Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

‘भोटेकोशीको सुसाहट’लाई बाह्रखरी कथा प्रतियोगिताको प्रथम पुरस्कार

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘भोटेकोशीको सुसाहट’लाई बाह्रखरी कथा प्रतियोगिताको प्रथम पुरस्कार
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । बाह्रखरी मिडियाले आयोजना गरेको ‘डिगो १२खरी कथा प्रतियोगिता, २०८३’ को प्रथम पुरस्कार कथाकार चेतनाथ आचार्यले प्राप्त गर्नुभएको छ । उहाँको ‘भोटेकोशीको सुसाहट’ शीर्षकको कथाले दुई लाख रुपैयाँसहित प्रथम पुरस्कार जितेको हो । प्रतियोगितामा ‘सपनाको अर्को रंग’ कथाका मधुर भट्टराईले एक लाख रुपैयाँसहित द्वितीय र ‘अस्तित्वको अल्गोरिदम’ कथाकी सरस्वती सरसले ६० हजार रुपैयाँसहित तृतीय पुरस्कार प्राप्त गर्नुभएको छ । आइतबार काठमाडौंमा आयोजित समारोहमा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले विजेता कथाकारहरूलाई पुरस्कार प्रदान गर्नुभएको थियो । सोही अवसरमा प्रतियोगिताका उत्कृष्ट २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा, २०८३’ पनि सार्वजनिक गरिएको थियो । यस वर्ष प्रतियोगितामा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्राप्त एक हजार २२९ कथामध्ये उत्कृष्ट २५ कथा छनोट गरिएको थियो । उत्कृष्ट २५ मा परेका प्रथम, द्वितीय र तृतीयबाहेकका २२ कथाकारलाई जनही सात हजार रुपैयाँ प्रदान गरिएको छ । उत्कृष्ट २५ कथाको सँगालो फाइनप्रिन्टले प्रकाशन गरेको हो । आख्यानकार नयनराज पाण्डेले सम्पादन गरेको कृतिमा विभिन्न पुस्ताका कथाकारका कथा समेटिएका छन् । प्रतियोगिताको निर्णायक समितिमा अग्रज कथाकार भुवन ढुंगाना संयोजक तथा समालोचक डा.ज्ञानु अधिकारी र लेखक एवं चलचित्रकर्मी खगेन्द्र लामिछाने सदस्य हुनुहन्थ्यो । बाह्रखरी मिडियाले कथा लेखन र साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यले विगत आठ वर्षदेखि निरन्तर यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नमोबुद्ध जात्रा आजदेखि
Latest NewsJust now

नमोबुद्ध जात्रा आजदेखि

काभ्रे । काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदैछ । भोकले छटपटिएकी बघिनी र उनका पाँच डमरुको प्राण बचाउन आफ्नै शरीर अर्पण गरेका राजकुमार... ...

रातोपाटी
बाफलबाट चोरी भएको माइक्रोबससहित स्वम्भूवाट २ जना पक्राउ
Latest NewsJust now

बाफलबाट चोरी भएको माइक्रोबससहित स्वम्भूवाट २ जना पक्राउ

काठमाडौँमा पार्किङ गरी राखिएको माइक्रोबस चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ का ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुरका १८ वर्षीय विशाल लामा रहेका छन्।  नागार्जुन नगरपालिका–४ बाफलस्थित मनमती करिडोर सामुदायिक भवन नजिकको खाली जग्गामा पार्किङ गरी राखिएको बा.१ज ९८०५ नम्बर... ...

नेपालखबर
विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपछीपालन
Latest NewsJust now

विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपछीपालन

कञ्चनपुर । छ वर्ष दक्षिण कोरियामा बिताएर स्वदेश फर्किएका कञ्चनपुरको बेदकोट नगरपालिका–८ का शम्शेरबहादुर बम अहिले गाउँमै पशुपछि पालन तथा कृषि उद्यममा रमाएका छन् । विदेशमा काम गरेको अनुभव र... ...

रातोपाटी
भारत भ्रमणको दोस्रो तथा अन्तिम दिन आज के-के गर्दै छन् प्रधानमन्त्री शाह
Latest NewsJust now

भारत भ्रमणको दोस्रो तथा अन्तिम दिन आज के-के गर्दै छन् प्रधानमन्त्री शाह

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज (सोमबार) त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन्।  भारत भ्रमणको दोस्रो एवं अन्तिम दिन प्रधानमन्त्री शाहले भारतीय समयअनुसार आज बिहान ११ बजे भारतीय प्रधानमन्त्री समकक्षी मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ। यसपछि दिउँसो १२ः२५ बजे समझदारीपत्र (एमओयू) आदानप्रदान तथा ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement