Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

राक्सिराङको जिर्खे खोलाको पुल निर्माणमा ढिलासुस्ती, ३० हजार नागरिज जोखिमपूर्ण यात्राको बाध्यतामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
राक्सिराङको जिर्खे खोलाको पुल निर्माणमा ढिलासुस्ती, ३० हजार नागरिज जोखिमपूर्ण यात्राको बाध्यतामा
Photo / Coverage: हिमालय टाइम्स

मकवानपुर । मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिकास्थित जिर्खे खोलामा निर्माणाधीन पक्की पुलको काम ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। ठेक्का सम्झौता भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि पुल निर्माणको भौतिक प्रगति ३० प्रतिशतमा सीमित छ। स्थानीयका लागि अत्यावश्यक मानिएको पुल निर्माणमा ढिलाइ हुँदा राक्सिराङसहित छिमेकी क्षेत्रका नागरिक अझै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। मनहरी गाउँपालिका र राक्सिराङ गाउँपालिकालाई जोड्ने उक्त पुल बागमती प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको हो। राक्सिराङ र छिमेकी कैलाश गाउँपालिकाका गरी करिब ३० हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको पुल निर्माणले गति लिन नसक्दा स्थानीयमा निराशा बढेको छ। जिर्खे खोला वर्षायाममा निकै जोखिमपूर्ण हुने गरेको छ। विगतमा खोला तर्ने क्रममा मानिससँगै बोलेरो गाडी र मोटरसाइकलसमेत बगाएका घटना छन्। बिरामीलाई उपचारका लागि अस्पताल पुर्‍याउनसमेत कठिन हुने गरेको स्थानीयको गुनासो छ। पुल नहुँदा वर्षायाममा आवतजावत प्रभावित हुने र सामान्य कामका लागि समेत जोखिम मोलेर खोला पार गर्नुपर्ने बाध्यता छ। बागमती प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत निर्माण भइरहेको पुलको लागत अनुमान ८ करोड १४ लाख रुपैयाँ छ। निर्माणका लागि ६ करोड ५३ लाख ३० हजार ९ सय ५४ रुपैयाँमा बिन्ध्याचल निर्माण सेवा, हेटौँडा–२ सँग ठेक्का सम्झौता भएको हो। पूर्वाधार विकास कार्यालयका अनुसार हालसम्म निर्माणमा २ करोड १२ लाख रुपैयाँ खर्च भइसकेको छ। पूर्वाधार विकास कार्यालय मकवानपुरका प्रमुख सुजन भण्डारीका अनुसार पुल निर्माणको भौतिक प्रगति ३० प्रतिशत मात्रै पुगेको छ। सम्झौताअनुसार हालसम्म अझ बढी काम सम्पन्न भइसक्नुपर्ने भए पनि निर्माण कम्पनीले अपेक्षाअनुसार काम नगरेको उहाँले स्वीकार गर्नुभयो।दुईवटा पिल्लरको जगमा र्‍याफ्ट ढलान र पहिलो लिफ्टको काम भएपछि निर्माण अघि बढ्न सकेको छैन। २०८२ असारमा ठेक्का सम्झौता भएको पुल २०८४ असारसम्म सम्पन्न गर्नुपर्नेछ। पुलमा ३५–३५ मिटरका दुईवटा स्पान रहनेछन् भने कुल लम्बाइ ७२ मिटर हुनेछ।प्रमुख भण्डारीका अनुसार निर्माण कम्पनीलाई पटक–पटक काम अघि बढाउन ताकेता गरिएको छ। निर्माण सम्पन्न गर्न अझै समय बाँकी रहेकाले कामलाई तीव्रता दिन कम्पनीको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो । बर्खायाम सकिएपछि पनि निर्माण कार्य सुरु नभए स्पष्टीकरण माग्नेलगायत कानुनी प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ। तोकिएको अवधिभित्र काम सम्पन्न नभए प्रचलित कानुनअनुसार कारबाही हुने उहाँले स्पष्ट पार्नुभयो । पटक–पटक पत्राचार, निर्माण कम्पनीलाई कारबाहीको चेतावनी निर्माण कार्य लामो समयदेखि रोकिएपछि पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीलाई पटक–पटक पत्राचार गरेको छ। कार्यालयका अनुसार पुल निर्माणको काम ३० दिनभन्दा बढी समय रोकिएको थियो। दुईवटा फाउन्डेसनको र्‍याफ्ट ढलान र पहिलो लिफ्टको कामपछि थप निर्माण अघि बढेको थिएन। कार्यालयले २०८२ पुस २८ र माघ ९ गते निर्माण कम्पनीलाई पत्र पठाए पनि जवाफ प्राप्त नभएको जनाएको छ। माघ १३ गते बोलाइएको व्यवस्थापन बैठकमा समेत कम्पनी उपस्थित नभएपछि माघ १४ गते पुनः पत्राचार गरिएको थियो। कार्यालयले संशोधित कार्यतालिका र स्रोत व्यवस्थापन कार्ययोजनासहित तीन दिनभित्र उपस्थित हुन तथा निर्माण कार्य तत्काल सुरु गर्न निर्देशन दिएको थियो। निर्देशन पालना नगरे सम्झौताको सर्तअनुसार गम्भीर उल्लङ्घन भएको मानी कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिइएको थियो। त्यसपछि पनि निर्माण कार्यले गति नलिएपछि कार्यालयले २०८३ भदौ ३१ गते पुनः पत्राचार गरेको थियो। मनसुनको समयमा समेत खनिएका खाल्डा खुला छाडिएको र आवश्यक सुरक्षा व्यवस्था नगरिएको भन्दै स्थानीयस्तरबाट गुनासो आएपछि कार्यालयले निर्माण कम्पनीलाई काम अघि बढाउन ताकेता गरेको जनाएको छ। प्रमुख भण्डारीका अनुसार निर्माण कम्पनीलाई धेरैपटक सचेत गराइसकिएको छ। अझै काम सम्पन्न गर्ने समय बाँकी रहेकाले निर्माण कार्य अघि बढाउन निरन्तर ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो । तोकिएको समयमा काम सम्पन्न नभए थप कानुनी प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ। निर्माणस्थलमा तयार पारिएका दुईवटा पिल्लरका रडमा खिया लागेको विषयसमेत स्थानीयले उठाएका छन्। यसबारे प्राविधिक पक्षबाट आवश्यक परीक्षण तथा मूल्याङ्कन गरिने कार्यालयले जनाएको छ। ढुवानीमा समस्या भएको निर्माण कम्पनीको स्पष्टीकरण निर्माण कम्पनी बिन्ध्याचल निर्माण सेवाका प्रतिनिधि हरिवंश बर्तौलाले निर्माण सामग्री ढुवानीमा समस्या हुँदा काम प्रभावित भएको बताउनुभएको छ । उहाँका अनुसार पुल निर्माणस्थलसम्म सामग्री पुर्‍याउन खोलाको बाटो प्रयोग गर्नुपर्ने भए पनि उक्त बाटो बिग्रिएका कारण ढुवानीमा कठिनाइ भएको हो। माथिल्लो बाटोबाट निर्माण सामग्री तथा सवारीसाधन लैजान स्थानीयले अनुमति नदिएको र खोलाको बाटोसमेत बिग्रिएको अवस्थामा काम अघि बढाउन समस्या भएको उहाँले बताउनुभयो। वर्षायाममा खोला बढ्ने र ढुवानी प्रभावित हुने भएकाले पनि निर्माण कार्यले गति लिन नसकेको उहाँको भनाइ छ। बर्तौलाले चाडपर्व सकिएलगत्तै निर्माण कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। अब आवश्यक सामग्री व्यवस्थापन गरी कामलाई तीव्रता दिने र सम्झौतामा तोकिएको समयावधिभित्रै पुल निर्माण सम्पन्न गर्ने उहाँले बताउनुभयो । राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्तम थिङका अनुसार पुल निर्माण सम्पन्न भएपछि राक्सिराङ र छिमेकी कैलाश गाउँपालिकाका गरी करिब ३० हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्। पुल नहुँदा विशेषगरी वर्षायाममा स्थानीयले ठूलो समस्या भोग्नुपरेको उहाँले बताउनुभयो । बिरामीलाई उपचारका लागि अस्पताल लैजानसमेत कठिन हुने गरेको र विगतमा खोलाले बगाएर मानिसको ज्यानसमेत गएको उहाँको भनाइ छ। पुल निर्माण सम्पन्न नहुँदा दैनिक आवागमनदेखि स्वास्थ्य सेवा, शिक्षा र व्यापार व्यवसायसम्म प्रभावित भइरहेको उहाँले बताउनुभयो। स्थानीयको जीवनसँग प्रत्यक्ष जोडिएको आयोजना भएकाले निर्माण कम्पनीले ढिलाइ नगरी काम अघि बढाउनुपर्ने उपाध्यक्ष थिङको माग छ।राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले पनि पुल निर्माणमा भएको ढिलाइप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । एक वर्षभन्दा बढी समय बितिसक्दा पनि दुईवटा पिल्लरको जग मात्रै निर्माण गरेर काम रोकिएको भन्दै उहाँले ठेकेदार कम्पनीको कार्यशैलीप्रति प्रश्न उठाउनुभयो । उहाँका अनुसार विगतमा जिर्खे खोलाले मानिस तथा सवारीसाधन बगाएका घटना भएका छन्। पुल नहुँदा स्थानीयले वर्षौंदेखि जोखिम मोलेर आवतजावत गर्नुपरेको छ। यस्तो अवस्थामा निर्माण सुरु भएको पुलले समेत गति लिन नसक्नु दुःखद भएको उहाँले बताउनुभयो । पुल निर्माणमा भइरहेको ढिलाइ र स्थानीयको गुनासो जिल्ला प्रशासन कार्यालय मकवानपुरसम्म पुगेपछि प्रशासनले समेत चासो देखाएको छ। प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले निर्माण कम्पनीका प्रतिनिधि हरिवंश बर्तौलासँग सम्पर्क गरी निर्माण कार्यको अवस्थाबारे जानकारी लिनुभएको थियो । त्यसक्रममा कम्पनीका प्रतिनिधिले चाडपर्व सकिएलगत्तै निर्माण कार्य सुरु गर्ने जानकारी गराएको अधिकारीले बताउनुभयो ।लामो समयसम्म पुल निर्माणले गति लिन नसकेको विषयमा जिल्ला प्रशासनको समेत ध्यानाकर्षण भएको उल्लेख गर्दै अधिकारीले सम्बन्धित निकायसँग समन्वय गरी स्थलगत अनुगमन गरिने बताउनुभयो । चाडपर्वपछि निर्माण कार्य सुरु भए–नभएको अनुगमन गरी कामलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिइने उहाँको भनाइ छ। तोकिएको समयभित्र निर्माण सम्पन्न नगरे निर्माण कम्पनीमाथि कानुनअनुसार कारबाही हुने चेतावनीसमेत उहाँले दिनुभएको छ । जिर्खे खोलाको पुल स्थानीयका लागि एउटा भौतिक संरचना मात्रै नभई सुरक्षित आवागमन र सहज जनजीवनसँग जोडिएको आयोजना हो। वर्षायाममा खोलाको जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षासहित पुल निर्माणको प्रतीक्षामा रहेका स्थानीयका लागि अहिलेको ढिलाइ थप चिन्ताको विषय बनेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप–३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउछौँ : मन्त्री चौधरी
Latest NewsJust now

कोप–३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउछौँ : मन्त्री चौधरी

काठमाण्डु– कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छन् । फ्रेडरिक एबर्ट स्टिफ्टुङ नेपालद्वारा आज आयोजित ‘जलवायु वार्ताको टेबलमा नेपालः जलवायु जोखिमबाट कूटनीतिक प्रभावतर्फ’ विषयक कार्यक्रममा मन्त्री चौधरीले जलवायु संकटमा नेपालको योगदान नगण्य भए पनि यसको ठूलो मूल्य […] ...

काठमाण्डुपाटी
अत्याधुनिक प्रविधिसहित नयाँ स्वरूपमा बिग मुभिज, फिल्म हेर्दाको अनुभव अब झनै रोमाञ्चक
Latest NewsJust now

अत्याधुनिक प्रविधिसहित नयाँ स्वरूपमा बिग मुभिज, फिल्म हेर्दाको अनुभव अब झनै रोमाञ्चक

काठमाडौँ। नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको सुरुवात गरेको पहिलो मल्टिप्लेक्स बिग मुभिजले अत्याधुनिक प्रविधि र सुविधासहित आफ्नो हलको पुनर्निर्माण तथा स्तरोन्नति गरेको छ। प्रविधिमा आएको तीव्र विकास र दर्शकको बदलिँदो अपेक्षालाई... ...

रातोपाटी
नेपाल फेस्टिभल सिड्नीमा प्रकाश, आशिष र रचनाले प्रश्तुती दिने
Latest NewsJust now

नेपाल फेस्टिभल सिड्नीमा प्रकाश, आशिष र रचनाले प्रश्तुती दिने

• प्रकाश सपुत, आशिष सचिन र रचना रिमाल सिड्नीमा 'नेपाल फेस्टिभल सिड्नी २०२६' मा एकसाथ प्रस्तुति दिनेछन्। • महोत्सवले नेपाली कला, संस्कृति र संगीतको प्रवद्र्धन गर्दै नेपाली समुदायलाई एकत्रित गर्ने उद्देश्य राख्दछ। • विभिन्न लोकप्रिय कलाकारहरूको सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाउने विश्वास गरिएको छ। ...

नेपालबहस
टोकियोमा चोरी भएको २ लाख ९० हजार डलरको घडी माफीपत्रसहित फिर्ता भएपछि...
Latest NewsJust now

टोकियोमा चोरी भएको २ लाख ९० हजार डलरको घडी माफीपत्रसहित फिर्ता भएपछि...

टोकियो । जापानको राजधानी टोकियोस्थित एक पसलबाट चोरी भएको करिब दुई लाख ९० हजार अमेरिकी डलर मूल्यको स्विस लक्जरी घडी हस्तलिखित माफीपत्रसहित फिर्ता गरिएको छ । चोरी भएको एक सातापछि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play