Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

मध्यावधि निर्वाचनमा ट्रम्पको हारपछि २०२८ को दौड तीव्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
मध्यावधि निर्वाचनमा ट्रम्पको हारपछि २०२८ को दौड तीव्र
Photo / Coverage: केन्द्रबिन्दु

वासिङ्टन । अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी पराजित भएपछि सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका लागि दुवै दलभित्र उम्मेदवारीको प्रतिस्पर्धा चर्किने सङ्केत देखिएको छ । हारले उपराष्ट्रपति जे.डी. भान्सको सम्भावना कमजोर बनाएको छ भने डेमोक्रेटिक पार्टीका युवा नेता जोन ओसोफको चर्चा बढाएको छ । रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवार भान्स ट्रम्पसँग निकट रहेकाले मध्यावधिको पराजयको राजनीतिक असर भोग्नुपर्ने जोखिममा छन् । उनले इरानविरुद्धको अलोकप्रिय युद्धलाई हारको कारण बताउँदै आफूलाई त्यसबाट अलग देखाउन खोजेका छन् । विदेशमन्त्री मार्को रुबियो, फ्लोरिडाका गभर्नर रोन डिसान्टिस र टेक्सासका सिनेटर टेड क्रुज पनि सम्भावित दाबेदारका रूपमा चर्चामा छन् । तर, ट्रम्प प्रशासनका अधिकारीहरूलाई इरान युद्धको प्रभावबाट अलग रहन कठिन हुने विश्लेषण गरिएको छ । डेमोक्रेटिक पार्टीमा जर्जियाका ३९ वर्षीय सिनेटर जोन ओसोफको पुनःनिर्वाचनले उनको राष्ट्रपतीय उम्मेदवारीबारे चर्चा बढाएको छ । उनले दौडमा रुचि नरहेको बताएपनि युवा छवि र विजयले पार्टीभित्र प्रभाव बढाएको छ । उहाँको तुलना पूर्वराष्ट्रपति बाराक ओबामासँगसमेत हुन थालेको छ । पूर्वउपराष्ट्रपति कमला ह्यारिस, पेन्सिलभेनियाका गभर्नर जोश शापिरो र क्यालिफोर्नियाका निवर्तमान गभर्नर गेभिन न्यूसम पनि सम्भावित उम्मेदवार छन् । यद्यपि, पार्टीभित्र नयाँ अनुहारलाई अवसर दिनुपर्ने मतसमेत बलियो छ । न्युयोर्ककी सांसद अलेक्जान्ड्रिया ओकासियो–कोर्टेज, सिकागोका पूर्वमेयर रहम इमानुएल, इलिनोइसका गभर्नर जेबी प्रिट्जकर, केन्टकीका गभर्नर एन्डी बेशियर र एरिजोनाका सिनेटर मार्क केलीको नाम पनि चर्चामा छ । सन् २०१६ र २०२४ मा ट्रम्पलाई सत्तामा पुर्‍याएको ‘मागा’ गठबन्धन मध्यावधिमा कमजोर बनेपछि रिपब्लिकन पार्टीमा नेतृत्वको उत्तराधिकार थप अनिश्चित भएको छ । निर्वाचन परिणामले सन् २०२८ को राष्ट्रपतीय उम्मेदवारीका लागि दुवै दलभित्र नयाँ समीकरण र प्रतिस्पर्धाको आधार तयार गरेको छ । -एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बेथानचोककाे खानी सञ्चालनमा रोक
Latest NewsJust now

बेथानचोककाे खानी सञ्चालनमा रोक

काभ्रे । बेथानचोक गाउँपालिका–४ मा सञ्चालित चलाल गणेशस्थान रोडा ढुङ्गा उद्योगको खानी सञ्चालनमा रोक लगाइएको छ । बाढीबाट प्रभावित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनाका साथै उद्योगबाट निस्किएको फोहोरजन्य सामग्रीको उचित व्यवस्थापन नगरेसम्म खानी सञ्चालन गर्न नपाइने निर्णय गरिएको छ । गाउँपालिकाले तयार पारेको स्थलगत छानबिन प्रतिवेदन र प्रभावित क्षेत्रका स्थानीयवासीसँगको छलफलका आधारमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले यस्तो निर्णय गरेको ...

केन्द्रबिन्दु
गगनले भने– म कमजोर नैतिक धरातलमा उभिएको छैन
Latest NewsJust now

गगनले भने– म कमजोर नैतिक धरातलमा उभिएको छैन

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै पनि कमजोर नैतिक धरातलमा नउभिएको स्पष्ट पार्दै आफ्नो चरित्रमाथि प्रश्न उठाउने गरी प्रायोजित षड्यन्त्र रचिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश... ...

रातोपाटी
‘म तर्सिने जिनिस नै होइन, तर्सिने बानी नै परेको छैन’ [भिडियोसहित]
Latest NewsJust now

‘म तर्सिने जिनिस नै होइन, तर्सिने बानी नै परेको छैन’ [भिडियोसहित]

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू बलियो नैतिक धरातलमा उभिएको कारण कुनै डर नभएको स्पष्ट पारेका छन् । विचौलिया इनम सापकोटाको भनिएको बयानको भिडियोमा गगन थापाको नाम समेत जोडिएको भन्दै सरकारले अनुसन्धानका लागि धरपकड गर्ने चर्चा चलिरहेको छ । यसैबिच त्यसबारे आफ्नो प्रतिक्रिया दिँदै सभापति थापाले आफू यसअघि पनि बलियो सत्तासँग लड्दै आएको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play