Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो स्थानमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो स्थानमा
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गर्नुभएको छ । नयाँ मर्यादाक्रमअनुसार यसअघि सातौँ स्थानमा रहनुभएकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तेस्रो वरीयतामा उक्लिनुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गत चैत १३ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम प्रधानमन्त्रीको सिफारिसमा हेरफेर गरिएको हो । नयाँ मर्यादाक्रममा प्रधानमन्त्री बालेन्द्र शाह पहिलो स्थानमा हुनुहुन्छ भने अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो स्थानमा रहनुभएको छ । त्यसपछि कानुनमन्त्री गौतम तेस्रो, परराष्ट्रमन्त्री शिशिर खनाल चौथो र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ वरीयतामा हुनुहुन्छ । त्यस्तै, गृहमन्त्री सुधन गुरुङ छैटौँ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ स्थानमा हुनुहुन्छ । यसअघि परराष्ट्रमन्त्री खनाल तेस्रो, ऊर्जामन्त्री श्रेष्ठ चौथो, गृहमन्त्री गुरुङ पाँचौँ र पूर्वाधार विकासमन्त्री लम्साल छैटौँ वरीयतामा हुनुहुन्थ्यो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट उपसभापतिमा निर्वाचित गौतम पार्टीको वरीयतामा माथि रहे पनि यसअघि मन्त्रिपरिषद्मा सातौँ स्थानमा हुनुहुन्थ्यो । पछिल्लो हेरफेरसँगै उहाँलाई पार्टीको वरीयताअनुसार मन्त्रिपरिषद्मा पनि माथिल्लो स्थानमा ल्याइएको छ । नयाँ व्यवस्थाअनुसार विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आठौँ वरीयतामा हुनुहुन्छ । त्यसपछि क्रमशः महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र शिक्षामन्त्री सस्मित पोखरेल रहनुभएको छ । यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, कृषिमन्त्री गीता चौधरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव क्रमशः पछिल्ला वरीयतामा हुनुहुन्छ । सत्र सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहनु भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अस्ट्रेलियामा आधाभन्दा बढी नागरिकले कम्तीमा एकपटक लागुऔषध खान्छन् : प्रतिवेदन
Latest NewsJust now

अस्ट्रेलियामा आधाभन्दा बढी नागरिकले कम्तीमा एकपटक लागुऔषध खान्छन् : प्रतिवेदन

अस्ट्रेलियाका आधाभन्दा बढी नागरिकले आफ्नो जीवनकालमा कम्तीमा एकपटक अवैध लागुऔषध प्रयोग गर्ने गरेको पाइएको छ। अस्ट्रेलियाको सरकारी प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको हो। अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर (एआईएचडब्ल्यू) ले बिहीबार सार्वजनिक गरेको सन् २०२५ को राष्ट्रिय लागुऔषध रणनीति घरपरिवार सर्वेक्षणअनुसार १४ वर्ष वा सोभन्दा माथिका ५१ प्रतिशत अस्ट्रेलियालीले ज... ...

नेपालखबर
इपिजीमा भारतको एकलौटी विराम
Latest NewsJust now

इपिजीमा भारतको एकलौटी विराम

काठमाडौं । नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदनलाई भारतले ‘विगतको कुरा’ भन्दै असान्दर्भिक ठहर गरेपछि दुई देशबीचको सम्बन्ध पुनरावलोकन गर्ने उद्देश्यसहित गरिएको लामो प्रयास फेरि अन्योलमा परेको छ । दुवै देशका सरकारले गठन गरेको समूहले दुई वर्ष लगाएर तयार पारेको प्रतिवेदन आठ वर्षदेखि भारतीय प्रधानमन्त्रीले बुझ्न नमानेपछि दराजमा थन्किएको थियो । अब भारतले त्यसको औचित्य नै सकिएको धारणा राखेपछि ...

हिमालय टाइम्स
संसद् अधिवेशन बोलाउन विपक्षीको दबाब
Latest NewsJust now

संसद् अधिवेशन बोलाउन विपक्षीको दबाब

काठमाडौं । विपक्षी दलहरूले संघीय संसद् (प्रतिनिधिसभा-राष्ट्रियसभा) को अधिवेशन बोलाउन सरकारमाथि दबाब बढाएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विपक्षी दहरूले संघीय संसद्को हिउँदे अधिवेशन (विधेयक अधिवेशन) बोलाउन सरकार र सभामुखको ध्यानाकर्षण गराएका हुन् । संसद्का विषयगत समितिलाई सक्रिय बनाउन र सरकारका काम कारबाहीमाथि निगरानी बढाउन विपक्षी दलहरूले संसद् अधिवेशन आह्वानको माग गरेका छन् । विपक्षी दलहरूले संघीय संसद्को ...

हिमालय टाइम्स
विपत् प्रभावित शिशुलाई सरकारको संरक्षण
Latest NewsJust now

विपत् प्रभावित शिशुलाई सरकारको संरक्षण

गोरखापत्र समाचारदाता काठमाडौँ, मङ्सिर ११ गते । भोटेकोशी हिमबाढीको विपत्बाट आमा वा बुवा वा दुवै अभिभावक गुमाएका शिशु तथा बालबालिकाका लागि सरकारले राज्यका तर्फबाट अभिभावकत्व दिने कार... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement