Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

महेश र सिम्रनको मुख्य भूमिका रहने ‘छायाँको जीत’ को शुभमुहूर्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
महेश र सिम्रनको मुख्य भूमिका रहने ‘छायाँको जीत’ को शुभमुहूर्त
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । अभिनेता महेश त्रिपाठी र अभिनेत्री सिम्रन खड्का मुख्य भूमिकामा रहने चलचित्र ‘छायाँको जीत’ को शुभमुहूर्त गरिएको छ । मंगलबार काठमाडौंस्थित मैतिदेवी मन्दिरमा क्यामेरा तथा पटकथा पूजा गर्दै निर्माण पक्षले चलचित्रको औपचारिक निर्माण थालनी गरेको हो । भारतीय निर्देशक शिव शोहितको निर्देशनमा बन्ने चलचित्र विशुद्ध प्रेमकथामा आधारित रहने निर्माण पक्षले जनाएको छ । जिथ्रीएस फिल्मस्को ब्यानरमा निर्माण हुने यस चलचित्रमा महेश र सिम्रनका अतिरिक्त विजय देउजा, इच्छा सिंह, कविता आले, सुदीप पौडेल, राजु कार्की, प्रतीक चौधरी, मनोज भेटवाल लगायतका कलकारको अभिनय रहनेछ । त्यस्तै, बालकलाकार अनामा बम र केशव रोकायाको पनि मा अभिनय रहने निर्माणपक्षले जनाएको छ । चलचित्रको छायांकन यही शुक्रबारदेखि सुरु गर्ने तयारी छ । ३० दिनको छायांकन तालिका तय गरिएको चलचित्रको अधिकांश दृश्य काठमाडौं उपत्यकामा खिचिने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रको कथा तथा पटकथा निर्देशक शोहित स्वयंले लेख्नुभएको हो । भारतीय मनोरञ्जन क्षेत्रमा १५ वर्षभन्दा लामो अनुभव बटुल्नुभएका उहाँले ‘मृगजा’ (२०२२), ‘तेरी लाडली मैँ’ (२०२१) र ‘लाल इश्क’ (२०१८) लगायतका परियोजनामा काम गरिसक्नुभएको छ । यसका साथै उहाँले ‘क्राइम पेट्रोल डायल १००’, ‘फियर फाइल्स’ र ‘प्यार के पापड’ जस्ता टेलिभिजन धारावाहिकमा समेत काम गर्नुभएको छ । चलचित्रका निर्माता सुदीप पौडेल र कार्यकारी निर्माता अनुप ढकाल रहनुभएको छ । उत्सव दाहालले छायांकन निर्देशन गर्ने चलचित्रमा योगेश काजी र शिव शोहितको संयुक्त संगीत रहनेछ । चलचित्रको सम्पादन भूपेन्द्र अधिकारीले गर्नुहुनेछ । त्यस्तै, सुजन केसी सहनिर्माता, ईश्वर घिमिरे निर्माण व्यवस्थापक, रोयल भीमसेन प्रचार सामग्री तथा पोस्टर डिजाइन प्रमुख र रोशन दिवाना कला निर्देशकका रूपमा चलचित्रमा आबद्ध हुनुहुन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
Latest NewsJust now

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ... ...

रातोपाटी
पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली
Latest NewsJust now

पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली

काठमाडौँ, मङ्सिर २ गते । हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा त्यसका प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने लुम्ब... ...

गोरखापत्र
आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
Latest NewsJust now

आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ।  नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (बुधबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस देखिएको छ। हिजो मंगलबार यो बेला ८.८ डिग्री सेल्सियस देखिएको थियो। यसपछि अन्तिम मा... ...

नेपालखबर
एमालेको राष्ट्रिय भेला : विरासतको भारी, भविष्यको चुनौती
Latest NewsJust now

एमालेको राष्ट्रिय भेला : विरासतको भारी, भविष्यको चुनौती

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अहिले आफ्नो राजनीतिक इतिहासकै एउटा कठिन मोडमा उभिएको छ । बाहिरबाट हेर्दा देशको प्रमुख राजनीतिक शक्तिमध्ये एक देखिए पनि पार्टीभित्र विकसितहुँदै गएको असन्तुष्टि, नेतृत्वप्रतिको अविश्वास, गुटगत प्रतिस्पर्धा र संगठनात्मक कमजोरीले एमालेको आन्तरिक अवस्था सहज छैन भन्ने संकेत गरिरहेका छन् । यही अवस्थामा मंसिर २ र ३ (आज र भोलि) गते काठमाडौंमा हुनलागेको राष्ट्रिय भेलालाई सामान्य राजनीतिक ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play