Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

यूएलएको भल्कन रकेट असफल हुँदा अमेजन लियोका ४० स्याटेलाइट नष्ट

Share:WhatsAppFacebookX (Twitter)Telegram
यूएलएको भल्कन रकेट असफल हुँदा अमेजन लियोका ४० स्याटेलाइट नष्ट
Photo / Coverage: टेक्नोलोजी खबर

युनाइटेड लन्च एलायन्स (यूएलए) को नयाँ शक्तिशाली भल्कन रकेट अन्तरिक्षतर्फ उड्ने क्रममा असफल हुँदा त्यसमा राखिएका अमेजन लियोका ४० वटा इन्टरनेट स्याटेलाइट नष्ट भएका छन्। कम्पनीको नयाँ रकेटको उडानमा देखिएको यो ठूलो समस्या हो। यूएलए आफ्नो भरपर्दो एटलस भी रकेटका लागि परिचित छ। तर कम्पनीको नयाँ रकेट भल्कनको सुरुवाती उडान भने अपेक्षाअनुसार हुन सकेको छैन। आइतबार प्रक्षेपण गरिएको रकेट उडानको १० मिनेटपछि समस्यामा परेको थियो। “हाम्रो प्रक्षेपण निर्देशकले प्राप्त गरेको तथ्यांकका आधारमा स्पेस लन्च कम्प्लेक्स ४१ बाट प्रक्षेपण गरिएको भल्कन रकेट उडानको १० मिनेटपछि समस्यामा परेको र अमेजनको स्याटेलाइटलाई निर्धारित कक्षमा पुर्‍याउन असफल भएको पुष्टि गर्छौं,” कम्पनीले एक्समा लेखेको छ। कम्पनीले समस्याको कारण पत्ता लगाउन र आवश्यक सुधारका उपाय तय गर्न ग्राहक तथा सम्बन्धित निकायसँग मिलेर काम गर्ने जनाएको छ। साथै, सकेसम्म छिटो रकेट उडान पुनः सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। इन्ग्याजेटका अनुसार रकेट प्रक्षेपण असफल हुनु सामान्य जोखिम भए पनि युनाइटेड लन्च एलायन्सले यसअघि यस्तो असफलता व्यहोरेको थिएन। सन् २००६ मा बोइङ र लकहिड मार्टिनको साझेदारीमा स्थापना भएको कम्पनीको एटलस भी रकेट निकै भरपर्दो मानिँदै आएको छ। तर अहिले कम्पनीको अझ शक्तिशाली र जटिल भल्कन रकेट इन्जिनियरहरूको समीक्षामा पर्ने भएको छ। यसका कारण रकेटको उडान अस्थायी रूपमा रोक्नुपर्ने अवस्था पनि आउन सक्छ। “हरेक उडानले तथ्यांक उपलब्ध गराउँछ र हरेक उडानबाट हामी केही न केही सिक्छौँ। समस्या भर्खरै देखिएकाले आज के भयो भन्ने बुझ्न आवश्यक विशिष्ट तथ्यांक हामीसँग अझै उपलब्ध छैन,” यूएलएले आफ्नो वेबसाइटमा लेखेको छ। कम्पनीले ग्राहकसँग पूर्ण पारदर्शिता कायम राख्ने र उनीहरूलाई अनुसन्धान प्रक्रियामा सहभागी गराउने जनाएको छ। अनुसन्धानमा कडा कार्यविधि र सुधारात्मक उपाय अपनाइने कम्पनीको भनाइ छ। इन्धन भर्ने क्रममा समस्या देखिएपछि शुक्रबारका लागि निर्धारित प्रक्षेपण स्थगित गरिएको थियो। त्यसपछि प्रक्षेपण आइतबार नोभेम्बर १५ का लागि सारिएको थियो। पूर्वी अमेरिकी समयअनुसार मध्याह्नतिर प्रक्षेपण गर्ने तयारी भए पनि प्रक्षेपणको २० सेकेन्डअघि अज्ञात प्राविधिक समस्याका कारण काउन्टडाउन रोकिएको थियो। प्रक्षेपण समयसीमा सकिनुअघि समस्या समाधान भएपछि रकेट स्थानीय समयअनुसार दिउँसो १२ः४० बजे प्रक्षेपण गरिएको थियो। यसअघि दुईवटा उडानमा समस्या निम्त्याएका ठोस इन्धनबाट चल्ने बुस्टरहरूले भने यसपटक सामान्य रूपमा काम गरेको देखिएको थियो। तर यूएलएको अनुमानित समयतालिकाभन्दा पहिलो चरणका मिथेन इन्जिनहरू लामो समयसम्म चलेका थिए। पहिलो चरण छुट्टिएपछि हाइड्रोजन इन्धनबाट चल्ने सेन्टौर माथिल्लो चरणका इन्जिन सञ्चालनमा आएका थिए। ती इन्जिन १२ मिनेट १५ सेकेन्डसम्म चल्ने योजना थियो। यूएलएका अनुसार यही चरणमा रकेटमा समस्या देखिएको थियो। यो असफलता युनाइटेड लन्च एलायन्सका लागि ठूलो धक्का हुनुका साथै स्पेसएक्सको स्टारलिंकसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले अमेजनले विकास गरिरहेको लियो इन्टरनेट स्याटेलाइट प्रणालीका लागि पनि चुनौती बनेको छ। अमेजनले आफ्ना लियो स्याटेलाइट प्रक्षेपण गर्न भल्कन रकेटका ३८ वटा उडान बुक गरेको छ। यसअघि एटलस भी रकेटबाट आठवटा सफल उडान भइसकेका छन्। पछिल्लो असफलताका कारण तीमध्ये धेरै उडान ढिला हुने सम्भावना छ। अमेजनको अर्को प्रक्षेपण साझेदार जेफ बेजोसको कम्पनी ब्लु ओरिजिनले पनि यसअघि आफ्नै समस्या व्यहोरेको थियो। गत मे महिनामा कम्पनीको न्यु ग्लेन रकेट प्रक्षेपणस्थलमै विस्फोट भएको थियो। अमेजनले उक्त रकेटबाट २४ वटा उडानका लागि सम्झौता गरेको छ। अमेरिकी संघीय सञ्चार आयोगले अमेजन लियोलाई सन् २०२६ जुलाई ३१ सम्ममा १ हजार ६०० स्याटेलाइट पृथ्वीको कक्षमा पुर्‍याउनुपर्ने सर्त राखेको थियो। तर अहिलेसम्म कम्पनीका करिब ३९० स्याटेलाइट मात्रै सञ्चालनमा छन्। कम्पनीले सन् २०२९ जुलाईसम्ममा ३ हजार २३२ स्याटेलाइट कक्षमा पुर्‍याउने लक्ष्य राखेको थियो। तर पछिल्लो घटनाले यो लक्ष्य हासिल गर्न थप कठिन हुने देखिएको छ। अमेजनले गत जुलाईमा जारी गरेको भनाइमा प्रक्षेपण सेवाका तीनवटै प्रमुख कार्यक्रमले एकै समयमा पटकपटक तालिका परिवर्तन गर्नुपर्ने अवस्था आउँछ भन्ने कुनै पनि सञ्चालकले अनुमान गर्न नसक्ने बताएको थियो। कम्पनीका अनुसार यस्ता ढिलाइले स्याटेलाइट प्रक्षेपणका लागि राखिएको अतिरिक्त समयसीमासमेत समाप्त हुने अवस्था आएको थियो। यूएलएको भल्कन रकेट असफल भएपछि अमेजन लियोको स्याटेलाइट विस्तार योजना थप प्रभावित हुने देखिएको छ। The post यूएलएको भल्कन रकेट असफल हुँदा अमेजन लियोका ४० स्याटेलाइट नष्ट appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनभिडियाको सुरुवाती इतिहास जोडिएको डेनी रेस्टुरेन्टबाट हटाइयो हुआङको शिलालेख
TechnologyJust now

एनभिडियाको सुरुवाती इतिहास जोडिएको डेनी रेस्टुरेन्टबाट हटाइयो हुआङको शिलालेख

काठमाडौं । अमेरिकी फास्टफुड रेस्टुरेन्ट चेन डेनीले एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङको सम्मानमा राखेको शिलालेख हटाएको छ । हुआङको व्यक्तिगत सम्बन्ध र आचरणबारे विवादास्पद विवरण सार्वजनिक भइरहेका बेला रेस्टुरेन्टले उनीसँग जोडिएको स्मृतिचिह्न हटाएको हो ।सन् १९९३ मा क्यालिफोर्नियास्थित डेनी रेस्टुरेन्टको एउटा बुथमा बसेर हुआङले आफ्ना दुई सहसंस्थापक क्रिस मालाचोस्की र कर्टिस प्रिमसँग एनभिडिया स्थापना गर्ने अवधारणा अघि सारेका थिए । पछि ...

आइसिटी समाचार
एनभिडियासँग जवाफ माग्दै अमेरिकी अर्थमन्त्री
TechnologyJust now

एनभिडियासँग जवाफ माग्दै अमेरिकी अर्थमन्त्री

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले निर्यात प्रतिबन्ध छल्दै चीनमा अत्याधुनिक एआई चिप पुर्याएको आशङ्काबारे एनभिडियासँग १० दिनभित्र जवाफ मागेका छन्। उनले सिङ्गापुरस्थित मेगास्पिड कम्पनीमार्फत चिप चीन पुगेको हुन सक्ने आशङ्का व्यक्त गर्दै कम्पनीको आन्तरिक अनुसन्धानको निष्कर्ष मागेका हुन्। अमेरिकी न्याय मन्त्रालयले पनि यस विषयमा आपराधिक अनुसन्धान गरिरहेको छ। एनभिडियाले भने यसअघि आरोप अस्वीकार गरेको थियो। बेसेन्टले कम्पनीको नेतृत्वमा परिवर्तन आवश्यक रहेको बताएका छन्। यसैबीच, ...

टेक्नोलोजी खबर
डिजिटल अधिकार र अनलाइन सुरक्षासम्बन्धी तालिम सञ्चालन गर्दै डिजिटल राइट्स नेपाल
TechnologyJust now

डिजिटल अधिकार र अनलाइन सुरक्षासम्बन्धी तालिम सञ्चालन गर्दै डिजिटल राइट्स नेपाल

काठमाडौं । डिजिटल राइट्स नेपालले कर्णाली र सुदूरपश्चिम प्रदेशका युवालाई लक्षित गरी डिजिटल अधिकार तथा अनलाइन सुरक्षासम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ ।संस्थाले यसअघि तालिममा सहभागी हुन आवेदन आह्वान गरेको थियो । गत कात्तिक २९ गतेसम्म आवेदन दिएका १८ देखि ३५ वर्ष उमेर समूहका युवा तथा युवा नेतृत्वमा रहेका नागरिक समाजका संस्थाका प्रतिनिधिहरूलाई तालिममा सहभागी गराइनेछ ।आयोजकका अनुसार तालिम कर्णाली ...

आइसिटी समाचार
आईफोनमा ह्वाट्सएपको च्याट जानकारी र फोटो सम्पादनमा नयाँ डिजाइन आउँदै
TechnologyJust now

आईफोनमा ह्वाट्सएपको च्याट जानकारी र फोटो सम्पादनमा नयाँ डिजाइन आउँदै

काठमाडौं । ह्वाट्सएपले आईफोन प्रयोगकर्ताका लागि आफ्नो एपमा एप्पलको ‘लिक्विड ग्लास’ डिजाइन विस्तार गर्ने तयारी गरेको छ । यसअन्तर्गत च्याटको जानकारी हेर्ने र फोटो सम्पादन गर्ने सुविधामा नयाँ डिजाइन थप गर्न लागिएको हो ।आईओएसका लागि उपलब्ध ह्वाट्सएपको बिटा संस्करणमा यो परिवर्तन देखिएको छ । एप्पलको टेस्टफ्लाइटमार्फत वितरण गरिएको उक्त संस्करणमा च्याट जानकारी पृष्ठ र फोटो सम्पादन उपकरणहरूको स्वरूप परिवर्तन गरिएको ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play