Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

रहेनन् गीतकार तथा कवि टीका चाम्लिङ

Share:WhatsAppFacebookX (Twitter)Telegram
रहेनन् गीतकार तथा कवि टीका चाम्लिङ
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाली गीत, कविता र लोकसंस्कृतिको क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनुभएका गीतकार तथा कवि टीका चाम्लिङको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित चाम्लिङको शनिबार राति निधन हो । उहाँको वास्तविक नाम टीकाराम राई हो । खोटाङको दिक्तेल-रूपाकोट-मझुवागढी नगरपालिका-१३, नुनथला, खाम्लामा २०३० माघ ४ गते जन्मिनुभएका चाम्लिङ नेपाली गीतिसाहित्यका स्थापित स्रष्टा हुनुहुन्थ्यो । गीत, कविता, गीतिकाव्य तथा यात्रासंस्मरणमा कलम चलाउनुभएका उहाँका दुई सयभन्दा बढी गीत विभिन्न गायक–गायिकाको स्वरमा रेकर्ड भएका छन् । ‘जाउँ संगी गाउँघरैमा’ र ‘आलु तामाले’ उहाँका चर्चित गीत हुन् । उहाँका ‘राखौं सम्झना’ (२०५८), ‘लोकजुहारी शब्द संकलन’ (२०५९) र ‘सोमबारे हाटैमा’लगायत सिर्जना प्रकाशित छन् । त्यसैगरी ‘सपनाको रङ’ (२०६०), ‘समयको रङ’ (२०६४), ‘जूनको बस्ती’ (२०६८) र ‘मुन्दुम र मालिंगो’ (२०७१) गीतिसंग्रह तथा ‘बागी कविता’ (२०८०) जस्ता उहाँका प्रकाशित कृति हुन् । सिर्जनात्मक योगदानको कदरस्वरूप चाम्लिङले नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको प्रतिभा पुरस्कार (२०७३), खेमराज गुरुङ प्रतिभा पुरस्कार (२०८१)लगायत विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको थियो । चाम्लिङ २०६१ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीतसंगीत सम्मेलनमा रचनातर्फ सर्वोत्कृष्ट गीतकार, २०७५ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी बाल गीतसंगीत सम्मेलनमा रचनातर्फ सर्वोत्कृष्ट गीतकार हुनुभएको थियो । यस्तै, उहाँ दर्जनभन्दा बढी संस्थाबाट पुरस्कृत तथा सम्मानित हुनुहुन्थ्यो । चाम्लिङ नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको प्राज्ञसभा सदस्य तथा गीतकार संघ नेपालका सदस्य हुनुहुन्थ्यो । रावासावा प्राज्ञिक समाज नेपालका पूर्वअध्यक्षसमेत रहनुभएका उहाँ राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, नेपाल वाङ्मय परिषद् र नेपाल प्राज्ञिक अनुसन्धान केन्द्रलगायत संस्थामा आबद्ध हुनुहुन्थ्यो । गीत लेखनसँगै साहित्य, लोकसंगीत, लोकसंस्कृति तथा मुन्दुमसम्बन्धी खोज र अनुसन्धानमा सक्रिय चाम्लिङले नेपाली मौलिक संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो । उनको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्न संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको प्रांगणमा आइतबार बिहान १० बजेदेखि श्रद्धाञ्जलि सभाको आयोजना गरिएको थियो जहाँ विभिन्न स्रष्टाले उहाँका गीत गाएका थिए । जन्मथलोमा लगेर उहाँको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । चाम्लिङका श्रीमती र एक छोरा हुनुहुन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नमोबुद्ध जात्रा आजदेखि
Latest NewsJust now

नमोबुद्ध जात्रा आजदेखि

काभ्रे । काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदैछ । भोकले छटपटिएकी बघिनी र उनका पाँच डमरुको प्राण बचाउन आफ्नै शरीर अर्पण गरेका राजकुमार... ...

रातोपाटी
बाफलबाट चोरी भएको माइक्रोबससहित स्वम्भूवाट २ जना पक्राउ
Latest NewsJust now

बाफलबाट चोरी भएको माइक्रोबससहित स्वम्भूवाट २ जना पक्राउ

काठमाडौँमा पार्किङ गरी राखिएको माइक्रोबस चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ का ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुरका १८ वर्षीय विशाल लामा रहेका छन्।  नागार्जुन नगरपालिका–४ बाफलस्थित मनमती करिडोर सामुदायिक भवन नजिकको खाली जग्गामा पार्किङ गरी राखिएको बा.१ज ९८०५ नम्बर... ...

नेपालखबर
विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपछीपालन
Latest NewsJust now

विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपछीपालन

कञ्चनपुर । छ वर्ष दक्षिण कोरियामा बिताएर स्वदेश फर्किएका कञ्चनपुरको बेदकोट नगरपालिका–८ का शम्शेरबहादुर बम अहिले गाउँमै पशुपछि पालन तथा कृषि उद्यममा रमाएका छन् । विदेशमा काम गरेको अनुभव र... ...

रातोपाटी
भारत भ्रमणको दोस्रो तथा अन्तिम दिन आज के-के गर्दै छन् प्रधानमन्त्री शाह
Latest NewsJust now

भारत भ्रमणको दोस्रो तथा अन्तिम दिन आज के-के गर्दै छन् प्रधानमन्त्री शाह

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज (सोमबार) त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन्।  भारत भ्रमणको दोस्रो एवं अन्तिम दिन प्रधानमन्त्री शाहले भारतीय समयअनुसार आज बिहान ११ बजे भारतीय प्रधानमन्त्री समकक्षी मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ। यसपछि दिउँसो १२ः२५ बजे समझदारीपत्र (एमओयू) आदानप्रदान तथा ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement