Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

‘मधेसमा परिवर्तनको अनुभूति गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ’ : रवि लामिछाने

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘मधेसमा परिवर्तनको अनुभूति गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ’ : रवि लामिछाने
Photo / Coverage: हिमालय टाइम्स

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेसका जनताले यसपटक दिएको जनमतअनुसार परिवर्तनको अनुभूति गराउन नसके आगामी निर्वाचनमा भोट माग्न नआउने बताउनुभएको छ। शनिबार छठ पर्व मनाउन जनकपुरधाम पुग्नुभएका लामिछानेले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मधेसी जनताको आशा र विश्वासलाई निराशामा बदल्न नहुने बताउनुभएको हो। उहाँले वर्तमान अवसर कुनै व्यक्तिको राजनीतिक प्रगति वा स्वार्थका लागि नभई मधेसी जनताको मुहारमा खुसी ल्याउन र उनीहरूको जीवनमा परिवर्तन गर्न प्राप्त भएको उल्लेख गर्नुभयो। जनताको जनमतको अपमान गर्दै आफ्ना निकटस्थलाई टिकट दिने र जनताको बस्तीमा परिवर्तनको अनुभूति गराउन नसक्ने हो भने आगामी निर्वाचनमा जनताले अहिले दिएको समर्थन फिर्ता लिन समय नलगाउने उहाँको भनाइ थियो। राजनीतिमा जनतालाई झुक्याएर भोट माग्ने प्रवृत्ति आफूलाई स्वीकार्य नरहेको उल्लेख गर्दै लामिछानेले जति बोलिएको छ, त्यति नै काम गरेर देखाउनुपर्नेमा जोड दिनुभयो। यसैगरी, उहाँले रास्वपाभित्र सरकारका कामकारबाहीबारे हुने आलोचना, सुझाव र बहसलाई पार्टी विभाजनको संकेतका रूपमा नबुझ्न आग्रह गर्नुभयो। आन्तरिक लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले आफ्नै सरकारका कामकारबाहीमाथि पनि आवश्यकताअनुसार आलोचना र सुझाव दिने गरिएको उहाँको भनाइ थियो। सरकारका केही काममा कमजोरी देखिँदा पार्टीभित्रै आलोचना र सुझाव आउनुलाई विवादका रूपमा व्याख्या गर्ने गरिएको उल्लेख गर्दै उहाँले त्यसलाई आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा बुझ्न आग्रह गर्नुभयो। सरकार आफ्ना प्रतिबद्धता पूरा गर्न सक्रिय रहेको दाबी गर्दै लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न पनि आग्रह गर्नुभयो। उहाँले छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राखेर सरकारले सार्वजनिक बिदा दिएको प्रसंगसमेत उल्लेख गर्नुभयो। छठमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यको उत्तिकै महत्त्व रहेकाले पर्वका सबै पक्षलाई सम्मान गरिएको उहाँको भनाइ थियो। लामिछानेले रास्वपाले मधेससहित देशभरका जनताको आवाज सुन्ने प्रतिबद्धता व्यक्त गर्दै जनताले दिएको विश्वास र अवसरलाई कुनै पनि हालतमा खेर जान नदिन पार्टी पंक्तिलाई आग्रह गर्नुभयो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जलवायु वार्तामा आदिवासीका मुद्दा प्राथमिकताका साथ उठाउने मन्त्री चौधरीको प्रतिबद्धता
Latest NewsJust now

जलवायु वार्तामा आदिवासीका मुद्दा प्राथमिकताका साथ उठाउने मन्त्री चौधरीको प्रतिबद्धता

टर्की – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट प्रभावित आदिवासी जनजाति समुदायका अधिकार, पहिचान, संस्कृति र पुर्ख्यौली थातथलोको संरक्षणका मुद्दा राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । नेपाल आदिवासी जनजाति महासंघले कोप–३१ का सन्दर्भमा शनिबार आयोजना गरेको छलफलमा मन्त्री चौधरीले जलवायु परिवर्तन र विपद्का कारण आदिवासी जनजाति समुदायको […] ...

काठमाण्डुपाटी
पाथीभरामा एकैदिन ११ हजार बढी दर्शनार्थी
Latest NewsJust now

पाथीभरामा एकैदिन ११ हजार बढी दर्शनार्थी

साहारा लिम्बूताप्लेजुङ, कात्तिक २८ गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकैदिन ११ हजार २७२ जना दर्शनार्थी पुगेका छन् । शनिबार एकैदिन उक्त सङ्ख्यामा भक्तजनले पाथ... ...

गोरखापत्र
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान, मङ्सिर ४ गतेसम्मको समय सीमा
Latest NewsJust now

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान, मङ्सिर ४ गतेसम्मको समय सीमा

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरेको छ । मधेस प्रदेशका मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१) […] ...

मकालु खबर
लुम्बिनीविरुद्ध चरिथा असलन्काको अर्धशतक
Latest NewsJust now

लुम्बिनीविरुद्ध चरिथा असलन्काको अर्धशतक

काठमाडौँ । विराटगर किंग्सका चरिथा असलन्काले अर्धशतक बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिला ब्याटिङमा उत्रिएको विराटनगरले पाँचौँ ओभरमा पहिलो विकेट गुमाए पनि त्यसपछि सम्हालिएको ब्याटिङ गरिरहेको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play