Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

‘रामायणः पार्ट १’ को विश्वव्यापी कमाइ १ हजार ११० करोड भारु, बनायो नयाँ रेकर्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘रामायणः पार्ट १’ को विश्वव्यापी कमाइ १ हजार ११० करोड भारु, बनायो नयाँ रेकर्ड
Photo / Coverage: केन्द्रबिन्दु

मुम्बई । रणबीर कपुर अभिनीत बहुप्रतीक्षित चलचित्र ‘रामायणः पार्ट १’ ले बक्स अफिसमा आक्रामक व्यापार गर्दै नयाँ कीर्तिमान बनाएको छ। प्रदर्शनको नौ दिनमै चलचित्रले विश्वभरबाट १ हजार ११० करोड भारु ग्रस कलेक्सन गरेको छ। नितेश तिवारीको निर्देशनमा बनेको यो चलचित्र प्रदर्शनको आठ दिनमै १ हजार करोड भारु कमाउने तेस्रो तीव्र गतिका भारतीय चलचित्र बनेको छ। यसअघि रणवीर सिंह अभिनीत ‘धुरन्धर २’ र अल्लु अर्जुनको ‘पुष्पा २’ ले प्रदर्शनको सात दिनमै यो आँकडा पार गरेका थिए। चलचित्रको कमाइले शाहरुख खान अभिनीत ‘पठान’ को १ हजार ५५ करोड भारुको विश्वव्यापी कमाइको कीर्तिमानसमेत उछिनेको छ। ‘रामायणः पार्ट १’ ले भारतीय बजारबाट ६१२ करोड भारु नेट र ७३२ करोड भारु ग्रस कलेक्सन गरेको छ। त्यस्तै, विदेशी बजारबाट ३७८ करोड भारु ग्रस कमाइ गरेको छ। कुल विश्वव्यापी कमाइमा भारतीय बजारको हिस्सा करिब ६५ प्रतिशत र विदेशी बजारको योगदान ३५ प्रतिशत रहेको छ। प्रदर्शनको पहिलो सातामै सन् २०२६ को दोस्रो सर्वाधिक कमाउने हिन्दी चलचित्र बनेको ‘रामायणः पार्ट १’ ले ‘दृश्यम ३’, ‘जेलर २’ र ‘हनुमान अंश’ को कुल कमाइलाई समेत पछाडि पारेको छ। आठ दिनभित्रै हिन्दी सिनेमाको इतिहासमा छैटौँ सर्वाधिक कमाउने चलचित्र बन्न सफल भएको छ। हाल हिन्दी चलचित्रतर्फ सर्वाधिक कमाइको कीर्तिमान आमिर खान अभिनीत ‘दंगल’ को नाममा छ। उक्त चलचित्रले विश्वभरबाट २ हजार ५४ करोड भारु कमाएको थियो। समग्र भारतीय सिनेमाको कमाइ सूचीमा भने ‘रामायणः पार्ट १’ हाल ११औँ स्थानमा रहेको छ। यही गतिमा व्यापार जारी रहे चलचित्र शीर्ष १० मा प्रवेश गर्ने र ‘धुरन्धर’ लाई समेत चुनौती दिने अनुमान गरिएको छ। यद्यपि, चलचित्रको व्यावसायिक सफलतालाई लिएर नाफा–घाटाको हिसाब अझै महत्त्वपूर्ण देखिएको छ। चलचित्र व्यापार विश्लेषक सुमित कडेलका अनुसार यसको वास्तविक सफलता वितरकले पाउने सेयरमा निर्भर हुनेछ। निर्माण पक्षले अदालतमा चलचित्रको आधिकारिक बजेट २ हजार करोड भारु रहेको जानकारी दिएको प्रसङ्ग उल्लेख गर्दै कडेलले चलचित्रलाई हिट मान्न हिन्दी बजारबाट कम्तीमा १ हजार १०० करोड र विश्वभरबाट २ हजार ८०० करोड भारु कमाइ गर्नुपर्ने बताएका छन्। उनका अनुसार उक्त लक्ष्य पूरा नभएसम्म चलचित्रलाई व्यावसायिक रूपमा हिट भन्न मिल्दैन।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल
Latest NewsJust now

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन्। आन्तरिक पर्यटकको उल्लेख्य आगमनसँगै यी गाउँका होटल र घरबासमा पाहुनाको चाप बढेको छ। कतिपय पर्यटकले अग्रिम बुकिङ नगर्दा आवास पाउन कठिन भएको छ। अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने घान्द्रुकमा तिहारको भोलिपल्टदेखि पर्यटकको चहलपहल बढेको हो। घान्द्... ...

नेपालखबर
मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा
Latest NewsJust now

मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। शनिबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्। प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने आवश्यक बहुमत नजुट्ने देखिएपछि मुख्यमन्त्री यादवले राजीनामा दिएका हुन्। उनले प्रदेशसभाको अंकगणितमा अल्झिनुभन्दा मधेशमा स्थिर सरकार निर्माण र राजनीतिक निकासका लागि राजीनामा दिएको बताएका छन्। पदभन्दा जनताको सेवा र विश्वास ठूलो रहेको उल्लेख गर्दै उनले राजनीतिक ...

केन्द्रबिन्दु
छठ नजिकिएसँगै कुलेश्वर बजारमा केराको व्यापार : भाडा बढेपछि मूल्य महँगियो
Latest NewsJust now

छठ नजिकिएसँगै कुलेश्वर बजारमा केराको व्यापार : भाडा बढेपछि मूल्य महँगियो

काठमाडौँ । आस्थाको पर्व छठ नजिकिएसँगै काठमाडौँको कुलेश्वरस्थित थोक फलफूल बजारमा केराको कारोबार निकै बढेको छ। छठ पूजाका लागि केरालाई अनिवार्य र प्रमुख प्रसादका रूपमा लिइने भएकाले बजारमा बिहानैदेखि खरिदबिक्री... ...

रातोपाटी
अवैध ढुङ्गा ओसारपसारमा संलग्न दुई ट्रक नियन्त्रणमा
Latest NewsJust now

अवैध ढुङ्गा ओसारपसारमा संलग्न दुई ट्रक नियन्त्रणमा

बागलुङ, कात्तिक २८ गते । बागलुङमा अवैध रूपमा ढुङ्गा ओसारपसारमा संलग्न दुई वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार शनिबार काठेखोला गाउँपालिका–२... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play