Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

योजनाको भुक्तानी र धरौटी फिर्तामा ३ लाख ४५ हजार घुस, दुई कर्मचारीविरुद्ध मुद्दा

Share:WhatsAppFacebookX (Twitter)Telegram
योजनाको भुक्तानी र धरौटी फिर्तामा ३ लाख ४५ हजार घुस, दुई कर्मचारीविरुद्ध मुद्दा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, वीरगञ्जमा कार्यरत दुई कर्मचारीविरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको ठोरी गाउँपलिकास्थित जलस्रोतको पुनर्भरण÷भण्डारण कार्यको निर्माण तथा मर्मत सम्भार कार्यको भुक्तानी दिएबापत रु तीन लाख ४५ हजार घुस लिएको भन्दै आरोपपत्र दायर गरेको हो ।आयोगका अनुसार उक्त कार्यालयका अधिकृत छैटौँ प्राविधिकद्वय गजेन्द्रप्रसाद जयसवाल र विकी यादवले पर्साको ठोरी गाउँपालिका–३ मा सञ्चालित जलस्रोतको पुनर्भरण तथा भण्डारणसम्बन्धी योजनाको भुक्तानी र धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग रु तीन लाख ४५ हजार घुस मागेको भन्दै आरोपपत्र दायर गरेको हो ।आयोगका प्रवक्ता सुरेश न्यौपानलेले आर्थिक वर्ष २०८२÷८३ मा सार्वजनिक इनार तथा पोखरी निर्माण र मर्मतसम्भारसम्बन्धी उक्त योजना सम्पन्न भएपछि भुक्तानी तथा धरौटी रकम फिर्ता दिने क्रममा दुवै कर्मचारीले आपसी मिलेमतोमा घुस रकम लिएको भन्दै आरोपपत्र दायर गरेको बताए ।आयोगले दुवै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा रु तीन लाख ४५ हजार बिगो कायम गरी बिगोबमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजायको मागदाबीसहित आरोपपत्र दायर गरिएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जोर्डनमा सैन्य अभ्यासका क्रममा हेलिकोप्टर दुर्घटना, पाँच सैनिक घाइते
Latest NewsJust now

जोर्डनमा सैन्य अभ्यासका क्रममा हेलिकोप्टर दुर्घटना, पाँच सैनिक घाइते

जोर्डन सशस्त्र सेनाको कमान्डले जारी गरेको विज्ञप्तिअनुसार सैन्य तालिम अभ्यासका क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो । ...

कान्तिपुर
धनगढीमा सुदूरपश्चिम महोत्सव हुँदै, १५ करोडको कारोबार गर्ने लक्ष्य
Latest NewsJust now

धनगढीमा सुदूरपश्चिम महोत्सव हुँदै, १५ करोडको कारोबार गर्ने लक्ष्य

धनगढी । कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा सुदूरपश्चिम महोत्सव–२०८३ आयोजना गर्ने भएको छ । उक्त महोत्सव आगामी मङ्सिर २२ देखि पुस ५ गतेसम्म धनगढी उपमहानगरपालिका–१, पशुपति टोलमा आयोजना हुने भएको... ...

रातोपाटी
नेपालले जलवायु न्याय पाउनै पर्छ : वनमन्त्री चौधरी
Latest NewsJust now

नेपालले जलवायु न्याय पाउनै पर्छ : वनमन्त्री चौधरी

अन्तल्या (टर्कीय), मङ्सिर २ गते । “म यहाँ हालैको रसुवा भोटेकोशी प्रकोपमा धेरै ज्यान गुमाएका परिवारहरूको आशा बोकेर आएकी छु । ज्यान गुमाउनेका परिवारहरुले रसुवा भोटेकोशीको बाढीको सङ्क... ...

गोरखापत्र
काठमाडौंका होटल तथा पर्यटन व्यवसाय २४सै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाउन माग
Latest NewsJust now

काठमाडौंका होटल तथा पर्यटन व्यवसाय २४सै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाउन माग

मध्यरातमा होटल बन्द हुँदा पर्यटकलाई आवास र खानपानमा समस्या भएको भन्दै जिल्ला होटल व्यवसायी संघ काठमाडौंले प्रशासनसँग माग गरेको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play