काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई छिटो, सहज, पारदर्शी तथा प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले ‘लोन एप्लिकेसन ट्र्याकिङ’ सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवामार्फत् ग्राहकले बैंकमा पेश गरेको कर्जा आवेदनहरूको अवस्था तथा प्रगतिसम्बन्धी जानकारी डिजिटल माध्यमबाट सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहक सेवा तथा डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै बैंकले निरन्तर डिजिटल ट्रान्सफरमेसन तथा कन्टियुयस इन्नोभेनसमार्फत् आफ्ना सेवा, प्रक्रिया र ग्राहकलाई अझ सरल, प्रभावकारी तथा ग्राहक केन्द्रित बनाउँदै आएको छ । सोको निरन्तरतास्वरूप उक्त नवीन सेवा सार्वजनिक गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार उक्त सेवाका माध्यमबाट ग्राहकले आफ्नो कर्जा आवेदन हाल कुन चरणमा रहेको छ, कर्जा मूल्यांकन तथा स्वीकृति प्रक्रिया अवस्था के छ र आवेदनसँग सम्बन्धित पछिल्ला अपडेटहरू के-के छन् भन्ने जानकारी जुनसुकै समय र स्थानबाट प्राप्त गर्न सक्नेछन् । कर्जा आवेदन स्वीकृत भएको अवस्थामा सम्बन्धित ग्राहकलाई सोसम्बन्धी जानकारी एसएमएस नोटिफिकेसमार्फत् समेत तत्काल उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
मुक्तिनाथको डिजिटल नवप्रवर्तनमा अर्को पहल

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






