Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

युएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न ढकालको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
युएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न ढकालको आग्रह
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’ मा सहभागी हुन त्यहाँ पुगेका अध्यक्ष ढकालले बिहीबार दुबईमा युएईका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेउदीसँग भेटवार्ता गर्दै यस्तो आग्रह गरेका हुन् । भेटका क्रममा उनीहरूबीच नेपाल–युएई द्विपक्षीय सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा रहेका लगानीका अवसरका विविध पक्षमा छलफल भएको थियो । भेटमा ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा डाटा सेन्टरका क्षेत्रमा उच्च सम्भावना रहेको उल्लेख गर्दै ती क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरे । नेपालमा उपलब्ध पर्याप्त स्वच्छ ऊर्जा (जलविद्युत्) र यहाँको चिसो हावापानीका कारण सूचना प्रविधि तथा डाटा सेन्टर स्थापनाका लागि नेपाल अत्यन्त आकर्षक गन्तव्य बन्न सक्ने उनको भनाइ थियो । यसका साथै केबलकार र स्की रिसोर्टजस्ता उच्चस्तरीय पर्यटन पूर्वाधारमा समेत लगानीको ठुलो अवसर रहेको जानकारी उनले गराए । नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुन लागेको सन्दर्भमा दुवै पक्षले खुसी व्यक्त गरेका थिए । आगामी वर्ष सन् २०२७ मा मनाइने कूटनीतिक सम्बन्धको स्वर्ण जयन्तीका अवसरमा विशेष समारोह आयोजना गर्ने मन्त्री अल जेउदीको सोचको ढकालले स्वागत गरे । स्वर्ण जयन्तीको अवसर पारेर दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सरकारी तथा निजी क्षेत्रबीच उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिनुपर्ने विषयमा समेत ढकालले जोड दिए । लगानीकर्तालाई नीतिगत र नियमनकारी स्पष्टतासहित विश्वास दिलाउन द्विपक्षीय लगानी सम्झौता (बीआइए) तथा दोहोरो कर मुक्ति सम्झौताजस्ता कानुनी आधारलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता ढकालले औँल्याए । ढकालले फ्लाई दुबईले युएईबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडान सुरु गरेकोमा प्रशंसा गर्दै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सिधा उडान सञ्चालनका लागि पहल गरिदिन अनुरोध गरे । भैरहवामा सिधा उडान सुरु भएमा युएईलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग प्रत्यक्ष जोड्ने महत्त्वपूर्ण प्रवेशद्वार बन्ने उनको धारणा थियो । आगामी स्वर्ण जयन्ती वर्ष सन् २०२७ ले नेपाल र युएईबीच साझा समृद्धि र बलियो आर्थिक साझेदारीको नयाँ अध्याय सुरु गर्ने विश्वाससमेत उनले व्यक्त गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
घाँसेमैदान सफा गरेपछि सहजै रुपमा देखिन थाले वन्यजन्तु
Latest NewsJust now

घाँसेमैदान सफा गरेपछि सहजै रुपमा देखिन थाले वन्यजन्तु

चितवन । जङ्गल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज विश्वमै प्रख्यात छ । यहाँ जङ्गल सफारी गर्न स्वदेशी र विदेशी पर्यटक रुचाउँछन् । वर्षात सकिएसँगै जीप सफारी सञ्चालन गरिँदै आएको छ... ...

रातोपाटी
दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जना घाइते
Latest NewsJust now

दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जना घाइते

कृष्णबहादुर धामीदार्चुला, कात्तिक २७ गते । दार्चुलाको महाकाली नगरपालिका–९ स्थित खेलमैदानमा जिप दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन् ।सुदूरपश्चिम प्रदेश ०४–००१ ज ०१२२ नम्बर... ...

गोरखापत्र
दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित
Latest NewsJust now

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

कञ्चनपुर । दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवागमन रोकिएपछि पुल वारिपारिका होटल व्यवसाय धराशायी बनेका छन् । गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play