Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

मधेशमा छठ पर्वको तयारी गरिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेशमा छठ पर्वको तयारी गरिँदै
Photo / Coverage: पर्दाफास

मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्र रूपमा अघि बढिरहेको छ । त्यस क्रममा प्रदेश राजधानीस्थित जनकपुरधामका पोखरी तथा तलाउको सरसफाइ र शृंगारिने काम सुरु भएको छ । त्यस्तै बजारमा छठ पूजाका लागि आवश्यक सामग्री किनमेल गर्नेको भीड बढेको छ ।

मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक र सामाजिक पहिचानसँग जोडिएको छठ पर्वलाई व्यवस्थित र भव्य रूपमा मनाउने तयारीस्वरूप विभिन्न पोखरी तथा जलाशयको सरसफाइ तथा शृंगार थालिएको जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहले जानकारी दिए ।

उनका अनुसार यहाँस्थित गंगासागर, धनुषसागर, रत्नसागर र दशरथ तलाउलगायतका पोखरी तथा तलाउको सरसफाइ भइरहेको छ । विशेष गरी गंगासागर र धनुषसागरलगायतका जलाशयमा छठ मनाउने परम्परा रहेकाले स्थानीयवासीको सहयोगमा सरसफाइ तथा शंगारलाई तीव्रता दिइएको छ ।

यस वर्ष छठ पर्वको अवलोकनका लागि प्रधानमन्त्री वालेन्द्र शाह समेत जनकपुरधाम जाने तयारी भइरहेकाले गंगासागर छठ घाटलाई थप व्यवस्थित र शृंगार्ने तयारी भइरहेको उनको भनाइ छ ।

जनकपुरधामस्थित पेठिया बजार, गाउँघरका हाट तथा मेलामा छठ पूजासामाग्रीसहित बाँसबाट निर्मित सामग्री खरिदको चहलपहल बिस्तारै बढेको छ । छठ पर्व नजिकिँदै जाँदा छठ पर्वका लागि आवश्यक सामग्रीको किनमेल सुरु भइसकेको स्थानीय सुमित्रादेवी कर्णले बताए ।

छठ पर्व नजिकिँदै गर्दा पुस्तौँदेखि बाँसको सामग्री उत्पादन गर्दै आएका डोम समुदाय पनि अहिले त्यस्ता सामाग्री निर्माण गर्न भ्याइनभ्याइ अवस्थामा छन् । ती समुदायका धेरै परिवारले पुर्ख्यौली पेसाका रूपमा बाँसका चोयाबाट विभिन्न पूजा सामग्री राख्ने छिटी, नाङ्लो र ढाकी निर्माण गर्दै आएका छन् ।

छठ पर्वका अवसरमा परम्परागत सामग्रीको माग बढ्दा स्थानीय कारीगरको उत्पादनले पनि बजार पाउने गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बर्दियामा मोटरसाइकल दुर्घटनामा घाइते युवकको मृत्यु
OthersJust now

बर्दियामा मोटरसाइकल दुर्घटनामा घाइते युवकको मृत्यु

२४ कात्तिक, बर्दिया । बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका कोहलपुर नगरपालिका–९ का १६ वर्षीय रिदम थापाको उपचारका क्रममा भारतको लखनउस्थित समरामेक्स अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक(डीएसपी) रेशम बोहराका अनुसार दुर्घटनामा मोटरसाइकल… ...

अनलाइन खबर
सुदूरपश्चिमले टस जितेर ब्याटिङ गर्दै
OthersJust now

सुदूरपश्चिमले टस जितेर ब्याटिङ गर्दै

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर जनकपुरका कप्तान हरमीत सिंहलाई फिल्डिङको निम्तो दिएका छन्। ...

अनलाइन खबर
बजेट कार्यान्वयनमा झनै दयनीय प्रदेश सरकार
OthersJust now

बजेट कार्यान्वयनमा झनै दयनीय प्रदेश सरकार

खासगरी पूँजीगत खर्चले गति लिन नसक्दा पहिलो त्रैमासिक अवधिमा संघ सरकारको खर्च दयनीय छ । संघ सरकारको यस्तै प्रवृत्तिबाट पाठ सिक्न नसकेका प्रदेश सरकारले आफ्नो प्रगति अझ दयनीय रहेको पुष्टि गरेका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play