Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रिय अनुसन्धान विभागका अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रिय अनुसन्धान विभागका अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर
Photo / Coverage: पर्दाफास

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत (रा.प.द्वितीय श्रेणी) रामबाबू प्रसाद चौधरीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । सेवा प्रवेश गर्दा र बढुवा तथा पदस्थापन हुने प्रयोजनका लागि उच्च पदस्थ कर्मचारीहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा चौधरीले राष्ट्रसेवक पदमा कार्यरत रहँदा बढुवा तथा पदस्थापनसमेत हुने उद्देश्यले बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिलबाट जारी भएको देखिने आईए तहको मार्क्स स्टेटमेन्ट, प्रोभिजनल सर्टिफिकेट, कलेज लिभिङ सर्टिफिकेट, कन्डक्ट सर्टिफिकेट र माइग्रेसन सर्टिफिकेटलगायतका झूटा तथा नक्कली प्रमाणपत्र पेस गरेको पुष्टि भएको आयोगले जनाएको छ । नक्कली प्रमाणपत्र पेस गरी प्रमुख अनुसन्धान अधिकृत पदसम्मको बढुवा तथा पदस्थापन भई राष्ट्रसेवकको ओहदा, लाभ र सुविधासमेत प्राप्त गरेको पुष्टि भएपछि चौधरीविरुद्ध मुद्दा दायर गरिएको हा । आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार चौधरीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा साविक ऐनको दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय मागदाबी लिई बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सलमानको फिल्म ‘मातृभूमि’ ले पायो यूए १६ प्लस सर्टिफिकेट
OthersJust now

सलमानको फिल्म ‘मातृभूमि’ ले पायो यूए १६ प्लस सर्टिफिकेट

बलिउड अभिनेता सलमान खानको फिल्म ‘मातृभूमि’ ले केन्द्रीय चलचित्र प्रमाणन बोर्ड (सीबीएफसी) बाट प्रदर्शन अनुमति पाएको छ । सन् २०२० मा भारत र चीनका सैनिकबीच गलवान उपत्यकामा भएको झडपको पृष्ठभूमिमा फिल्म निर्माण गरिएको छ । यो युद्धप्रधान फिल्मलाई लिएर दर्शकमाझ सुरुदेखि नै उत्सुकता छ। नाम परिवर्तनदेखि कथावस्तु र प्रदर्शन मितिसम्म जस्ता विषयले यो फिल्म निरन्तर… ...

अनलाइन खबर
रेमिट्यान्स र निर्यात बढ्दा शोधनान्तर स्थिति ३ खर्ब बचतमा
OthersJust now

रेमिट्यान्स र निर्यात बढ्दा शोधनान्तर स्थिति ३ खर्ब बचतमा

३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको असोज महिनामा शोधनान्तर बचत ३ खर्ब पुगेको छ । रेमिट्यान्स र आयातमा आएको सुधारले शोधनान्तर बचत बढेको हो । चालु आवको असोजमा शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६४ अर्ब ३ करोडले बचतमा रहेको… ...

अनलाइन खबर
पुटिन र सीसँग भेटपछि चीनबाट फर्किए ट्रम्प, इरानबारे के भने ?
OthersJust now

पुटिन र सीसँग भेटपछि चीनबाट फर्किए ट्रम्प, इरानबारे के भने ?

चीनको सेन्जेनमा एपेक सम्मेलन आयोजना भइरहेको छ । सम्मेलनमा चीनका राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी भएका थिए । ...

अनलाइन खबर
मलेसिया श्रमिक ठगी प्रकरण : पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध चार दिन म्याद थप
OthersJust now

मलेसिया श्रमिक ठगी प्रकरण : पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध चार दिन म्याद थप

मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकसँग ठगी गरी संकलन गरिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध ४ दिन म्याद थप भएको छ ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play