Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

राराको चुच्चेमारा जङ्गलमा अलपत्र १२ पर्यटकको सेनाले गर्‍यो उद्धार

Share:WhatsAppFacebookX (Twitter)Telegram
राराको चुच्चेमारा जङ्गलमा अलपत्र १२ पर्यटकको सेनाले गर्‍यो उद्धार
Photo / Coverage: पर्दाफास

नेपालको प्रसिद्ध रारा ताल घुम्न आएका १२ जना आन्तरिक पर्यटकको नेपाली सेनाले सकुशल उद्धार गरेको छ। छायाँनाथ रारा नगरपालिका–८ स्थित घना चुच्चेमारा जङ्गलमा बाटो बिराएर अलपत्र परेका पर्यटकहरूलाई नेपाली सेनाको हनुमानध्वज गुल्म सुरक्षित उद्धार गरेको हो । हनुमानध्वज गुल्मका गुल्मपति खड्गबहादुर श्रेष्ठका अनुसार जुम्लाको चन्दननाथ नगरपालिका–२ भण्डारी बाडाका १२ जना पर्यटकहरू रारा भ्रमणका क्रममा रमाइलो गर्दै अघि बढ्ने क्रममा गन्तव्य विर्सिएर चुच्चेमाराको जङ्गलमा अलपत्र परेका थिए। जङ्गलमा पर्यटकहरू फसेको र बाटो बिराएको खबर प्राप्त हुनासाथ हनुमानध्वज गुल्मबाट तत्कालै विशेष उद्धार टोली परिचालन गरिएको थियो। रातको समय र अप्ठ्यारो भूगोलका बाबजुद पनि सुरक्षाकर्मीहरूको तीव्र खोजी तथा उद्धार प्रयासका कारण राति करिब १० बजे सबै पर्यटकलाई सकुशल फेला पारेको उनले जानकारी दिए । उद्धारपश्चात् उनीहरूलाई सल्लेरीस्थित होटलमा राखिएको गुल्मपति श्रेष्ठले जानकारी दिए । यस्ता घटनाले रारा क्षेत्रमा आउने पर्यटकहरूको सुरक्षा र व्यवस्थापन पक्षलाई लिएर गम्भीर प्रश्न उब्जाएको छ । स्थानीय बासिन्दाहरूका अनुसार रारा घुम्न आउने पाहुनाहरूका लागि रारा सेरोफेरोमा तथा जुम्लाका विभिन्न भागबाट रारा पुग्ने पदमार्गहरूमा पर्याप्त मात्रामा लोकेसन साइनबोर्ड (सङ्केत पाटी), सूचना पाटी (इन्फर्मेसन बोर्ड) र तालिमप्राप्त ‘नेचर गाइड’ (प्रकृति पथप्रदर्शक) को व्यवस्थापन नहुँदा यस्ता समस्याहरू बारम्बार दोहोरिने गरेका छन्। देश विदेशबाट हजारौँ पर्यटकहरू भ्रमणका लागि रारा आउने गर्दछन्। तर, व्यवस्थित पदमार्ग, दिशा सूचक बोर्ड र सूचना केन्द्रहरूको अभावका कारण पहिलो पटक आउने पाहुनाहरू जङ्गलमा अलपत्र पर्ने र जोखिम मोल्न बाध्य हुने गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दानबहादुर कार्की आईजीपीबाट हटाइए, प्रहरीको नयाँ नेतृत्वमा मनोज केसी
OthersJust now

दानबहादुर कार्की आईजीपीबाट हटाइए, प्रहरीको नयाँ नेतृत्वमा मनोज केसी

काठमाण्डु- सरकारले एआईजीपी मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । आईजीपीबाट हटाइएका दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको बिशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि यस बैठकले गरेको छ। ...

काठमाण्डुपाटी
ट्रम्प दुवै सदनमा मध्यावधि चुनाव हारे, डेमोक्रेटिक पार्टीलाई बहुमत
OthersJust now

ट्रम्प दुवै सदनमा मध्यावधि चुनाव हारे, डेमोक्रेटिक पार्टीलाई बहुमत

तल्लो सदनमा कुल ४३५ सिट छन् र सबै सिटमा चुनाव भएको छ। प्रारम्भिक रुझानअनुसार विपक्षी डेमोक्रेटिक पार्टी २२७ सिटमा अगाडि छ भने राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टी १४२ सिटमा अगाडि छ। ...

अनलाइन खबर
मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषदको निर्णय
OthersJust now

मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषदको निर्णय

१८ कात्तिक, काठमाडौं । सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद स्रोतका अनुसार हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ । ...

अनलाइन खबर
बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते
OthersJust now

बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते

बझाङको केदारस्युँ गाउँपालिका-७, भानचौरमा बुधबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। भानचौरबाट काँडाचौरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च ४३७६ नम्बरको जिप बिहान करिब ९ बजेर १० मिनेटमा दुर्घटनामा परेको हो। प्रहरीका अनुसार ब्रेक फेल भएपछि जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो। दुर्घटनामा केदारस्युँ गाउँपालिका-७, काँडाचौरकी अन्दाजी २७ वर्षीया पविता ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play