछ : भीष्मराज आङदेम्बे
Photo / Coverage: पर्दाफास

विवादित न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा नेपाली काँग्रेसले तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने भएको छ । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यस विषयमा संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गर्ने धारणा र त्यसले अघि बढाउने प्रक्रियालाई हेरेर पार्टीले आफ्नो दृष्टिकोण तय गर्ने बताए । उनले गलत क्रियाकलापका विषयमा काँग्रेस गम्भीर र सचेत रहेको उल्लेख गर्दै रास्वपाले यस विषयलाई कसरी संसदमा प्रवेश गराउँछ भन्ने आधारमा पार्टी अघि बढ्ने स्पष्ट पारे । उनले भने, ‘रास्वपा सबैभन्दा ठूलो दलको रूपमा हुनुहुन्छ । उहाँहरूले यो विषयमा आफ्ना दृष्टिकोण कसरी सार्वजनिक गर्नुहुन्छ, त्यो हामी हेरिरहेका छौँ । हामी कुनैपनि गलत क्रियाकलापहरू जुन छ, त्यसको विषयमा हामीहरू अत्यन्त गम्भीर र सचेत छौँ । उहाँहरूले यो विषयमा आफ्ना धारणा कसरी सार्वजनिक गर्नुहुन्छ, यसलाई संसदमा कसरी विषयवस्तु प्रवेश गराउनुहुन्छ, त्यस अनुसार हामीहरू आफ्ना धारणाहरू बनाएर हामीहरू अगाडि बढ्छौँ ।’ रास्वपाले विचौलिया ईनम सापकोटासँग कनेक्सन रहेका न्यायाधीशमाथी महाभियोग लगाउनेगरी छलफल अगाडी बढाएको छ । तर रास्वपाले पनि महाभियोगका बारेमा ठोस धारणा सार्वजनिक गरेको छैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
OthersJust now

पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

१६ कात्तिक, काठमाडौं । पर्सामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जीराभवानी गाउँपालिका–५ स्थित सडकमा बा.४४ प २३०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना भएको थियो । सो दुर्घटना हुँदा चालक सोही नगरपालिका–५ सखुबनिया टोल बस्ने ४५ वर्षीय संजय खवासको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । दुर्घटनामा… ...

अनलाइन खबर
आर्य फार्मा ल्याब बन्यो एनपीएलको आधिकारिक स्वास्थ्य साझेदार
OthersJust now

आर्य फार्मा ल्याब बन्यो एनपीएलको आधिकारिक स्वास्थ्य साझेदार

१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा क्रिकेटको रोमाञ्चसँगै दर्शकको स्वास्थ्यलाई पनि प्राथमिकता दिइने भएको छ । आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग तीन वर्षे सम्झौता गर्दै एनपीएलको आधिकारिक स्वास्थ्य साझेदार बनेको छ । यस सहकार्यअन्तर्गत त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्न पुग्ने दर्शकले निःशुल्क स्वास्थ्य परीक्षणको सुविधा पाउनेछन् । दर्शकले मैदानमै… ...

अनलाइन खबर
कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
OthersJust now

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना

१६ कात्तिक, काठमाडौं । चालु वर्षको वैशाख १ गतेदेखि आज कात्तिक १६ गतेसम्म देशभर सात हजार ६८८ वटा विपद्का घटना भएका छन् । उक्त घटनामा परी ४०२ जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सर्पदंश, पहिरो, बाढी, चट्याङ, आगलागी, लेक लाग्ने, जनावरको आक्रमण,… ...

अनलाइन खबर
‘काठमाडौं हरर फिल्म फेस्ट’ को दोस्रो संस्करण सकियो
OthersJust now

‘काठमाडौं हरर फिल्म फेस्ट’ को दोस्रो संस्करण सकियो

तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’ को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर तथा विधागत फिल्मको प्रदर्शनमा दर्शकको उत्साहजनक सहभागिता देखिएको थियो । मोराद मुस्तफाद्वारा निर्देशित फिल्म ‘आयशा कान्ट फ्लाई अवे’ प्रदर्शनसँगै सम्पन्न भएको महोत्सवको समापन समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति ब्रजेश खनाल, नेपालस्थित रुसी दूतावासका मिनिस्टर काउन्सेलर तथा उपनियोग प्रमुख रिनचेन राक्शायेभ, ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play