Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

युक्रेनलाई ड्रोन आपूर्ति गर्ने जर्मन कम्पनीमाथि साइबर आक्रमण

Share:WhatsAppFacebookX (Twitter)Telegram
युक्रेनलाई ड्रोन आपूर्ति गर्ने जर्मन कम्पनीमाथि साइबर आक्रमण
Photo / Coverage: केन्द्रबिन्दु

फ्रान्कफर्ट । जर्मन रक्षा सामग्री उत्पादक कम्पनी क्वान्टम सिस्टम्सले गत महिना साइबर आक्रमणको सामना गर्नुपरेको जनाएको छ । उक्त आक्रमणपछि जर्मन सेनाले सावधानीस्वरूप कम्पनीद्वारा निर्मित आफ्ना ड्रोन केही समयका लागि उडानमा प्रयोग गर्न रोक्नुपरेको थियो । यस आक्रमणमा रुसको संलग्नता रहेको आशङ्का गरिएको स्रोतहरूले शुक्रबार बताएका छन् । रुसविरुद्धको युद्धमा युक्रेनलाई सैन्य सामग्री आपूर्ति गर्ने युरोपेली रक्षा कम्पनीहरू पछिल्लो समय साइबर आक्रमणको निशानामा पर्दै आएका छन् । साइबर आक्रमणका अतिरिक्त यस्ता कम्पनीका कारखानामा विस्फोट गराइएका छन्, कार्यालयमा पेट्रोल बम प्रहार भएका छन् भने कम्पनीका उच्च अधिकारीहरू रुससँग सम्बन्धित हत्याका षड्यन्त्रको निशानामा परेका छन् । म्युनिखनजिकै अवस्थित क्वान्टम सिस्टम्सले टोही ड्रोन तथा अन्य मानवरहित प्रणाली उत्पादन गर्छ । कम्पनीका अनुसार अक्टोबरको अन्त्यतिर ‘शत्रुतापूर्ण समूह’ ले उसको प्रणालीमाथि साइबर आक्रमण गरेको थियो । कम्पनीले विज्ञप्तिमा भनेको छ, “सम्बन्धित सरकारी निकायसँगको निकट र पारदर्शी सहकार्य तथा हाम्रा सूचना प्रविधि र सुरक्षा टोलीको तत्काल प्रतिक्रियाका कारण उक्त खतरा नियन्त्रणमा लिन सफल भयौँ ।” कम्पनीले आफ्नो प्रणालीको सञ्चालनमा कुनै जोखिम नरहेको पनि जनाएको छ । यद्यपि, घटनाबारे थप विवरण दिन अस्वीकार गरेको छ । यस घटनाबारे जानकार एक स्रोतले एएफपीलाई बताएअनुसार, ड्रोनको नियन्त्रण तथा उडान योजना तयार गर्ने प्रणालीका लागि अद्यावधिक सूचना पठाउने सर्भरमार्फत एउटा हानिकारक फाइल पठाइएको थियो । घटनाबारे जानकारी पाएपछि जर्मन सेनाले सावधानीका रूपमा क्वान्टम कम्पनीका आफ्ना ड्रोन केही समयका लागि उडानमा प्रयोग गर्न रोकेको स्रोतले जनाएको छ । प्रारम्भिक सङ्केतले आक्रमणमा रुसको संलग्नता रहेको देखाएको र गुप्तचर निकायहरूले अनुसन्धान गरिरहेको पनि स्रोतले बताएको छ । यस विषयमा टिप्पणी माग्दै गरिएको अनुरोधमा जर्मनीको रक्षा मन्त्रालयले तत्काल प्रतिक्रिया दिएन । युक्रेनको प्रमुख समर्थकमध्ये एक जर्मनीले आफ्नो भूमिमा रुसले साइबर आक्रमण, जासुसी तथा तोडफोडका गतिविधि सञ्चालन गरिरहेको आरोप लगाउँदै आएको छ । रुसले भने यस्ता घटनामा आफ्नो संलग्नता रहेको आरोप निरन्तर अस्वीकार गर्दै आएको छ । क्वान्टमले पनि उक्त साइबर आक्रमणलाई युक्रेनलाई सैन्य सामग्री आपूर्ति गर्ने आफ्नो भूमिकासँग जोडेको छ । कम्पनीका टोही ड्रोन युक्रेनमा प्रयोग हुँदै आएका छन् । साथै, युक्रेनी सेनाका लागि आक्रमणकारी तथा जासुसी ड्रोन उत्पादन गर्ने त्यहाँको एक नवप्रवर्तनशील कम्पनीसँग क्वान्टमको संयुक्त उद्यमसमेत छ । कम्पनीले भनेको छ, “युक्रेनलाई सहयोग गर्ने अग्रपङ्क्तिमा रहेका कम्पनीहरूलाई नै लक्षित गरिएको छ, किनभने हाम्रो काम ग्राहकहरूको सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण छ ।” -एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यसम्बन्धी सम्झौता
Latest NewsJust now

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यसम्बन्धी सम्झौता

नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ। टर्कीको राजधानी अन्ताल्यामा जारी कोप-३१ का क्रममा दुई देशबीच सम्झौता भएको हो।  पेरिस सम्झौताको धारा ६ अन्तर्गत भएको उक्त सम्झौताले दुई देशबीच कार्बन बजार, जलवायुमैत्री लगानी, प्रविध... ...

नेपालखबर
सरकारले बिदा दिए पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सोमबार खुल्ने
Latest NewsJust now

सरकारले बिदा दिए पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सोमबार खुल्ने

शनिबार र आइतबार नियमित बिदा भएकाले सोमबार पनि बिदा दिँदा टाढाबाट उपचारका लागि आउने बिरामीको स्वास्थ्य सेवा प्रभावित हुने भएकाले सेवा सञ्चालन गर्ने निर्णय गरिएको प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले बताए । ...

कान्तिपुर
नेपाल र दक्षिण कोरियाबिच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता
Latest NewsJust now

नेपाल र दक्षिण कोरियाबिच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता

टर्की – नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बिच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ । पेरिस सम्झौताको धारा ६ अन्तर्गत भएको सम्झौताले २ देशबिच कार्बन बजार, जलवायुमैत्री लगानी, प्रविधि हस्तान्तरण, जलवायु अनुकूलन तथा दिगो विकासका क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना […] ...

काठमाण्डुपाटी
एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त
Latest NewsJust now

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्सम्यानले संघर्ष गरे । सुस्त... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play