Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

मोदीको निम्तो स्वीकार्दै मंसिर ६ गते भारत भ्रमणमा जाँदै बालेन, के-के हुँदैछ ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
मोदीको निम्तो स्वीकार्दै मंसिर ६ गते भारत भ्रमणमा जाँदै बालेन, के-के हुँदैछ ?
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंसिर ६ गते भारत भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन्। प्रधानमन्त्री बालेनले मंसिर ७ गते सोमबारदेखि औपचारिक भेटवार्ता सुरु गर्नेछन्। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदीलगायत उच्च अधिकारीसँग भेट गर्ने कार्यक्रम छ। सोही दिन नेपाल र भारतबीच द्विपक्षीय वार्ता पनि हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रालय र भारतीय विदेश मन्त्रालयबीचको समन्वयमा भ्रमणको मिति तय गरिएको हो। कुनै आकस्मिक परिस्थिति उत्पन्न नभए प्रधानमन्त्री बालेन मंसिर ६ गते भारत प्रस्थान गर्नेछन्। प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपालले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि भारतसँग सहयोग माग्ने तयारी गरेको छ। त्यस्तै, खेलकुद क्षेत्रको विकास र विशेषगरी क्रिकेटमा भारतीय सहयोगका विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ। प्रधानमन्त्री बालेन र मोदीबीच हुने द्विपक्षीय भेटवार्तामा नेपाल–भारत सीमा सुरक्षा, सीमा विवाद, व्यापार, पारवहन, ऊर्जा तथा पूर्वाधार विकासका विषयले प्राथमिकता पाउनेछन्। दुई देशबीचको कनेक्टिभिटी विस्तार र हवाई रुटको विषय पनि छलफलको एजेन्डामा समेटिएको छ। त्यसैगरी प्रधानमन्त्री बालेनले नेपाली युवालाई लक्षित कार्यक्रम सञ्चालन गर्न भारतसँग सहयोग माग्ने तयारी गरेका छन्। युवा रोजगारी, खेलकुद र पूर्वाधार विकासमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल हुने बताइएको छ। यसैबीच, प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी भइरहेका बेला भारतीय रेल मन्त्रालयले जनकपुरधाम र अयोध्याबीच सीधा रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ। स्रोतका अनुसार भ्रमणका अवसरमा मंसिर ७ गते प्रधानमन्त्री बालेन र भारतीय प्रधानमन्त्री मोदीले जनकपुर–अयोध्या रेल सेवाको संयुक्त उद्घाटन गर्ने तयारीसमेत भइरहेको छ। प्रधानमन्त्री बनेलगत्तै मोदीले बालेनलाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए। तर आन्तरिक व्यस्तताका कारण उनले भ्रमणको समय मिलाउन सकेका थिएनन्। हालै भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणपछि भने बालेनको भारत भ्रमणको मिति तय भएको हो। मिश्रीले प्रधानमन्त्री बालेनसँग भेटवार्ता गरेपछि भ्रमणको तयारीले गति लिएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेस देउवा समूहको लोकतान्त्रिक पर्यटन व्यवसायी संघको अध्यक्षमा अधिकारी
OthersJust now

कांग्रेस देउवा समूहको लोकतान्त्रिक पर्यटन व्यवसायी संघको अध्यक्षमा अधिकारी

३० कात्तिक, काठमाडौं । कांग्रेस देउवा समूहको लोकतान्त्रिक पर्यटन व्यवसायी संघको अध्यक्ष पदमा कुमार अधिकारी मनोनीत भएका छन्। उक्त समूहको १५औं महाधिवेशन तयारी समितिका संयोजक डा शशांक कोइरालाले अधिकारीलाई अध्यक्ष पदमा मनोनीत गरेका हुन्। दोलखाका अधिकारीलाई ६ महिनाभित्र लोकतान्त्रिक पर्यटन व्यवसायी संघको महाधिवेशन सम्पन्न गर्ने जिम्मा दिइएको छ। ...

अनलाइन खबर
सरकारसँग अब वार-पारको लडाइँ हुन्छ : भीष्मराज आङ्देम्बे
OthersJust now

सरकारसँग अब वार-पारको लडाइँ हुन्छ : भीष्मराज आङ्देम्बे

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बालेन शाह नेतृत्वको सरकारसँग अब 'वार कि पार'को लडाइँ हुने चेतावनी दिएका छन् । ...

अनलाइन खबर
लुम्बिनीले गर्ला सुदूरपश्चिम विरुद्ध जितको ह्याट्रिक ?
OthersJust now

लुम्बिनीले गर्ला सुदूरपश्चिम विरुद्ध जितको ह्याट्रिक ?

गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको लुम्बिनीले यस संस्करणको पहिलो खेलमा पनि ७ विकेटको जित निकालेको थियो। ...

अनलाइन खबर
मधेसमा वित्तीय स्रोत अपुग हुँदा गण्डकीमा आधा मात्रै उपयोग
OthersJust now

मधेसमा वित्तीय स्रोत अपुग हुँदा गण्डकीमा आधा मात्रै उपयोग

गण्डकी प्रदेशका बैंक तथा वित्तीय संस्थाले निक्षेपको आधा पनि कर्जा लगानी गर्न नसकेको राष्ट्र बैंक अध्ययनले देखाएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play