क्वालालम्पुर । अमेरिकी प्रविधि कम्पनी गुगलले मलेसियाको नेगेरी सेम्बिलान राज्यमा साझा पानी पूर्वाधार निर्माणका लागि १६ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । उक्त पूर्वाधारले स्थानीय समुदायका साथै पोर्ट डिक्सनमा निर्माण गर्ने योजनामा रहेको गुगलको डाटा सेन्टर सञ्चालनलाई सहयोग पुर्याउनेछ । गुगलले स्वच्छ ऊर्जा क्षेत्रका लागि स्थानीय दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले नयाँ कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ । निर्माण सम्पन्न भएपछि उक्त पूर्वाधार सरकारी सम्पत्तिको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको राज्यको वैधानिक निकाय मेन्टेरी बेसर नेगेरी सेम्बिलान (निगमित) को स्वामित्वमा रहनेछ । प्रस्तावित प्रशोधन केन्द्रले दैनिक छ करोड ५० लाख लिटर प्रशोधित पिउने पानी आपूर्ति गर्न सक्ने क्षमता राख्नेछ । यसबाट सर्वसाधारणका लागि पानीको उपलब्धता बढ्नुका साथै स्प्रिङहिल औद्योगिक पार्कमा निर्माण गर्ने योजनामा रहेको गुगलको डाटा सेन्टर परिसरलाई पनि पानी आपूर्ति हुनेछ । -सिन्ह्वा
मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






