काठमाडौं । बर्नमाउथले युरोपा लिगमा बिहीबार आफ्नो शतप्रतिशत सुरुआत कायम राख्ने क्रममा दस खेलाडीमा सीमित स्पार्टा प्रागलाई ३–१ ले हराएको छ । रुबेन एमोरिमको एसी मिलान भने पछिल्ला चार खेलमध्ये तेस्रोमा पराजित रह्यो । उत्कृष्ट पुर्नआगमन रच्ने क्रममा बर्नमाउथका लागि इभानिलसन र रायनले गरेको गोल निर्णायक रह्यो । स्पार्टकले इब्राहिम सिंघटेहको गोलले अग्रता लिएपछि टेलर एडम्सले बराबरी गोल फर्काए । बर्नमाउथको यो जितपछि चार खेलबाट १२ अंक भएको छ । सबै प्रतियोगितामा गरेर बर्नमाउथको यो लगातार सातौं जित पनि हो । लगातार सबै खेल जित्नेमा बेनफिका र फेरेन्कभारोस पनि रहेका छन् । बेनफिकाले भने लेच पोजनानलाई ३–१ ले हरायो । फेरेन्कभारोसले भने मिलानलाई २–० ले हराएको हो ।
युरोपा लिगमाबर्नमाउथको शतप्रतिशत सुरुआत कायम

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






