Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

मधेस सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थ फिर्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेस सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थ फिर्ता
Photo / Coverage: केन्द्रबिन्दु

जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री हुनुभएका चार जना मन्त्रीले आज राजीनामा दिएका छन् । मधेस प्रदेश सरकारमा सहभागी अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहाले सामूहिक राजीनामा दिएका हुन् । चारै जना मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई ह्वाटसपमार्फत राजीनामा पत्र पठाएको नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेतासमेत रहनुभएका अर्थमन्त्री भट्टराईले बताए । “मुख्यमन्त्रीज्यू काठमाडौँमा रहनुभएको छ, त्यहीँ भएर उहाँको ह्वाटसपमा राजीनामा पत्र पठाएका छौँ”, मन्त्री भट्टराईले भने, “आजैदेखि लागू हुनेगरी राजीनामा दिएका छौँ ।” राजनीतिक निकासका लागि आफूहरूले सामूहिक राजीनामा दिएर सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाइसकेको उनले बताए । यसअघि गत असोज ३० गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । मधेस प्रदेशमा नयाँ सरकार गठनको कसरतसमेत सुरु भइसकेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाली बजारमा सार्वजनिक भयो चेरी क्यू
Latest NewsJust now

नेपाली बजारमा सार्वजनिक भयो चेरी क्यू

आधुनिक प्रविधि, प्रिमियम आराम र अत्याधुनिक सुरक्षा सुविधासहित बजारमा ल्याइएको चेरी क्यूले नेपालको विद्युतीय सवारीसाधन बजारमा नयाँ विकल्प थप्ने कम्पनीको अपेक्षा छ। ...

कान्तिपुर
नेपाल प्रिमियर लिग : पोखराको लगातार चौथो हार,प्लेअफको सम्भावना न्यून
Latest NewsJust now

नेपाल प्रिमियर लिग : पोखराको लगातार चौथो हार,प्लेअफको सम्भावना न्यून

• चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गर्दै नेपाल प्रिमियर लिगमा जीत हासिल गर्यो। • पोखरा १९ ओभरमा १२१ रनमा समेटिएको छ, जबकि चितवनले १५१ रन बनाएको थियो। • पोखराको लगातार चौथो हारपछि प्लेअफमा पुग्ने सम्भावना न्यून भएको छ। ...

नेपालबहस
स्थानीय तहकै पहलमा बर्दियाबाट फुर्केखोला ल्याइयो पेन्टुन ब्रिज, तस्बिरहरू
Latest NewsJust now

स्थानीय तहकै पहलमा बर्दियाबाट फुर्केखोला ल्याइयो पेन्टुन ब्रिज, तस्बिरहरू

धादिङ। धादिङका आठ वटा पालिकालाई पृथ्वी राजमार्गसँग जोड्ने मलेखुस्थित फुर्केखोलाको पक्की पुल भदौ १० गतेको भोटेकोशी बाढीले बगाएपछि पन्टुन ब्रिज (तैरिने पुल) जडान गर्ने तयारी छ । संघ सरकारले लामो पुल... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play