Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

मंसिरमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
मंसिरमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ११औँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२६ आयोजना हुने भएको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा हुने मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानलगायतका देशको सहभागिता रहने बताइएको छ । महासंघका अनुसार मेलामा दुर्ई सयभन्दा बढी स्टलमार्फत्् स्वदेशी तथा विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ । यस वर्षको मेलामा करिब एक लाख स्वदेशी तथा विदेशी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ । पत्रकार सम्मेलनमा मेलाबारे जानकारी दिँदै महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र चलायमान बनाउन, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्न र व्यापारिक गतिविधि विस्तार गर्न अन्तर्राष्ट्रिय मेलाको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले बजारमा माग कमजोर रहेको, निजी लगानी अपेक्षितरूपमा विस्तार हुन नसकेको र उद्योग व्यवसायको मनोबलमा कमी आएको वर्तमान अवस्थामा उपलब्ध वित्तीय स्रोत, ऊर्जा र उद्यमशीलतालाई उत्पादन, लगानी र रोजगारीमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अध्यक्ष श्रेष्ठले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलालाई नेपाली उत्पादन तथा सेवालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने महत्त्वपूर्ण व्यावसायिक प्लेटफर्मका रूपमा विकास गरिएको बताउनुभयो । मेलाले उत्पादक, क्रेता, वितरक, आयातकर्ता तथा निर्यातकर्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्दै व्यापार विस्तार, लगानी आकर्षण र व्यावसायिक साझेदारी विकासमा सहयोग पुर्‍याउने उहाँको भनाइ थियो । महासंघका अनुसार मेलामा नेपाली उत्पादनको अन्तर्राष्ट्रिय पहिचान र बजार विस्तारलाई विशेष प्राथमिकता दिइएको छ । मेड इन नेपाल पेभेलियन तथा विभिन्न वस्तुगत संघका पेभेलियनमार्फत् नेपाली उत्पादन प्रदर्शनी गरिनेछ । हस्तकला, कृषि उत्पादन, जडीबुटी, गलैँचा, पश्मिना, चिया, कफी, अलैँची, अदुवा, नेपाली कागज तथा तयारी पोशाकलगायत निर्यात सम्भावना भएका वस्तुलाई मेलामा विशेष स्थान दिइनेछ । अध्यक्ष श्रेष्ठले नेपाली उत्पादनको गुणस्तर, प्याकेजिङ, ब्राण्डिङ र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय तथा साना उद्यमीका उत्पादन बजारसम्म पुर्‍याउने, महिला तथा युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने र स्वदेशी उत्पादनको व्यावसायीकरणमार्फत् रोजगारी सिर्जना गर्ने अवसरका रूपमा पनि मेलालाई उपयोग गर्नुपर्नेमा जोड दिँदै स्तरीय मेला स्थल बनाउन सरकारसँग आग्रह गर्नुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले महासंघले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन, विदेशी लगानी तथा प्रविधि आकर्षण र व्यावसायिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो । मेला समिति सभापति सविन श्रेष्ठले मेलालाई विगतका वर्षभन्दा थप व्यवस्थित, प्रभावकारी र व्यावसायिक बनाउने तयारी भइरहेको बताउनुभयो । सभापति श्रेष्ठले विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसँग द्विपक्षीय व्यापार, लगानी तथा व्यावसायिक साझेदारीका सम्भावनाबारे छलफल गरिने बताउनुभयो । मेलामा हस्तकला, पर्यटन, सूचना तथा प्रविधि, कृषि, ऊर्जा, भवन तथा निर्माण सामग्री, शिक्षा र व्यावसायिक सेवासम्बन्धी छुट्टाछुट्टै स्टल रहने बताइएको छ । स्थानीय उत्पादन तथा साना उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले महासंघको नेतृत्वमा देशका विभिन्न प्रदेश, जिल्ला तथा वस्तुगत संघमार्फत् आयोजना भएका मेलाहरूमा उत्कृष्ट ठहरिएका स्टल तथा उत्पादनलाई यस मेलामा निःशुल्क स्टल उपलब्ध गराउने व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ । महासंघले मेलालाई केवल प्रदर्शनीका रूपमा मात्र नभई व्यापारिक कारोबार, लगानी र दीर्घकालीन व्यावसायिक साझेदारी निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्न स्वदेशी तथा विदेशी व्यवसायी, उद्योगी, उद्यमी र सर्वसाधारणलाई आग्रह गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१३ अर्बका ६२ ठेक्का तोडिए
Latest NewsJust now

१३ अर्बका ६२ ठेक्का तोडिए

काठमाडौँ, कात्तिक १७ गते । मुलुकको सार्वजनिक निर्माण क्षेत्रमा ठेक्का ओगटेर बर्सौंसम्म काम नगर्ने र आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीमाथि सरकारले कडा कदम चालेको छ । पूर्वाधार व... ...

गोरखापत्र
काठमाडौँमा यी क्षेत्रमा जाँदैछ आज बिजुली
Latest NewsJust now

काठमाडौँमा यी क्षेत्रमा जाँदैछ आज बिजुली

आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द रहने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।  सूचना प्रकाशित गर्दै प्राधिकरणले १७ गते बिहान ५ बजेदेखि ८ बजेसम्म चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त सबस्टेसनबाट विद्युत् वितरण हुने चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरी लगायतका आसपासका सम्पूर्ण क्षेत्रहरूमा विद्युत् आपूर्ति बन्... ...

नेपालखबर
फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
Latest NewsJust now

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

कास्की । पोखरा महानगरपालिका–१३ का कृषक शुक्रराज तिमिल्सिनाले यस वर्ष तिहारलाई लक्षित गरी दुई रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका छन् । गणेश कृषि फार्मका सञ्चालक तिमिल्सिनाले पशुपालन र तरकारी खेतीसँगै तीन... ...

रातोपाटी
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’, १ सातामा ६४० जना पक्राउ
Latest NewsJust now

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’, १ सातामा ६४० जना पक्राउ

काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा एक सातामा ६४० जना पक्राउ परेका छन्।  पक्राउपर्नेमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८२ जना कसुरदार रहेका छन्।  जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कात्तिक ९ गतेदेखि १६ गतेसम्म काठमाड... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play