भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाबाट प्रहरीले बेवारिसे अवस्थामा एक नाल भरुवा बन्दुकसहित बन्दुकमा प्रयोग हुने सामग्री बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक राकेश राईका अनुसार बुधबार अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा आमचोक गाउँपालिका–९, बोखिमटारस्थित दूधकोशी सामुदायिक वनबाट उक्त हतियार फेला पारेको हो। वन क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले एक नाल भरुवा बन्दुक बरामद गरेको हो। साथै, बन्दुकको नालमुनि प्लास्टिकमा बाँधेर राखिएका बेरिङका पाँचवटा दाना र छर्रासमेत फेला परेका छन्। बरामद गरिएका सबै सामग्री कानुनी प्रक्रिया पूरा गरी प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त सामग्रीका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको सूचना अधिकारी प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो। जंगलमा हतियार कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको हो भन्नेबारे भने अहिलेसम्म खुल्न सकेको छैन।
भोजपुरमा भरुवा बन्दुकसहित गोली र बेरिङका दाना बरामद

Read Complete Original Article
Published originally on हिमालय टाइम्स


![[अर्काइभ] माओवादीसँगको वार्तालाई लिएर गिरिजाप्रसाद र शेरबहादुरबीचको त्यो जुहारी](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/koirala-deuba-meeting-01-2142026063122-watermarked.jpg)



