Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी बाढी पीडित बालबालिकालाई १८ वर्षसम्म मासिक १७ हजार ५०० दिइने

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढी पीडित बालबालिकालाई १८ वर्षसम्म मासिक १७ हजार ५०० दिइने
Photo / Coverage: केन्द्रबिन्दु

रसुवा । सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट सुरु गरेको छ । बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी र उहाँकी नवजात छोरीलाई आर्थिक सहायता प्रदान गर्दै बिहीबारदेखि योजना सुरु भएको हो । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले पीडित महिलाको बैंक खातामा पहिलो महिनाको रु १७ हजार ५०० दाखिला गरेकी हुन् । योजनाअन्तर्गत ती बालिकाले १८ वर्ष उमेर पूरा नगरेसम्म आमासँगै परिवारमा रहेर मासिक रु १७ हजार ५०० सहायता पाउनेछिन् । बाढीमा आमाबुवा गुमाएका, अभिभावक बेपत्ता भएका तथा विशेष संरक्षणको आवश्यकता रहेका बालबालिकालाई पनि दीर्घकालीन संरक्षण र भरणपोषणको व्यवस्था गरिने मन्त्री वादीले बताइन् । उनले विपद् प्रभावित बालबालिकालाई सहयोग गर्ने नाममा कुनै पनि व्यक्ति वा संस्थाले आफूखुसी अन्यत्र लैजान नपाउने स्पष्ट पारिन् । स्थानीय तहको सिफारिस तथा राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय र सहमतिबिना बालबालिकालाई संस्थागत संरक्षणका नाममा बालगृह वा अस्थायी संरक्षण केन्द्रमा लैजान नपाइने उनले बताइन् । बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर मात्रै उद्धार, संरक्षण र पुनःस्थापनाको काम अघि बढाइने उल्लेख गर्दै उनले उनीहरूको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित आवास र मनोसामाजिक अवस्थालाई समेत ध्यान दिएर सरकारले दीर्घकालीन योजना कार्यान्वयन गरिरहेको जानकारी दिइन् । राष्ट्रिय बाल अधिकार परिषद् र शेष घलेद्वारा सञ्चालित एमआइटिजीएफको सहकार्यमा उच्च जोखिममा रहेका बालबालिका तथा गर्भवती र सुत्केरीलाई लक्षित गरी विशेष सहायता कार्यक्रम सञ्चालन गरिएको हो । मध्यम तथा न्यून जोखिममा रहेका बालबालिकालाई एमआइटीजिएफ, एसओएस चिल्ड्रेन भिलेजलगायत साझेदार संस्थाको सहकार्यमा संरक्षण तथा स्याहार सेवा उपलब्ध गराइनेछ । परिषद्का सदस्यसचिव शान्तकुमारी भण्डारीको नेतृत्वमा पाँच टोली गत सातादेखि बाढी प्रभावित क्षेत्रमा बालबालिकाको अवस्था पहिचान, मूल्याङ्कन तथा दीर्घकालीन स्याहार योजना निर्माणमा परिचालित छन् । स्थलगत अध्ययनका क्रममा गोल्जुङबेसीकी सुत्केरी र नवजात शिशुको अवस्था उच्च जोखिमपूर्ण देखिएपछि मन्त्री वादीले रकम प्रदान गरेकी हुन् । मन्त्री वादीका अनुसार विभिन्न साझेदार संस्थामार्फत हालसम्म ८१० जना बालबालिकाको दीर्घकालीन स्याहारका लागि सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । जसअनुसार एमआइटिजीएफमार्फत १५०, एसओएस चिल्ड्रेन भिलेजमार्फत ६५० र प्रविना फाउन्डेसनमार्फत १० जना बालबालिकालाई सहयोग गरिनेछ । मन्त्रालयको बालकोषमा रु सात करोड रहेको र बाढी प्रभावित बालबालिकाको संरक्षण तथा स्याहारका लागि एमआइटिजीएफ र नेपाल सरकारबीच रु ५८ करोड बराबरको सम्झौता भइसकेको मन्त्री वादीले बताइन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
युक्रेन युद्ध अन्त्य गर्ने प्रयासमा ट्रम्प, पुटिनलाई आक्रमण रोक्न आग्रह
Latest NewsJust now

युक्रेन युद्ध अन्त्य गर्ने प्रयासमा ट्रम्प, पुटिनलाई आक्रमण रोक्न आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युरोपभरि सैन्य आक्रमण रोक्न आग्रह गरेको बताएका छन् । उनले गत साता चीनमा भएको भेटका क्रममा पुटिनसँग यस विषयमा छलफल गरेको र यसले युक्रेन युद्ध अन्त्य गर्ने सम्झौताका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा रुस र युक्रेनबीच चाँडै सम्झौता हुन सक्ने बलियो सम्भावना रहेको ...

फरकधार
ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
Latest NewsJust now

ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था भिसा इन्टरनेशनलको दुई प्रतिष्ठित विधाको अवार्डबाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलले आयोजना गरेको भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन र एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस दुई विधामा सम्मानित गरिएको छ । ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै नविनतम् प्रविधिमा आधारित भिसा अन्तर्गतको विभिन्न बैंकिङ सेवाहरुको विकास तथा ...

केन्द्रबिन्दु
ब्राजिलको अर्थमन्त्रीमा ट्राबुको
Latest NewsJust now

ब्राजिलको अर्थमन्त्रीमा ट्राबुको

ब्रासिलिया, मङ्सिर ११ गते । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आफ्नो आगामी कार्यकालका लागि निजी बैंकिङ क्षेत्रका कार्यकारी लुइज कार्लोस ट्राबुकोलाई अर्थमन्त्री निय... ...

गोरखापत्र
मुस्ताङमा लैङ्गिक हिंसाको मुख्य कारण मदिरा सेवन
Latest NewsJust now

मुस्ताङमा लैङ्गिक हिंसाको मुख्य कारण मदिरा सेवन

हरिकृष्ण शर्मामुस्ताङ, मङ्सिर ११ गते । मदिरा सेवनपछि हुने हिंसा मुस्ताङमा लैङ्गिक हिंसाको प्रमुख कारणका रूपमा देखिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङमा पछिल्ला पाँच आर्थिक वर्षम... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement