Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

राष्ट्र बैंकले नष्ट गर्‍यो चलनचल्तीका लागि अयोग्य ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका नोट

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्र बैंकले नष्ट गर्‍यो चलनचल्तीका लागि अयोग्य ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका नोट
Photo / Coverage: पर्दाफास

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा चलनचल्तीका लागि अयोग्य ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका नोट नष्ट गरेको छ । बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले जम्मा गर्न वा साट्न ल्याएका झुत्रा, मैला र च्यातिएका विभिन्न दरका नोट धुल्याएर ब्रिकेट बनाइएको केन्द्रीय बैंकले जनाएको छ । २०८३ असार मसान्तमा चलनचल्तीमा रहेका नोटको कुल मूल्य करिब ८ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो असार मसान्तमा ७ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा थिए । राष्ट्र बैंकका अनुसार एक वर्षमा चलनचल्तीमा रहेका नोटको कुल मूल्य ६.०८ प्रतिशत बढेको हो । २०८३ असार मसान्तमा राष्ट्र बैंकसँग विभिन्न दरका ८८ अर्ब ९४ करोड ८ लाख ५० हजार रुपैयाँ बराबरका नयाँ नोट मौज्दात थिए । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मौज्दात ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार रुपैयाँ बराबर थियो । गत आर्थिक वर्षमा करारअनुसार पाँच रुपैयाँ दरका ३५ करोड थान नोट आपूर्ति भई राष्ट्र बैंकको ढुकुटीमा राखिएका छन् । १० रुपैयाँ दरका ३४ करोड थान नोट आपूर्ति गर्ने करारअन्तर्गत पहिलो र दोस्रो खेपमा २३ करोड थान प्राप्त भएका छन् । त्यस्तै, १०० रुपैयाँ दरका ३० करोड थानमध्ये पहिलो दुई खेपमा २१ करोड थान र ५०० रुपैयाँ दरका २३ करोड थानमध्ये पहिलो खेपमा १२ करोड थान नोट प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ । सोही वर्ष ५० रुपैयाँ दरका ४२ करोड थान र एक हजार रुपैयाँ दरका ४३ करोड थान नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार भएको छ । राष्ट्र बैंकले नोटको डिजाइन, छपाइ र आपूर्तिका लागि छवटा अन्तर्राष्ट्रिय सुरक्षा मुद्रक कम्पनीलाई पूर्वयोग्यता सूचीमा राखेको छ । नोटको सुरक्षा र गुणस्तर बढाउन सुरक्षण विशेषता तथा प्राविधिक मापदण्ड अन्तर्राष्ट्रिय स्तरअनुसार अद्यावधिक गर्दै लगिएको केन्द्रीय बैंकले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सशस्त्र प्रहरी राष्ट्र र जनताको सेवासुरक्षा गर्ने पवित्र संगठन हो : सशस्त्र आईजीपी पौडेल
OthersJust now

सशस्त्र प्रहरी राष्ट्र र जनताको सेवासुरक्षा गर्ने पवित्र संगठन हो : सशस्त्र आईजीपी पौडेल

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले सशस्त्र प्रहरी बल नेपाल जागिर खाने ठाउँ मात्र नभई राष्ट्र र जनताको सेवा र सुरक्षामा समर्पित रहने पवित्र संगठन भएको बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा मंसिर २ गतेदेखि सञ्चालन हुने सि.सं. १९ […] ...

काठमाण्डुपाटी
आईएमई ग्रुपको ‘भाइस प्रेसिडेन्ट’ पदमा जगदीश खड्का नियुक्त
OthersJust now

आईएमई ग्रुपको ‘भाइस प्रेसिडेन्ट’ पदमा जगदीश खड्का नियुक्त

२ मंसिर, काठमाडौं । आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुपको भाइस प्रेसिडेन्ट पदमा नियुक्त गरेको छ। भाइस प्रेसिडेन्ट खड्काले आईएमई समूहका विभिन्न व्यवसायहरूबीच रणनीतिक सहकार्यको नेतृत्व गर्ने छन् । समूहका कम्पनीहरूबीचको विशेषज्ञता, प्रविधि, बजार पहुँच र वितरण सञ्जाललाई जोडेर प्रत्येक व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने र समग्र समूहको दीर्घकालीन ब्रान्ड भ्यालु बढाउने खड्काको प्रमुख जिम्मेवारी हुनेछ ।… ...

अनलाइन खबर
५३ करोड जरिवाना सुनाइएका व्यक्ति पक्राउ
OthersJust now

५३ करोड जरिवाना सुनाइएका व्यक्ति पक्राउ

२ मंसिर, काठमाडौं । ५३ करोड जरिवाना सुनाइएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–१ का ३३ वर्षीय गुलसन श्रीवास्तव छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । राजश्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर विजक जारी गरी कारोबार गरेको कसुरमा मुद्दा चलाएको थियो… ...

अनलाइन खबर
एलिस हुआङका श्रीमान्‌ले चीनमा कसरी ९ अर्ब डलरको डेटा सेन्टर साम्राज्य खडा गरे ?
OthersJust now

एलिस हुआङका श्रीमान्‌ले चीनमा कसरी ९ अर्ब डलरको डेटा सेन्टर साम्राज्य खडा गरे ?

एलिसका श्रीमान्‌ले चीनमा ९ अर्ब डलरको डाटा सेन्टर बनाएका छन्। यो डाटा सेन्टरलाई चीन सरकारले सहयोग गरेको छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play