Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

मङ्सिर १ गतेदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्दै काँग्रेस

Share:WhatsAppFacebookX (Twitter)Telegram
मङ्सिर १ गतेदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्दै काँग्रेस
Photo / Coverage: पर्दाफास

नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित आगामी मङ्सिर १ गतेदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्न लागिएको जानकारी दिएका छन् । काँग्रेस गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले पार्टीका कमीकमजोरी सच्चाउँदै सशक्त रूपमा उभिन र सकारात्मक प्रतिपक्षको भूमिका निर्वाहका लागि योजना बनाउन ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्न लागिएको बताएका हुन्। हल्ला र कानेखुसीले पार्टी कमजोर हुने भएकाले त्यसतर्फ नलाग्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्दै महामन्त्री पौडेलले पार्टीलाई सशक्त बनाउन आपसी सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिए । कार्यविभाजन नभएका नेताहरूका लागि भूमिका दिने सन्दर्भमा पार्टीले फराकिलो दायरा निर्माण गर्ने उनले स्पष्ट पारे । महामन्त्री पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाका बनाउन अभियान सुरु गर्न लागिएको जानकारी दिए। मङ्सिर महिनाभित्रै जिल्ला र प्रदेश अधिवेशनका साथै स्थानीय तह निर्वाचनको तयारीलाई व्यापक बनाइने उल्लेख गर्दै उनले शीघ्र अभियानको खाकासहितको सर्कुलर प्रदेश र जिल्ला तहमा पठाइने बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
घाटा सहेरै आयल निगमले पेट्रोल–डिजेलको मूल्य यथावत् राख्ने
OthersJust now

घाटा सहेरै आयल निगमले पेट्रोल–डिजेलको मूल्य यथावत् राख्ने

नेपाल आयल निगमले पेट्रोल र डिजेलको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । हालकै मूल्य कायम गर्दा १५ दिनमा १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने निगमको अनुमान छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार स्वचालित मूल्य प्रणालीले खुद्रा मूल्य बढाउनुपर्ने देखाएको थियो । चाडपर्व र उपभोक्ताको हितलाई ध्यानमा राखेर निगमको सञ्चालक समितिले साविककै मूल्य ...

पर्दाफास
तीन महिनामै सार्वजनिक ऋणको साँवा र ब्याज तिर्न झन्डै ९९ अर्ब खर्च, कुल ऋण ३० खर्ब नाघ्यो
OthersJust now

तीन महिनामै सार्वजनिक ऋणको साँवा र ब्याज तिर्न झन्डै ९९ अर्ब खर्च, कुल ऋण ३० खर्ब नाघ्यो

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा मुलुकमा सार्वजनिक ऋणको साँवा खर्च तथा ब्याज भुक्तानीमा रु ९८ अर्ब ८७ करोड ३५ लाख भुक्तानी गरेको छ । सरकारले यस शीर्षकमा चालु आर्थिक वर्षका लागि रु चार खर्ब १७ अर्ब ८८ करोड विनियोजन गरेकामा सो रकम तीन महिनामा भुक्तानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको हो । कार्यालयले चालु ...

पर्दाफास
इन्फान्टिनोको विकल्प खोज्नुपर्ने क्लोपको भनाइ, फिफा अध्यक्ष परिवर्तनको माग
OthersJust now

इन्फान्टिनोको विकल्प खोज्नुपर्ने क्लोपको भनाइ, फिफा अध्यक्ष परिवर्तनको माग

३० कात्तिक, काठमाडौं । जर्मन प्रशिक्षक योर्गेन क्लोपले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले पूर्वअध्यक्ष सेप ब्लाटरपछि अवस्था झन् खराब भएको टिप्पणी गर्दै विश्व फुटबलको सर्वोच्च निकायमा नयाँ नेतृत्व आवश्यक रहेको धारणा राखेका हुन्। ‘ब्लाटरपछि अवस्था यति खराब हुन सक्छ भन्ने मैले सोचेको थिइनँ, तर कसैले त्योभन्दा पनि खराब बनाउन सफल… ...

अनलाइन खबर
हल्ला र कानेखुसीले पार्टी कमजोर हुन्छ, त्यता नलागौं : महामन्त्री पौडेल
OthersJust now

हल्ला र कानेखुसीले पार्टी कमजोर हुन्छ, त्यता नलागौं : महामन्त्री पौडेल

३० कात्तिक, पोखरा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित आगामी मङ्सिर १ गतेदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्न लागिएको जानकारी दिएका छन् । कांग्रेस गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले पार्टीका कमीकमजोरी सच्चाउँदै सशक्त रूपमा उभिन र सकारात्मक प्रतिपक्षको भूमिका निर्वाहका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play