Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड

Share:WhatsAppFacebookX (Twitter)Telegram
यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । एमएडब्लु राइड्स प्रालिअन्तर्गतको यामाहा नेपालले काठमाडौंमा यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक गरेको छ । फ्यासिनो हाइब्रिडमा १२५ सिसीको फ्युल इन्जेक्सनयुक्त इञ्जिनसँगै यामाहाको स्मार्ट मोटर जेनेरेटर जडान गरिएको छ । जुन इलेक्ट्रिक मोटरले इञ्जिनलाई आवाज नगरी स्टार्ट गर्न मद्दत गर्छ र स्कुटर रोकिएको अवस्थाबाट अघि बढ्दा थप शक्ति पनि प्रदान गर्छ । जसले इन्धन खपत घटाउन र माइलेज बढाउन मद्दत गर्ने कम्पनीको दाबी छ । हलुका बनावट, आरामदायी सिट र साइड स्ट्याण्डमा इञ्जिन बन्द हुने स्विचले दैनिक प्रयोगलाई सहज र सुरक्षित बनाउँछन् । कम्पनीका अनुसार यामाहा फ्यासिनो हाइब्रिडको विशेषता भनेको चालकलाई आकर्षक डिजाइन र आधुनिक सुविधामध्ये कुनै एकमात्र रोज्न बाध्य बनाउँदैन । बरु चालकको व्यक्तित्व अझ निखार्ने काम गर्छ । आकर्षक डिजाइन र हाइब्रिड प्रविधिको संयोजनले फ्यासिनो हाइब्रिडलाई कलात्मक र सहजरूपमा चलाउन सकिने स्कुटर बनाएको छ । सो अवसरमा एमएडब्लु राइड्सका अध्यक्ष विष्णुकुमार अग्रवालले भन्नुभयो, ‘हरेक चालकको आफ्नै व्यक्तित्व र मौलिक शैली हुन्छ । यामाहा फ्यासिनो हाइब्रिड आफ्नो छुट्टै पहिचान बनाउन चाहने र आफ्नो सवारीमार्फत् मौलिकता झल्काउन चाहने सबैका लागि तयार गरिएको हो ।’ कम्पनीका अनुसार फ्यासिनो १२५ एफआई हाइब्रिड नेपालभरका यामाहा शोरुम तथा डिलरमा उपलब्ध छ । फ्यासिनो ड्रमको मूल्य दुई लाख ९९ हजार नौ सय रुपैयाँ, फ्यासिनो डिस्कको मूल्य तीन लाख २९ हजार नौ सय रुपैयाँ र फ्यासिनो एसको मूल्य तीन लाख ५९ हजार नौ सय रुपैयाँ तोकिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आवास निर्माणको तयारी
Latest NewsJust now

आवास निर्माणको तयारी

काठमाडौँ, मङ्सिर १३ गते । रसुवा–भोटेकोशीमा आएको विनाशकारी हिमबाढीबाट प्रभावित भएकाहरूले चाहे अनुसार सरकारले अस्थायी र स्थायी आवास निर्माण गर्ने तयारी गरेको छ । विपत्पछिको आवश्यकता... ...

गोरखापत्र
दसौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन

कर्णाली । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । सहआयोजक कर्णाली प्रदेश भने अहिलेसम्म पदकविहीन... ...

रातोपाटी
आज यी ३ प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
Latest NewsJust now

आज यी ३ प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज आइतबार हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जानकारी दिएको छ । हाल देशको हिमाली र पहाडी क्षेत्रमा मौसम मूख्यतया सफा रहेको छ। तराई भू-भागका थोरै स्थानमा हुस्सु/तुवाँलो लागेको छ । आज दिउँसो देशको हिमाली क्षेत्रमा साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ। देशको हिमाली ...

कर्पोरट खबर
इराकलाई इरानको चेतावनी : ‘ट्रम्पको हातको औजार’ नबन
Latest NewsJust now

इराकलाई इरानको चेतावनी : ‘ट्रम्पको हातको औजार’ नबन

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका सल्लाहकार मोहम्मद मुखाबरले इराकलाई ‘ट्रम्पको हातको औजार’ नबन्न चेतावनी दिएका छन्। मुखाबरले शनिबार सामाजिक सञ्जाल एक्समार्फत उक्त चेतावनी दिएका हुन्। अमेरिकाको दबाबपछि इराकले इरानसँगका धेरै सीमा नाका बन्द गरेको रिपोर्ट आएपछि उक्त अभिव्यक्ति आएको हो। करिब तीन हप्ताअघि इराकका विदेशमन्त्री फुवाद हुसेनले अल... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement