Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

भूमिहीनलाई पुर्जा वितरणमा ढिलाइ स्वीकार्य छैन : मन्त्री रावल

Share:WhatsAppFacebookX (Twitter)Telegram
भूमिहीनलाई पुर्जा वितरणमा ढिलाइ स्वीकार्य छैन : मन्त्री रावल
Photo / Coverage: केन्द्रबिन्दु

झापा । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणलाई तीव्रता दिन निर्देशन दिएकी छन् । जिल्ला प्रशासन कार्यालयमा जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी, जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा भूमि शाखाका कर्मचारीसँगको अन्तरक्रियामा उनले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणको हालसम्मको प्रगति सन्तोषजनक नरहेको धारणा व्यक्त गरिन् । मन्त्री रावलले भनिन्, “यतिका दिनसम्मको प्रगति सन्तोषजनक मान्न सकिँदैन । भूमिहीनलाई हजारौँको सङ्ख्यामा पुर्जा वितरण भइसक्नुपर्ने हो, तर अपेक्षित उपलब्धि देखिएको छैन ।” सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि अध्यादेशमार्फत नीतिगत सुधार गरिसकेको उल्लेख गर्दै उनले कानुनी तथा नीतिगत व्यवस्थामा अझै केही अप्ठ्यारा भए सरकारले सहजीकरण गर्ने बताइन् । समस्या समाधानका लागि सरकार गम्भीर जनाउँदै उनले अब प्रक्रियागत अल्झन देखाएर काममा ढिलाइ गर्न नहुने धारणा राखिन् । “जिल्ला भूमि समस्या समाधान समितिलाई प्रशासनिक रूपमा काम गर्न अब कुनै समस्या छ जस्तो मलाई लाग्दैन । सरकार यो समस्या समाधान गर्न दिन गनेर लागि परेको छ”, उनले भनिन्, “त्यसैले परिणाम देखिने गरी कामलाई तीव्रता दिनुहोस् ।” सरकारको प्राथमिकताअनुसार भूमिहीन तथा सुकुमवासीको समस्या समाधान गरी पुर्जा वितरणको कामलाई उपलब्धिमूलक बनाउन उनले निर्देशन दिइन् । प्रतिनिधिसभा सदस्यत्रय प्रकाश पाठक, शम्भु सुस्केरा ढकाल र रमेश प्रसाईंले पनि भूमिहीनको समस्या स्थायी रूपमा समाधान गर्न कामलाई तीव्र तुल्याउन सुझाव दिए । जनताको गुम्दै गएको विश्वास फर्काउन राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र दुवैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनीहरूको भनाइ थियो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जिल्लामा हालसम्म भएका प्रगति र आगामी कार्ययोजनाबारे जानकारी गराउँदै पुर्जा वितरणको कामलाई तीव्रता दिने प्रतिबद्धता जनाए । थप जनशक्तिसहित टोली परिचालन भइसकेकाले आगामी दिनमा कामको स्पष्ट परिणाम देखिने उनले विश्वास दिलाए । जिल्ला भूमि समस्या समाधान समितिका सदस्य सचिव तथा जिल्ला नापी कार्यालय झापाका प्रमुख शिवप्रसाद लम्सालका अनुसार जिल्लामा जग्गा प्राप्तिका लागि ६० हजार २०० भन्दा बढीले आवेदन दिएका छन् । नयाँ समिति गठन भएपछि हालसम्म ७४ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको उनले कार्यक्रममा जानकारी दिए । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले आआफ्नो पालिकामा भूमि समस्या समाधानका लागि भएका प्रगति र आगामी कार्ययोजनाबारे कार्यक्रममा जानकारी गराए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल र पाकिस्तानबिचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुद‌ृढ बनाउनुपर्ने
Latest NewsJust now

नेपाल र पाकिस्तानबिचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुद‌ृढ बनाउनुपर्ने

काठमाडौँ, १६ कात्तिकः नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, लगानी र व्यावसायिक साझेदारीमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल चेम्बर अफ कमर्सका... ...

रातोपाटी
के हुनुपर्छ सरकारको तात्कालिक कार्यभार ?
Latest NewsJust now

के हुनुपर्छ सरकारको तात्कालिक कार्यभार ?

जेन–जी आन्दोलनको भावना र जनमतलाई आत्मसात् गर्दै राज्य सञ्चालनको शैली बदल्नुपर्नेमा पुरानै प्रवृत्ति, राजनीतिक पूर्वाग्रह र कार्यशैलीमा देखिएको यथास्थितिवादले जनआकांक्षामा गहिरो ठेस पुर्‍याएको छ । ...

कान्तिपुर
दार्मा र कुमाखका चार बस्ती राष्ट्रिय विद्युत् प्रसारणमा जोडिए
Latest NewsJust now

दार्मा र कुमाखका चार बस्ती राष्ट्रिय विद्युत् प्रसारणमा जोडिए

प्रतीक इच्छुक शर्मासल्यान, कात्तिक १६ गते । सल्यानको दार्मा गाउँपालिका–३ का तीन र कुमाख गाउँपालिका–६ को एक बस्तीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा विस्तार गरिएको छ । ट्रान्स... ...

गोरखापत्र
सशस्त्र प्रहरीद्वारा ७ हजार ८२६ किलो गाँजा बरामद
Latest NewsJust now

सशस्त्र प्रहरीद्वारा ७ हजार ८२६ किलो गाँजा बरामद

उदयपुर। सशस्त्र प्रहरी बल, नेपालको इन्टेलिजेन्स ब्यूरोले उदयपुरबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। ब्यूरोको विशेष सूचनाका आधारमा कात्तिक १५ गते साँझ करिब उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play