Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच शिष्टाचार भेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच शिष्टाचार भेट
Photo / Coverage: पर्दाफास

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबीच आज भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ । विशाखापटनममा जारी सिआइआईको ३१औँ साझेदारी सम्मेलन, २०२६ मा सहभागी भएका मन्त्री साहले सम्मेलनलाई सम्बोधन गरेपछि मुख्यमन्त्री नायडुसँग भेट गरेका हुन् । भेटका क्रममा मन्त्री साहले नेपाल र आन्ध्र प्रदेशबीच द्विपक्षीय व्यापार अभिवृद्धि, लगानी प्रवर्द्धन तथा धार्मिक एवं आरोग्य पर्यटन विकासमा सहकार्य तथा आर्थिक साझेदारी विस्तार गर्नुपर्ने बताए । मन्त्री साहले नेपाल जलविद्युत्, पर्यटन, स्वच्छ ऊर्जा तथा प्रविधि विकासका क्षेत्रमा लगानीका लागि उपयुक्त गन्तव्य रहेको उल्लेख गरे । सो अवसरमा मुख्यमन्त्री नायडुले मन्त्री साहले उठाएका विषयमा आन्ध्र प्रदेश सरकार सकारात्मक रहेको उल्लेख गर्दै क्षेत्रीय सहकार्यका लागि इच्छुक रहेको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उपाधि रक्षाको यात्रामा साविक विजेता लुम्बिनीले पाएको मोमेन्टम
OthersJust now

उपाधि रक्षाको यात्रामा साविक विजेता लुम्बिनीले पाएको मोमेन्टम

तेस्रो संस्करणमा लुम्बिनीले सुरुवातदेखि नै आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गरिरहेको छ। लगातार राम्रो नतिजा निकाल्दै सबैभन्दा पहिले प्लेअफमा पुग्नु त्यसकै प्रमाण हो। ...

अनलाइन खबर
एनपीएल : कर्णालीलाई हराउँदै प्लेअफ पुग्यो लुम्बिनी
OthersJust now

एनपीएल : कर्णालीलाई हराउँदै प्लेअफ पुग्यो लुम्बिनी

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ । बिहीबार सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी एक खेल अगावै प्लेअफमा पुगेको हो । कर्णालीले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले ६ विकेट गुमाएर १६ ओभर ४ बलमा पूरा गर्‍यो । लुम्बिनीका लागि डार्शी सर्टले सर्वाधिक ४६ रन बनाए भने दिलिप नाथले ...

पर्दाफास
महामन्त्री आचार्यको नेतृत्वमा रास्वपाको उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदै
OthersJust now

महामन्त्री आचार्यको नेतृत्वमा रास्वपाको उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा १९ सदस्यीय प्रतिनिधिमण्डल चीन जान लागेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् । सो भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायतका विषयमा अनुभव आदानप्रदान ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play