Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

भैरहवा हवाई प्रवेशमार्गसम्बन्धी सहमति सकारात्मक छः महासचिव पोखरेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
भैरहवा हवाई प्रवेशमार्गसम्बन्धी सहमति सकारात्मक छः महासचिव पोखरेल
Photo / Coverage: केन्द्रबिन्दु

गण्डकी । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा गरिएको भैरहवा हवाई प्रवेशमार्ग दुईतर्फी बनाउने सहमति सकारात्मक रहेको बताएका छन् । प्रेस चौतारी नेपाल, कास्कीद्वारा आयोजित पत्रकार भेटघाटमा पोखरेलले त्यससम्बन्धी प्राविधिक विषयलाई छिटो टुङ्ग्याएर उक्त हवाई प्रवेशमार्गलाई दुईतर्फी सञ्चालनमा ल्याउन सरकारले तदारुकता देखाउनुपर्ने बताए । प्रधानमन्त्रीबाट भारतको भ्रमणका क्रममा भएका सहमति/समझदारी कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए । यसैबीच, महासचिव पोखरेलले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा विचार मिल्ने दलसँग पार्टीले तालमेल गरी अगाडि बढ्ने बताए । “कुन दलसँग तालमेल गर्ने कुरा टुङ्गिएको छैन, तर निवार्चनमा विचार मिल्ने दलहरुबीच मिलेर जाने विषयमा छलफल भइरहेको छ”, उनले भने । महासचिव पोखरेलले एमालेलाई थप एकताबद्ध र सुदृढ गर्दै आगामी निर्वाचनमा जाने बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न जाँदै
Latest NewsJust now

प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न जाँदै

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न जाँदैछन्। शाहकी प्रेस संयोजक दिपा दाहालले प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न जाने तय भएको रातोपाटीलाई जानकारी दिइन् । भेटमा थप अध्यादेश लैजाने र... ...

रातोपाटी
अस्थायी कर्मचारी र शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँछौँ: मन्त्री वादी
Latest NewsJust now

अस्थायी कर्मचारी र शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँछौँ: मन्त्री वादी

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सरकारले संघीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने नीतिगत आधार तयार गरेको बताएकी छन्। नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सामाजिक सुरक्षामन्त्री बादीले क्रमशः प्रदेश सरकार र स्थानीय तहसँग... ...

नेपालखबर
विदेश पठाइदिने भन्दै लाखौं ठगेको आरोपमा सिरहाका सन्तुलन यादव पक्राउ
Latest NewsJust now

विदेश पठाइदिने भन्दै लाखौं ठगेको आरोपमा सिरहाका सन्तुलन यादव पक्राउ

सिरहाको मिर्चैयाका सन्तुलनकुमार यादवविरुद्ध पीडितले जाहेरी दिएपछि अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement