काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यस वर्षको छठ पर्व जनकपुरधाम पुगेर मनाउने घोषणा गर्नुभएको छ । तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उहाँले छठ पर्व राष्ट्रिय एकताको सन्देशसहित मनाउन आफूहरू जनकपुरधामस्थित गंगासागरमा उपस्थित हुने बताउनुभएको हो । सभापति लामिछानेले उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशा ल्याओस् भन्ने कामना गर्नुभएको छ । उहाँले यी पर्वले परिवार, समाज र समुदायबीचको प्रेम, सद्भाव, एकता तथा आपसी विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । विविधताबीचको राष्ट्रिय एकतालाई बलियो बनाउन पर्वहरूको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उहाँले सबै नेपालीलाई तिहार, नेपाल संवत् तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधाम जाने

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






