Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

मधेशमा नयाँ सत्ता समीकरण : जसपा नेपालको नेतृत्वमा एमाले र नेकपा सरकारमा जाने

Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेशमा नयाँ सत्ता समीकरण : जसपा नेपालको नेतृत्वमा एमाले र नेकपा सरकारमा जाने
Photo / Coverage: केन्द्रबिन्दु

जनकपुरधाम । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी सम्मिलित नयाँ सत्ता समीकरण बन्ने भएको छ । सरकारको नेतृत्व जसपा नेपालले गर्ने सम्भावना बढी रहेको नेताहरु बताउँछन् । तीन दलबीच नयाँ सरकार बनाउने सहमति भइसकेको नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवले बताए । ‘तीन दल बीच सरकार बनाउने सहमति करिब करिब टुङ्गिएको छ । र, कुन दलले नेतृत्व गर्ने भन्नेबारे चाँडै निष्कर्ष लाग्ने छ,’ उनले भने । शीर्ष तहमै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव बीच नयाँ समीकरणबारे छलफल भएर सहमति भएको उनले बताए । स्रोतका अनुसार जसपा नेपालको नेतृत्वमा मुख्यमन्त्री बन्ने करिब निश्चित छ । जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री बन्ने सम्भावना बढेको हो । गत असोज ३० गते मधेस सरकारबाट बाहिरिँदै नेकपा एमालेले समर्थन फिर्ता लिएपछि हाल नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा छ । मुख्यमन्त्री कृष्णप्रसाद यादव आफ्नो सरकार बचाउनको लागि प्रयासरत छन् । पछिल्लो समय एमाले सोही सरकारमा फर्किने संवाद पनि चलेको थियो । त्यसका लागि कांग्रेस सभापति गगन थापा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल समेत भएको थियो । तर एमाले अध्यक्ष ओलीले फिर्ता भएको सरकारमा पुन फर्किँदा नकारात्मक सन्देश जाने भन्दै नमानेपछि पुनः अर्को समीकरण बनेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘रामायण’ ले पहिलो दिनमै कमायो १२७ करोड भारु
Latest NewsJust now

‘रामायण’ ले पहिलो दिनमै कमायो १२७ करोड भारु

भारतीय फिल्म ‘रामायण’ ले उत्साहजनक ओपनिङ गरेको छ। यस फिल्मले पहिलो दिनमै विश्वभर १२७.५० करोड भारतीय रुपैयाँ कमाइ गरेको छ। त्यस्तै, घरेलु बक्सअफिसमा फिल्मको नेट कलेक्सन ६४.८५ हुँदा ग्रस कलेक्सन ७७.५० करोड पुगेको छ। जसमा हिन्दी संस्करणतर्फको कमाइ ४७.५० करोड हो। त्यस्तै, कन्नडमा ७.२५ करोड, तेलुगुमा ६ करोड, तमिलमा २.६० करोड र मलयालममा १.५० करोड रहे... ...

नेपालखबर
राष्ट्र बैंकले बिहीबार रातीसम्म बेच्यो सुनको असर्फी, शुक्रबार चाँदी मात्रै बेच्दै
Latest NewsJust now

राष्ट्र बैंकले बिहीबार रातीसम्म बेच्यो सुनको असर्फी, शुक्रबार चाँदी मात्रै बेच्दै

राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले शुक्रबार चाँदी मात्रै बिक्री गरिरहेको जानकारी दिए । ...

कान्तिपुर
इटहरीमा नेपथ्यको कन्सर्ट, अमृतले दिए सामाजिक सद्भावको सन्देश
Latest NewsJust now

इटहरीमा नेपथ्यको कन्सर्ट, अमृतले दिए सामाजिक सद्भावको सन्देश

विविधताले भरिएको नेपाललाई भेदभावमुक्त बनाउनुपर्ने उनको आह्वानमा दर्शकले ताली बजाउँदै र मुठी उचाल्दै समर्थन जनाए। ...

कान्तिपुर
ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी
Latest NewsJust now

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

वासिङ्टन।मध्यावधि निर्वाचनमा डेमोक्रेटहरूले अमेरिकी कङ्ग्रेसका दुवै सदनमा नियन्त्रण कायम गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी दलबाट आउने विधेयक रोक्न राष्ट्रपतीय भिटो अधिकार प्रयोग गर्ने संकेत गरेका छन्। उनले बिहीबार ह्वाइट हाउसस्थित ओभल अफिसको ऐतिहासिक रिजोल्युट डेस्कमा ‘भिटो’ लेखिएको ठूलो रातो टोपी प्रदर्शन गरेका हुन्। ओभल अफिस र मन्त्रिपरिषद् कक्षलाई पुरातन वस्तु ऐनअन्तर्गत राष्ट्रिय स्मारकका रूपमा संरक्षण गर्ने घोषणापत्रमा हस्ताक्षर गर्ने क्रममा उनले उक्त ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play