Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

मेचीनगरबाट चार जना सडक मानवको उद्धार

Share:WhatsAppFacebookX (Twitter)Telegram
मेचीनगरबाट चार जना सडक मानवको उद्धार
Photo / Coverage: केन्द्रबिन्दु

झापा । मानव सेवा आश्रमको झापा शाखाले पूर्वपश्चिम राजमार्गमा अलपत्र अवस्थामा रहेका चार जना सडक मानवलाई मेचीनगरबाट उद्धार गरेको छ । मेचीनगरको काँकडभिट्टा, इँटाभट्टा, धुलाबारी र चारआलीबाट गएराति उद्धार गरिएका चारै जनालाई मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित आश्रममा राखिएको आश्रमका अभिभावक समितिका संयोजक नीलकण्ठ तिवारीले बताए । उद्धार गरिएका एक जना केही दिनअघि कारागारबाट कैद अवधि पूरा गरेका व्यक्ति छन् । “कारागारबाट मुक्त भएपछि सडकमा आश्रय लिएर बस्न थाल्नुभएको रहेछ,” तिवारीले भने, “आफन्त कोही रहेनछन्, उहाँलाई पनि उद्धार गरेर ल्याएका छौँ ।” उद्धार कार्यमा मेचीनगर नगरपालिकाका नगर प्रहरीहरुले सहयोग पुर्‍याएका थिए । बाहुनडाँगीस्थित मानव सेवा आश्रमको झापा शाखामा हाल एक सय जना आफन्त नभएका सडक मानवले आश्रय पाइरहेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विद्युत् आपूर्ति व्यवस्थापनबारे जानकारी लिन मन्त्री श्रेष्ठ केन्द्रीय कमाण्ड सेन्टरमा
Latest NewsJust now

विद्युत् आपूर्ति व्यवस्थापनबारे जानकारी लिन मन्त्री श्रेष्ठ केन्द्रीय कमाण्ड सेन्टरमा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले लक्ष्मीपूजा, तिहार तथा छठ पर्वलाई लक्षित गरी विद्युत् आपूर्ति व्यवस्थापनका लागि भइरहेका तयारीबारे जानकारी लिएका छन्। मन्त्री श्रेष्ठले आइतबार साँझ स्यूचाटारस्थित भार प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर) मा रहेको केन्द्रीय कमाण्ड सेन्टरको निरीक्षण गर्दै विद्युत् आपूर्ति प्रणालीको पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन्। निरीक्षणका क्रममा उनले चाडपर्वमा विद्युत्को माग र आपूर्तिको अवस्था, प्रणाली व्यवस्थापन तथा ...

केन्द्रबिन्दु
उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी
Latest NewsJust now

उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा पुगेर आफूमाथि परेको उजुरीमा सहमति गरी फर्किएका छन् । ब्युरोले बोलाएपछि उनी आइतबार दिउँसो ब्युरो पुगेर उजुरीकर्ता पत्रकार रोशन खड्कासँग सहमति गरी साँझ फर्किएका हुन् । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उजुरीकर्ताले साइबर ब्युरोमा उजुरी दिएका थिए । सो क्रममा सहमहामन्त्री शिवाकोटीले पनि सामाजिक सञ्जालबाटै प्रतिक्रिया दिएका ...

कर्पोरट खबर
यू-१९ एसिया कप : युएईसँग नेपाल सात विकेटले पराजित
Latest NewsJust now

यू-१९ एसिया कप : युएईसँग नेपाल सात विकेटले पराजित

काठमाडौं । ओमानमा जारी एसिसी यू–१९ एसिया पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले सात विकेटको हार व्यहोरेको छ। यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपालले भारतविरुद्ध १० विकेटको पराजय व्यहोरेको थियो । युएईले भने प्रतियोगितामा जितको खाता खोलेको छ । आज नेपालले दिएको सामान्य १५४ रनको लक्ष्य […] ...

लोकपथ
हङकङमा सम्पन्न हाइसन दौडमा सन्तोष बने दोस्रो
Latest NewsJust now

हङकङमा सम्पन्न हाइसन दौडमा सन्तोष बने दोस्रो

हङकङमा सम्पन्न ‘हाइसन आइल्यान्ड हाइक एन्ड रन २०२६’ प्रतियोगितामा हङकङवासी  डिफेन्डिङ च्याम्पियन सन्तोष तामाङ ३ मिनेटपछि पर्दा दोस्रो स्थान सुरक्षित गरेका छन्। उनले २३ किमिको निर्धारित दूरी  २ घण्टा १७ मिनेट ४३ सेकेन्ड मा पूरा गरी दोस्रो बने। हङकङका येङ हो यिन ले ०२:१४:१३ मा पूरा गरी प्रथम बने भने हङकङकै चान चिङ सिङ ले ०२:२१:३९ मा पूरा गरि त... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play