Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

मलेसिया ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्याल पक्राउ, एक अर्ब ६९ करोड विदेश गएको खुलासा

Share:WhatsAppFacebookX (Twitter)Telegram
मलेसिया ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्याल पक्राउ, एक अर्ब ६९ करोड विदेश गएको खुलासा
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकसँग गैरकानुनी तरिकाले रकम असुली गरी विदेश पठाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गरेको छ । अनुसन्धान सुरु भएपछि भारत पुगेका उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरी उच्च स्रोतले उनलाई भारतबाटै नियन्त्रणमा लिएको बताए पनि प्रहरी मुख्यालयले भने नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जनाएको छ । अर्याल पक्राउ पर्नुअघि नै सोही प्रकरणमा दुई पूर्व-श्रममन्त्रीसहित उच्चपदस्थ कर्मचारी र स्वास्थ्य परीक्षण व्यवसायी पक्राउ परिसकेका छन् । रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हालिसकेका पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादव हाल प्रहरी थुनामा छन् । उनीहरूसँगै मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख सहसचिव उमेश ढुंगाना, सोही शाखाका तत्कालीन प्रमुख राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत निर्मला गुरुङलाई सिआइबीको टोलीले मंसिर २ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको थियो । त्यसअघि असोज २९ गते सिआइबीले मलेसिया जाने नेपालीको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्था माइक्रोटेक प्रालिका सञ्चालक कैलाश खड्कासहित चार जनालाई पक्राउ गरेको थियो । काठमाडौं कागेश्वरी मनोहराका ४२ वर्षीय खड्कासहित भक्तपुर चाँगुनारायणका ४० वर्षीय रवीन्द्र केसी, गोरखाका ४२ वर्षीय प्रवीण तिवारी र सर्लाहीका रामपुकार तिवारी पक्राउ परेका थिए । पक्राउ परेकाहरूको बयानका आधारमा सिआइबीले मन्त्री र सचिवसम्मको सञ्जाल पहिल्याउँदै अनुसन्धान अघि बढाएको हो । हराएका फाइल फेलाप्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र तथा विकास रानाभाटसमेतको जाहेरीपछि सिआइबीले ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा उजुरी दर्ता गरी अनुसन्धान थालेको छ । सिआइबीका एसएसपी अनुपमशमशेर राणाका अनुसार अनुसन्धानका क्रममा नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारी तथा कानुनी प्रक्रियाविपरीत श्रमिकबाट रकम असुली गरी अर्बौँ रुपैयाँ गैरकानुनी रूपमा विदेश पठाइएको भेटिएको छ । अनुसन्धानबाट हालसम्म एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ श्रमिकबाट अवैध रूपमा असुली गरी मलेसियास्थित बेष्टिनेट कम्पनीको खातामा पठाइएको खुलेको छ । २०७५ कात्तिक १२ गते दुई देशबीच भएको सम्झौताअनुसार नेपाली श्रमिकलाई शून्य लागतमा मलेसिया पठाउने व्यवस्था छ । सरकारले तोकेको ६ हजार ५०० रुपैयाँ बराबरको बायोमेट्रिक शुल्कसमेत मलेसिया पुगेपछि रोजगारदाता कम्पनीले पहिलो महिनामा फिर्ता गर्ने सम्झौतामा उल्लेख छ । तर, २०२६ मे १८ देखि थप १०० रिंगेटसमेत असुली गरिएको खुलेको छ । सम्झौताअनुसार मलेसियन श्रमिकले तिर्ने उक्त शुल्क अन्य मुलुकबाट जाने श्रमिकमा लागू नहुने भए पनि माइक्रोटेक प्रालि र बेष्टिनेट कम्पनीको मिलेमतोमा रकम उठाइएको अनुसन्धानमा देखिएको छ । यो असुली धन्दा २०७० सालदेखि नै सुरु भएको र २०७५ को सम्झौतापछि पनि नरोकिएको सिआइबीको निष्कर्ष छ । नेपालस्थित मलेसियन दूतावासको भूमिकामाथि पनि प्रहरीले शंका व्यक्त गरेको छ । सम्झौताविपरीत दूतावासबाटै खड्कालाई अनुकूल हुने पत्र बनाएर मन्त्रालयमा पेस गरेको देखिएको प्रहरी स्रोत बताउँछ । यसैबीच, रकम विदेश पठाउन भएका चारवटा मन्त्रीस्तरीय निर्णयका सक्कल फाइल र सरकारी कार्यदलको प्रतिवेदन हराएको भनिएकामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट ती कागजात प्रहरीको हातमा पुगेका छन् । मन्त्रालयका कर्मचारीबाट आवश्यक फाइल प्राप्त भएपछि निर्णय प्रक्रिया र संलग्न अधिकारीको भूमिकाबारे अनुसन्धानमा थप स्पष्टता र तीव्रता आएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन् । करिब १५ दिनभित्र अनुसन्धान टुंग्याउने तयारी प्रहरीको छ । यस्तो छ ठगीको सिलसिलासिआइबीको अनुसन्धानमा कैलाश खड्का र एकनारायण अर्याललाई असुली धन्दाको मुख्य नाइकेमध्येका रूपमा हेरिएको छ । २०७५ कात्तिक १२ गते तत्कालीन श्रममन्त्री गोकर्ण विष्टको पालामा शून्य लागतको सम्झौता भए पनि उहाँ मंसिर ४ गते मन्त्रीबाट हट्नुभएको थियो । त्यसपछि रामेश्वरराय यादव २०७६ मंसिर ४ देखि २०७७ पुस १० सम्म श्रममन्त्री बने । यादव मन्त्री बनेको एक महिनामै २०७६ पुस २१ गते माइक्रोटेकका नामबाट पहिलो पटक २ लाख ४५ हजार ९४६ अमेरिकी डलर बेष्टिनेट कम्पनीमा रकमान्तर भएको देखिएको प्रहरीले जनाएको छ । यादवको कार्यकालमा तीन पटक रकम मलेसिया गएको र २०८० सालसम्म निरन्तर रकम पठाइएको अनुसन्धानमा देखिएको छ । अन्तिम पटक २०८० माघ ९ गते आठ लाख ८४ हजार ५४४ डलर पठाइएको पाइएको छ । यादव मन्त्री हुँदा सचिव रहेका विनोद केसीकै पालामा पहिलो पटक रकम बाहिरिएको प्रहरीको भनाइ छ । त्यसपछि २०७८ मंसिर १३ देखि २०८० जेठ २९ गतेसम्म श्रमसचिव रहेका अर्यालको कार्यकालमा पनि निरन्तर रकम मलेसिया पठाइएको देखिएको छ । खड्कासँग नजिक रहेर काम गरेको आरोप अर्यालमाथि छ । अर्यालमार्फत् नै खड्काले राजदूतहरूलाई विभिन्न स्थानमा घुमाउने तथा नेपाल-मलेसिया हवाई टिकट काट्ने काम गरेको प्रहरीको दाबी छ । मिलेमतोमा अन्य गतिविधि पनि भएको भन्दै प्रहरीले सम्पत्ति शुद्धीकरण कसुरमा समेत अनुसन्धान गर्ने जनाएको छ । यादवपछि गौरीशंकर चौधरी, विमलप्रसाद श्रीवास्तव, कृष्णकुमार श्रेष्ठ, शेरबहादुर कुँवर, डोलप्रसाद अर्याल र शरतसिंह भण्डारी श्रममन्त्री बन्नुभएको थियो । श्रमिकको रकम मलेसिया पठाउँदा मन्त्री रहेका अन्य पूर्वमन्त्रीमाथि समेत अनुसन्धान सोझिएको प्रहरीले जनाएको छ । साथै, विगतमा मलेसियाका लागि नेपाली राजदूतका रूपमा पुगेका केही व्यक्तिको भूमिका पनि शंकास्पद देखिएको भन्दै सिआइबीले छानविन जारी राखेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अस्ट्रेलियामा आधाभन्दा बढी नागरिकले कम्तीमा एकपटक लागुऔषध खान्छन् : प्रतिवेदन
Latest NewsJust now

अस्ट्रेलियामा आधाभन्दा बढी नागरिकले कम्तीमा एकपटक लागुऔषध खान्छन् : प्रतिवेदन

अस्ट्रेलियाका आधाभन्दा बढी नागरिकले आफ्नो जीवनकालमा कम्तीमा एकपटक अवैध लागुऔषध प्रयोग गर्ने गरेको पाइएको छ। अस्ट्रेलियाको सरकारी प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको हो। अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर (एआईएचडब्ल्यू) ले बिहीबार सार्वजनिक गरेको सन् २०२५ को राष्ट्रिय लागुऔषध रणनीति घरपरिवार सर्वेक्षणअनुसार १४ वर्ष वा सोभन्दा माथिका ५१ प्रतिशत अस्ट्रेलियालीले ज... ...

नेपालखबर
इपिजीमा भारतको एकलौटी विराम
Latest NewsJust now

इपिजीमा भारतको एकलौटी विराम

काठमाडौं । नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदनलाई भारतले ‘विगतको कुरा’ भन्दै असान्दर्भिक ठहर गरेपछि दुई देशबीचको सम्बन्ध पुनरावलोकन गर्ने उद्देश्यसहित गरिएको लामो प्रयास फेरि अन्योलमा परेको छ । दुवै देशका सरकारले गठन गरेको समूहले दुई वर्ष लगाएर तयार पारेको प्रतिवेदन आठ वर्षदेखि भारतीय प्रधानमन्त्रीले बुझ्न नमानेपछि दराजमा थन्किएको थियो । अब भारतले त्यसको औचित्य नै सकिएको धारणा राखेपछि ...

हिमालय टाइम्स
संसद् अधिवेशन बोलाउन विपक्षीको दबाब
Latest NewsJust now

संसद् अधिवेशन बोलाउन विपक्षीको दबाब

काठमाडौं । विपक्षी दलहरूले संघीय संसद् (प्रतिनिधिसभा-राष्ट्रियसभा) को अधिवेशन बोलाउन सरकारमाथि दबाब बढाएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विपक्षी दहरूले संघीय संसद्को हिउँदे अधिवेशन (विधेयक अधिवेशन) बोलाउन सरकार र सभामुखको ध्यानाकर्षण गराएका हुन् । संसद्का विषयगत समितिलाई सक्रिय बनाउन र सरकारका काम कारबाहीमाथि निगरानी बढाउन विपक्षी दलहरूले संसद् अधिवेशन आह्वानको माग गरेका छन् । विपक्षी दलहरूले संघीय संसद्को ...

हिमालय टाइम्स
विपत् प्रभावित शिशुलाई सरकारको संरक्षण
Latest NewsJust now

विपत् प्रभावित शिशुलाई सरकारको संरक्षण

गोरखापत्र समाचारदाता काठमाडौँ, मङ्सिर ११ गते । भोटेकोशी हिमबाढीको विपत्बाट आमा वा बुवा वा दुवै अभिभावक गुमाएका शिशु तथा बालबालिकाका लागि सरकारले राज्यका तर्फबाट अभिभावकत्व दिने कार... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement