Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

यामाहाको ‘चङ्गा चेट’ अभियान: बुटवलकी सरस्वतीले स्कुटर खरिद गर्दा जितिन् १० लाख

Share:WhatsAppFacebookX (Twitter)Telegram
यामाहाको ‘चङ्गा चेट’ अभियान: बुटवलकी सरस्वतीले स्कुटर खरिद गर्दा जितिन् १० लाख
Photo / Coverage: केन्द्रबिन्दु

बुटवल । यामाहाको नयाँ स्कुटर खरिद गरेकी बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख ३ हजार रुपैयाँको भारी नगद पुरस्कार जितेकी छन्। यामाहा नेपालले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिरहेको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ योजनाअन्तर्गत उनले यो ग्रान्ड प्राइज हात पारेकी हुन्। रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम ‘बाइकर्ज बुटवल प्रालि.’ बाट यामाहा रे जेडआर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिड स्कुटर खरिद गरेकी थिइन्। सोही खरिदका क्रममा भाग्यशाली डिजिटल लक्की ड्रमार्फत उनले १० लाख ३ हजार रुपैयाँको ग्रान्ड क्यासब्याक जित्न सफल भएकी हुन्। ग्रान्ड प्राइज जितेपछि खुसी व्यक्त गर्दै सरस्वती खनाल रायमाझीले भनिन्, “यामाहा रे जेडआर खरिद गर्नु आफैँमा निकै उत्साहजनक अनुभव थियो। त्यसमाथि १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज जित्दा यो अनुभव मेरा लागि अझ विशेष र अविस्मरणीय बनेको छ। यो उत्कृष्ट सरप्राइजका लागि म यामाहा नेपालप्रति हृदयदेखि नै आभारी छु।” कम्पनीका अनुसार ग्राहकलाई केवल उत्कृष्ट राइडिङ अनुभवमा मात्र सीमित नराखी चाडपर्वको अवसरमा थप खुसी र मूल्य प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको हो। सरस्वतीले ग्रान्ड प्राइज जितिसके पनि यामाहाको चाडपर्व लक्षित ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियान अझै जारी रहेको छ। यस योजनाअन्तर्गत यामाहाका बाइक तथा स्कुटर खरिद गर्दा ग्राहकहरूले अझै पनि १० लाख रुपैयाँसम्मको नगद पुरस्कार तथा अन्य आकर्षक उपहारहरू जित्ने अवसर प्राप्त गर्न सक्नेछन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सवारी दुर्घटना: १४ जनाको मृत्यु, १४७ घाइते
Latest NewsJust now

सवारी दुर्घटना: १४ जनाको मृत्यु, १४७ घाइते

गएको २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा गाडी दुर्घटनामा परेर १ सय ४७ जना घाइते भएका प्रहरीले जनाएको छ।  दुर्घटनामा परेर झापा, उदयपुर, सुनसरी, रौतहट, चितवन, कास्की, कपिलवस्तु, दाङ, रुपन्देही, बझाङ, कञ्चनपुर र बैतडीमा गरेर १४ जनाको मृत्यु भएको हो।  दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा १० जना घाइते... ...

नेपालखबर
आईक्याप सम्मेलनमा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै विनोद चौधरीको सम्बोधन
Latest NewsJust now

आईक्याप सम्मेलनमा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै विनोद चौधरीको सम्बोधन

नेपाली कांग्रेसका उपसभापति विनोद चौधरीले दक्षिण कोरियाको सियोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) मा नेपाली कांग्रेसका तर्फबाट सहभागी हुँदै सम्मेलनलाई सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले नेपालको आर्थिक विकासका लागि निजी क्षेत्रको सशक्तीकरण, लगानी आकर्षण र स्वदेशी उद्योगलाई विश्व बजारसँग जोड्नुपर्ने बताएका छन्। आईक्याप एसियाका वि... ...

नेपालखबर
लाछी जिउला : प्रकृति, पर्यटन र मार्सी धानको पहिचान
Latest NewsJust now

लाछी जिउला : प्रकृति, पर्यटन र मार्सी धानको पहिचान

प्रेमराज सिम्खडाकालीकोट, कात्तिक १९ गते। चारैतिर अग्ला पहाड, टाढा देखिने हिमशृङ्खला, बिचमा फैलिएको फराकिलो फाँट र सुन्दर ग्रामीण बस्ती। प्राकृतिक सौन्दर्यले भरिपूर्ण जुम्लाको तातोप... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play