मकवानपुर । मकवानपुरको भीमफेदीमा यात्रुवाहक विद्युतीय (इभी) गाडी दुर्घटनामा परेको छ। बिहीबार बिहान भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढी नजिकै भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा गाडी दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान करिब ५ः४५ बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको यात्रुवाहक गाडी सडकबाट करिब ५०० मिटर तल खसेको हो। दुर्घटनाका बेला गाडीमा चालकसहित १३ देखि १४ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली उद्धारका लागि परिचालन भएको छ। दुर्घटनामा मानवीय क्षति भए–नभएको यकिन विवरण भने आइसकेको छैन।
मकवानपुरमा यात्रुवाहक इभी सडकबाट ५०० मिटर तल खस्यो

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





.jpg)
