Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

‘मोडिफाई’ गरिएका ४०१ मोटरसाइकलका सवारीधनी मिस्त्रीसहित ट्राफिक कार्यालयमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘मोडिफाई’ गरिएका ४०१ मोटरसाइकलका सवारीधनी मिस्त्रीसहित ट्राफिक कार्यालयमा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । काठमाडौं उपत्यकामा चर्को आवाज निकाल्ने तथा कानुनविपरीत स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका ४०१ मोटरसाइकल नियन्त्रणमा लिएपछि ट्राफिक प्रहरीले तिनको स्वरूप पूर्ववत् बनाउन थालेको छ । नियन्त्रणमा परेका मोटरसाइकलका धनी आफैँ मिस्त्री लिएर ट्राफिक प्रहरी कार्यालय पुग्न थालेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक साताको अवधिमा विभिन्न स्थानमा गरेको जाँचका क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिएको हो । सवारीधनीले कम्पनीले निर्धारण गरेको मापदण्डअनुसार मोटरसाइकलको स्वरूप सच्याउन थालेका छन् । स्वरूप सच्याउने र कानुनी प्रक्रिया पूरा गर्नेको चहलपहलले ट्राफिक प्रहरी कार्यालय परिसरमा दिनभर भीड देखिने गरेको छ । गोकर्णेश्वरबाट मोटरसाइकलको स्वरूप सच्याउन आएका अर्जुन लामाले साथीको लहैलहैमा लागेर छोराले मोटरसाइकलको स्वरूप परिवर्तन गरेको बताए । “साथीको लहैलहैमा लागेर छोराले स्वरूप परिवर्तन गरेछ । अहिले ट्राफिक प्रहरीले समात्यो । आफैँ मिस्त्री बोलाएर स्वरूप सच्याएँ । फोकटको दुःख पाइयो,” उनले भने । कागेश्वरी मनहराका रमेश श्रेष्ठले पनि केही समयको रमाइलोका लागि गरेको गल्तीले अनावश्यक दुःख भोग्नुपरेको बताए । “एकछिनको रमाइलोका लागि निकै दुःख पाइयो । अब यस्तो गल्ती गरिँदैन,” उनले भने । सवारीसाधनमा आफूखुसी स्वरूप परिवर्तन गर्दा ध्वनि तथा वायु प्रदूषण बढ्नुका साथै सडक सुरक्षामा जोखिम उत्पन्न हुने भएकाले ट्राफिक प्रहरीले ‘मोडिफाइड सवारीसाधन नियन्त्रण तथा ध्वनि प्रदूषण न्यूनीकरण विशेष अभियान २०८३’ सञ्चालन गरेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार कम्पनीले जडान गरेको साइलेन्सर परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने तथा साइलेन्सरबाट आगोका झिल्का निकाल्ने प्रवृत्ति बढेपछि अभियान सञ्चालन गरिएको हो । विशेषगरी रातिको समयमा चर्को आवाजमा मोटरसाइकल चलाउँदा सर्वसाधारणको निद्रा र शान्त वातावरणमा असर पर्ने गरेको उनले बताए । अभियानप्रति सर्वसाधारणले सकारात्मक प्रतिक्रिया दिएका छन् । काठमाडौंको बानेश्वरकी विनिता थापाले चर्को आवाजमा मोटरसाइकल चलाउँदा राति सुत्नसमेत समस्या हुने गरेको बताउँदै ट्राफिक प्रहरीको अभियानले राहत मिलेको प्रतिक्रिया दिए । ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नियन्त्रणमा परेका सवारीधनी तथा चालकले यातायात व्यवस्था कार्यालयमा गई कानुनबमोजिम जरिवाना तिरेर कम्पनीले निर्धारण गरेको मापदण्डअनुसार सवारीसाधनको मूल स्वरूप कायम गर्नुपर्नेछ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा अधिकारप्राप्त अधिकारीको स्वीकृतिबिना सवारीसाधनको रङ, सिट सङ्ख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुने गरी हेरफेर गर्न नपाइने व्यवस्था रहेको उनले बताए । ट्राफिक प्रहरी कार्यालयका अनुसार नियन्त्रणमा लिइएका ४०१ मोटरसाइकलमध्ये बुलेट ३४७, क्रसफायर १७, एनएस ११, केटीएम ड्युक नौ, स्कुटर चार र डुकाटी दुई वटा छन् । त्यस्तै, एमटिआरलगायत अन्य आठ वटा मोटरसाइकल रहेका छन् । चर्को आवाज निकाल्ने यस्ता मोटरसाइकलबाट विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा विद्यार्थी प्रभावित हुने गरेका छन् । विद्यालय तथा आवासीय क्षेत्र आसपासमा चर्को आवाजमा मोटरसाइकल चलाउँदा विद्यार्थीको अध्ययनमा बाधा पुग्ने गरेको स्थानीयवासीको गुनासो छ । सार्वजनिक सडक सबै नागरिकको साझा प्रयोगस्थल भएकाले व्यक्तिगत मनोरञ्जन वा प्रदर्शनका नाममा अरूको स्वास्थ्य, शान्ति र सुरक्षामा असर पर्ने गतिविधि नगर्न प्रहरीले आग्रह गरेको छ । ध्वनि प्रदूषण नियन्त्रण र सवारी नियमको पालना सुनिश्चित गर्न अभियानलाई निरन्तरता दिने प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
क्षमताभन्दा बढी सिट राखिएका ७ सवारीसाधन कारबाहीमा
Latest NewsJust now

क्षमताभन्दा बढी सिट राखिएका ७ सवारीसाधन कारबाहीमा

मकवानपुरमा सवारी दर्ता किताबमा उल्लेखित क्षमताभन्दा बढी सिट जडान गरी सञ्चालन गरिएका पाँचवटा विद्युतीय (ईभी) गाडीसहित सातवटा सवारीसाधनलाई प्रहरीले कारबाही गरेको छ।  त्यस्तै, प्रदेश सरकारले तोकेको समय र रुट उल्लंघन गर्ने थप २२ वटा ईभी तथा सुमो गाडीमाथि पनि ट्राफिक कारबाही गरिएको छ। बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा म... ...

नेपालखबर
साइबर स्क्याम केन्द्रमा ५ सय उजुरी, ठगी भएको ५० प्रतिशत रकम ‘होल्ड’
Latest NewsJust now

साइबर स्क्याम केन्द्रमा ५ सय उजुरी, ठगी भएको ५० प्रतिशत रकम ‘होल्ड’

काठमाडौँ । डिजिटल प्रविधिले जीवन सहज बनाए पनि पछिल्लो समय साइबर ठगी सर्वसाधारणका लागि ठुलो टाउको दुखाइ बनेको छ । बैंक खाता वा वालेटबाट पलभरमै रकम गायब हुने घटना बढ्दै... ...

रातोपाटी
डुसिट प्रिन्सेस काठमाडौंमा केक मिक्सिङ
Latest NewsJust now

डुसिट प्रिन्सेस काठमाडौंमा केक मिक्सिङ

होटलको किबु स्काई लाउन्जमा आयोजित समारोहमा सहभागी अतिथिहरूले आपसी आत्मीयता, खुसी र एकताको भावनासहित चाडपर्वको उल्लास साटासाट गरेको होटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ...

कान्तिपुर
कुमार बेनविरुद्ध जाहेर परेको पत्र भाइरल, काठमाडौं प्रहरी भन्छ- ‘थाहा छैन हजुर’
Latest NewsJust now

कुमार बेनविरुद्ध जाहेर परेको पत्र भाइरल, काठमाडौं प्रहरी भन्छ- ‘थाहा छैन हजुर’

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यन्जनकार (कुमार बेन) विरुद्ध कुनै जाहेरी कार्यालयमा नपरेको दाबी गरेको छ । प्रहरी अनुसन्धानमा रहेका विचौलिया इनम सापकोटाको मोबाइल कब्जा गरी विभिन्न गोप्य म्यासेज डिलेट गरेको भन्ने आरोप खेपिरहेका कुमार बेनविरुद्ध भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा उजुरी परेको पत्र बाहिरिएको थियो । तर जिल्ला प्रहरी परिसर […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play