काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका झुत्रा तथा चलनचल्तीमा प्रयोग गर्न नमिल्ने नोट नष्ट गरेको छ । बैंक तथा वित्तीय संस्था र सर्वसाधारणबाट संकलित पुराना, मैला र च्यातिएका नोट धुल्याएर राष्ट्र बैंकले ब्रिकेट बनाएको हाे । यसैबीच, २०८३ असार मसान्तसम्म नेपाली बजारमा ८ खर्ब ७ अर्ब रुपैयाँ बराबरका नोट चलनचल्तीमा रहेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो रकम ६.०८ प्रतिशतले बढी हो । नोटको सुरक्षा र गुणस्तर सुधार गर्न राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षण विशेषता तथा प्राविधिक स्वरूप परिमार्जन गरिरहेको जनाएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष पाँच रुपैयाँ दरका ३५ करोड र १० रुपैयाँ दरका २३ करोड थान नयाँ नोट ढुकुटीमा सुरक्षित राखिएका छन् ।
राष्ट्र बैंकद्वारा साढे ७ खर्बका नोट नष्ट

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






