Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक
Photo / Coverage: टेक्नोलोजी खबर

एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गतको यामाहा नेपालले आज काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक गरेको छ। यस अवसरमा आर्ट ग्यालरीलाई आकर्षक प्रदर्शनीस्थलका रूपमा सजाइएको थियो, जहाँ स्कुटरलाई व्यक्तित्व, सिर्जनशीलता र रुचिको अभिव्यक्तिका रूपमा प्रस्तुत गरिएको थियो। कार्यक्रमका सहभागीहरूले फरक–फरक व्यक्तित्व झल्काउने गरी सजाइएका फ्यासिनो हाइब्रिडका ६ वटा स्कुटरको प्रदर्शनी अवलोकन गरेका थिए। प्रत्येक स्कुटरको सजावटदेखि त्यस वरपरको वातावरणसम्ममा छुट्टै भाव र शैली प्रस्तुत गरिएको थियो। आगन्तुकहरूले एकपछि अर्को प्रदर्शनी अवलोकन गर्दै स्कुटरका विशेषताबारे जानकारी लिएका थिए र आफूसँग ज्यादा मेल खाने व्यक्तित्व पहिचान गर्ने प्रयास गरेका थिए। कार्यक्रममा काठमाडौंमा सक्रिय डिजिटल कन्टेन्ट क्रियटरहरू पनि सहभागी भएका थिए। उनीहरूले शैली, व्यक्तित्व र निजि अभिव्यक्तिका बारेमा आफ्ना विचार व्यक्त गर्दै अतिथिहरूसँग समय बिताएका थिए। सहभागीहरूले स्कुटरमा बसेर यसको नजिकबाट अनुभव लिएका थिए। फ्यासिनो हाइब्रिडमा १२५ सीसीको फ्युल इन्जेक्सनयुक्त इन्जिनसँगै यामाहाको स्मार्ट मोटर जेनेरेटर जडान गरिएको छ। यो इलेक्ट्रिक मोटरले इन्जिनलाई आवाज नगरी स्टार्ट गर्न मद्दत गर्छ र स्कुटर रोकिएको अवस्थाबाट अघि बढ्दा थप शक्ति पनि प्रदान गर्छ। यसले इन्धन खपत कम गर्न र माइलेज बढाउन मद्दत गर्छ। साथै, केवल ९८ किलोग्राम तौल भएको यसको हलुका बनावट, आरामदायी सिट र साइड स्ट्यान्डमा इन्जिन बन्द हुने स्विचले दैनिक प्रयोगलाई सहज र सुरक्षित बनाउँछन्। कम्पनीको दाबी अनुसार यामाहा फ्यासिनो हाइब्रिडको विशेषता भनेको यसले चालकलाई आकर्षक डिजाइन र आधुनिक सुविधामध्ये कुनै एक मात्र रोज्न बाध्य बनाउँदैन। बरु, यसले चालकको व्यक्तित्वलाई अझ निखार्ने काम गर्छ। आकर्षक डिजाइन र हाइब्रिड प्रविधिको संयोजनले फ्यासिनो हाइब्रिडलाई कलात्मक र सहज रूपमा चलाउन सकिने स्कुटर बनाएको छ। स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै एमएडब्लू राइड्सका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, “हरेक चालकको आफ्नै व्यक्तित्व र मौलिक शैली हुन्छ। यामाहा फ्यासिनो हाइब्रिड आफ्नो छुट्टै पहिचान बनाउन चाहने र आफ्नो सवारीमार्फत मौलिकता झल्काउन चाहने सबैका लागि तयार गरिएको हो। हामी चाहन्थ्यौँ, उहाँहरू यहाँ आएर आफू सुहाउँदो व्यक्तित्व पहिचान गरेर स्कुटरलाई केवल एउटा उत्पादनका रूपमा नभई आफ्नो व्यक्तित्वको हिस्साका रूपमा पनि हेर्न सक्नुहोस्।” आर्ट ग्यालरीको रमाइलो साँझमा डिजाइन, संस्कृति र दैनिक आवागमनको साधन एकसाथ जोडिन आएका थिए। यस कार्यक्रमले यामाहा फ्यासिनो हाइब्रिडलाई आफ्नै ढङ्गले पृथक देखिन रुचाउने व्यक्तिहरूका लागि उपयुक्त स्कुटरका रूपमा प्रस्तुत गरेको थियो। फ्यासिनो १२५ एफआई हाइब्रिड अब नेपालभरका यामाहा शोरुम तथा डिलरहरूमा उपलब्ध छ। फ्यासिनो ड्रमको मूल्य २,९९,९०० रुपैयाँ, फ्यासिनो डिस्कको मूल्य ३,२९,९०० रुपैयाँ र फ्यासिनो एसको मूल्य ३,५९,९०० रुपैयाँ तोकिएको छ। ग्राहकहरूले नजिकैको यामाहा शोरुममा गएर स्कुटर अवलोकन गर्न र थप जानकारी लिन सक्नेछन्। The post यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
Asian stocks mostly rise as markets calm after tech rout
TechnologyJust now

Asian stocks mostly rise as markets calm after tech rout

Asian stocks rallied Friday, with technology firms building on the previous day’s gains and enjoying a much-needed period of calm following the ructions at the start of the week. With Wall Street closed for the Thanksgiving holiday on Thursday, traders had few business-driving catalysts heading into the weekend, though they took the opportunity to pick up firms beaten down in recent ...

टेक्नोलोजी खबर
ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
TechnologyJust now

ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था भिसा इन्टरनेशनलको दुई प्रतिष्ठित विधाको अवार्डबाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलले आयोजना गरेको भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन र एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस दुई विधामा सम्मानित गरिएको छ। ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै नविनतम् प्रविधिमा आधारित भिसा अन्तर्गतको विभिन्न बैंकिङ सेवाहरुको विकास तथा विस्तार गरे बापत ...

टेक्नोलोजी खबर
प्रविधि पूर्वाधारमा लगानी बढ्दा अस्ट्रेलियाको पुँजीगत खर्चमा ठूलो वृद्धि
TechnologyJust now

प्रविधि पूर्वाधारमा लगानी बढ्दा अस्ट्रेलियाको पुँजीगत खर्चमा ठूलो वृद्धि

तथ्याङ्क केन्द्र निर्माण तथा त्यसका लागि आवश्यक उपकरणमा व्यवसायीहरूले ठूलो लगानी बढाएपछि अस्ट्रेलियाको निजी क्षेत्रको नयाँ पुँजीगत खर्च १५ वर्षयताकै उच्च विन्दुमा पुगेको छ। बिहीबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार सन् २०२६ को सेप्टेम्बरमा समाप्त त्रैमासिक अवधिमा अस्ट्रेलियाको निजी क्षेत्रको नयाँ पुँजीगत खर्च अघिल्लो त्रैमासिकको तुलनामा १२.२ प्रतिशतले बढेको छ । सन् २०११ यताकै सबैभन्दा ठूलो त्रैमासिक वृद्धि भएको यो तथ्याङ्क हो ...

टेक्नोलोजी खबर
नेपाल राष्ट्र बैंकको फिनटेक प्रदर्शनी सम्पन्न, २७ कम्पनीका नवीन प्रविधि प्रदर्शन
TechnologyJust now

नेपाल राष्ट्र बैंकको फिनटेक प्रदर्शनी सम्पन्न, २७ कम्पनीका नवीन प्रविधि प्रदर्शन

काठमाडौं । डिजिटल प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धन तथा फिनटेकमा आधारित उद्यमका नवीन आविष्कार प्रदर्शन गर्ने उद्देश्यले आयोजित ‘NRB Fintech Innovation Showcase Event 2026’ सम्पन्न भएको छ ।नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागले आयोजना गरेको उक्त कार्यक्रम शुक्रबार काठमाडौँको बालुवाटारस्थित राष्ट्र बैंक परिसरमा सम्पन्न भएको हो ।कार्यक्रमको उद्घाटन राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement