Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

मेसी लगातार दोस्रो पटक एमएलएस गोल्डेन बुट जित्ने पहिलो खेलाडी

Share:WhatsAppFacebookX (Twitter)Telegram
मेसी लगातार दोस्रो पटक एमएलएस गोल्डेन बुट जित्ने पहिलो खेलाडी
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी मेजर लिग सकर (एमएलएस)मा लगातार दुई सिजन गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन् । उनको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामीले इस्टर्न कन्फरेन्समा दोस्रो स्थान हासिल गरेको छ । एमएलएसको साविक विजेता मियामीले नियमित सिजनको अन्तिम खेलमा शनिबार चार्लोटसँग ३–३ गोलको बराबरी खेल्यो । उक्त खेलमा मेसीले गोल गर्न नसके पनि दुई गोलका लागि अवसर सिर्जना गरे । उनले दुवै अवसर कर्नर प्रहारमार्फत जुटाएका थिए । यससँगै मियामीले प्लेअफका सुरुवाती दुई चरणमा घरेलु मैदानमा खेल्ने अवसर पक्का गरेको छ । इन्टर मियामीका लागि इयान फ्रे, लुइस सुआरेज र रोड्रिगो डी पलले पहिलो हाफमा तीन गोल गरेका थिए । तर दोस्रो हाफको सुरुवातमै लियल अबादाले दुई गोल गर्दै चार्लोटलाई खेलमा फर्काए। खेलको अन्तिम समयमा रोडोल्फो अलोकोले बराबरी गोल गरे । यता, शीर्ष स्थानको न्यासभिलले सिनसिनाटीलाई २–० गोलले हराउँदै एकै सिजनमा सर्वाधिक अंक जोड्ने एमएलएसको कीर्तिमान बनाएको छ । न्यासभिलले २३ जित, तीन हार र आठ बराबरीसहित ७७ अंक जोड्यो । यसअघि सन् २०२४ मा मियामीले बनाएको ७४ अंकको कीर्तिमान न्यासभिलले तोडेको हो । मियामी ६० अंकसहित पूर्वी क्षेत्रको दोस्रो स्थानमा रह्यो । तेस्रो स्थानको न्यु इङ्ल्यान्डले भने ओरलान्डोसँग अप्रत्याशित रूपमा १–० गोलको हार बेहोरेपछि ५८ अंकमै सीमित भयो । चार्लोटविरुद्धको खेलमा मेसीले १४औँ मिनेटमा प्रहार गरेको कर्नर बल चार्लोटका लुका डे ला टोरे हुँदै इयान फ्रेको अगाडि पुगेको थियो । फ्रेले त्यसलाई गोलमा परिणत गर्दै मियामीलाई अग्रता दिलाए । ३३औँ मिनेटमा मेसीकै अर्को कर्नर प्रहारमा लुइस सुआरेजले हेडरमार्फत गोल गरेपछि मियामीले अग्रता दोब्बर बनायो । पहिलो हाफ सकिनुअघि डी पाउलले तेस्रो गोल थपे । तर दोस्रो हाफमा अबादाले लगातार दुई गोल गर्दै खेललाई ३–२ को अवस्थामा पुर्‍याए । ५५औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेका थिए । खेलको ९०औँ मिनेटमा अलोकोले बराबरी गोल गरे । त्यसपछि इन्जुरी समयमा मेसीको प्रहार पोस्टमा लागेर फर्कियो । अन्तिम क्षणमा अलोकोले शक्तिशाली प्रहार गरे पनि बल पोस्टको बाहिरी जालीमा लागेर बाहिरियो । यस सिजन मेसीले २६ गोल गरेका छन् । यही प्रदर्शनका आधारमा उनी लगातार दोस्रो पटक लिगका सर्वाधिक गोलकर्ता बनेका हुन् । डल्लासका पेटार मुसा २२ गोलसहित दोस्रो स्थानमा रहे । उनले कोलोराडोविरुद्ध आफ्नो टोलीले ३-१ को जित निकालेको खेलमा भने गोल गर्न सकेनन् । ३९ वर्षीय मेसीले अघिल्लो सिजन २९ गोल गरेका थिए । यससँगै उनी एमएलएसको इतिहासमा लगातार दुई सिजन कम्तीमा २५ गोल गर्ने दोस्रो खेलाडी बनेका थिए । सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिनाका कप्तान मेसीले हालै २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल करियरबाट सन्न्यास लिएका थिए । उनले इन्टर मियामीसँगको सम्झौता भने सन् २०२८ सम्मका लागि थप गरेका छन् । मेसी आबद्ध मियामीले सन् २०२५ मा एमएलएस कप जितेको थियो । क्लबमा मेसीको दोस्रो सिजनमै टोलीले उक्त उपाधि हात पारेको थियो । यस सिजनको एमएलएस कप प्लेअफ नोभेम्बर १९ देखि सुरु हुनेछ । मियामीले पहिलो खेलमा कोलम्बससँग प्रतिस्पर्धा गर्नेछ । पूर्वी क्षेत्रका अन्य खेलमा न्यु इङ्ल्यान्डले फिलाडेल्फिया, चार्लोटले शिकागो तथा शीर्ष स्थानको न्यासभिलले वाइल्ड कार्ड चरणबाट आउने ओरलान्डो वा सिनसिनाटीमध्ये एक टोलीसँग खेल्नेछन् । सिनसिनाटीको हारको फाइदा उठाउँदै कोलम्बसले शिकागोलाई ४–३ गोलले पराजित गरेको छ । सातौँ स्थानमा रहँदै कोलम्बसले वाइल्ड कार्ड चरण खेल्नुपर्ने अवस्थाबाट जोगिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल : आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
Latest NewsJust now

एनपीएल : आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार आज हुने पहिलो खेल मध्याह्न १२ः३० बजे मा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच तथा दोस्रो खेल अपराह्न ५ः०० बजे काठमाण्डु गोर्खाज र चितवन राइनोजबीच हुँदैछ । यी दुई वटै खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट […] ...

लोकपथ
जबर्जस्ती करणी कसुरमा १३ वर्ष कैद र ५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
Latest NewsJust now

जबर्जस्ती करणी कसुरमा १३ वर्ष कैद र ५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

जबर्जस्ती करणी कसुरमा १३ वर्ष कैद सजाय र पाँच लाख रुपैयाँ जरिवाना तोकिएका एकजना फरार प्रतिवादीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इनरुवा नगरपालिका- ९ घर भएका २० वर्षीय आकाश कुमार खत्वे रहेका प्रहरीले जनाएको छ।  अस्थायी प्रहरी पोस्ट साम्बाला सुनसरीबाट खटिएको प्रहरी टोलीले खत्वेलाई बालकिा बलात्कार कसुरमा ३ वैशाख २०८२ मा पक्राउ गरेको थि... ...

नेपालखबर
बर्खास्तीमा परेका गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शर्मा अदालत जाने
Latest NewsJust now

बर्खास्तीमा परेका गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शर्मा अदालत जाने

पोखरा । गण्डकी प्रदेश खेलकुद परिषद् (गखेप)का सदस्य सचिव श्रीधर शर्मालाई गण्डकी प्रदेश सरकारले बर्खास्त गरिदिएपछि उनी अदालत जाने भएका छन् । सरकारको निर्णय गैरकानूनी र अदालतको अवहेलनाजन्य भएको भन्दै... ...

रातोपाटी
हरिचौर—मल्म पाण्डवखानी सडक : ठेक्काको चार वर्षपछि कालोपत्र तयारी
Latest NewsJust now

हरिचौर—मल्म पाण्डवखानी सडक : ठेक्काको चार वर्षपछि कालोपत्र तयारी

नवराज नेपालीबागलुङ, कात्तिक २३ गते । पश्चिम बागलुङको रणनैतिक महत्व बोकेको सडक निर्माण थालेको चार वर्षपछि कालोपत्रको चरणमा पुगेको छ । दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण थालिएको उक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play