Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी दुर्घटना; सहमतिपछि आजै १४ शव आफन्तलाई बुझाइने

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी दुर्घटना; सहमतिपछि आजै १४ शव आफन्तलाई बुझाइने
Photo / Coverage: हिमालय टाइम्स

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण ईभी दुर्घटनामा ज्यान गुमाएका १४ जनाको शव आजै पोस्टमार्टम गरी आफन्तलाई बुझाइने भएको छ। पीडित परिवार र सरकारद्वारा गठित दुर्घटना छानबिन समितिबीच राहत तथा क्षतिपूर्तिका विषयमा सहमति जुटेपछि शव बुझाउने बाटो खुलेको हो। दुर्घटनामा मृत्यु भएका सबै १४ जनाको शव हेटौँडा अस्पतालमा राखिएको थियो। मृतकका आफन्तले जनही १० लाख रुपैयाँ क्षतिपूर्ति, परिवारका सदस्यलाई रोजगारी र घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग अघि सार्दै शव बुझ्न अस्वीकार गरेका थिए। शव बुझाउने विषयमा सहमति नजुट्दा अस्पतालमा शव व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको थियो। हेटौँडा अस्पतालमा एकपटकमा चारवटा मात्रै शव राख्न सकिने क्षमता रहेकाले १४ वटा शव एकैपटक व्यवस्थापन गर्न कठिनाइ भएको अस्पतालले जनाएको थियो। मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलका अनुसार सहमतिअनुसार कानुनबमोजिम पाउने राहत तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउन सरकारले पहल गर्नेछ। त्यसबाहेक थप राहत तथा क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आग्रह गर्ने सहमति भएको छ। सहमति जुटेसँगै पोस्टमार्टम हुन बाँकी नौ जनाको शव परीक्षण प्रक्रिया अघि बढाइएको छ। हेटौँडा अस्पतालले पोस्टमार्टमका लागि आवश्यक तयारी पूरा गरिसकेको छ। बाँकी प्रक्रिया सम्पन्न गरी आजै सबै १४ शव आफन्तलाई जिम्मा लगाउने तयारी गरिएको अस्पतालले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल टेलिकमको एनटी फाइबर जोड्ने सोचमा हुनुहुन्छ ? यस्तो छ अफर
Latest NewsJust now

नेपाल टेलिकमको एनटी फाइबर जोड्ने सोचमा हुनुहुन्छ ? यस्तो छ अफर

काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबर इन्टरनेट र मेस एपी अफरको अवधि थप गरेको छ । कम्पनीले ग्राहकको माग बढेपछि दुवै अफरको अवधि आगामी पुस ३० गतेसम्म थप गर्ने निर्णय गरेको हो । नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज वार्षिक ४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराउँदै आएको छ । यो प्याकेज गत […] ...

लोकपथ
भीमफेदी दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख राहत
Latest NewsJust now

भीमफेदी दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख राहत

धनुषा, कात्तिक २७ गते । मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही रु एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ ।प्रदेश मन... ...

गोरखापत्र
जगदीश खरेललाई प्रश्न : पार्टी र सरकारबिच द्वन्द्व बढेको हो ?
Latest NewsJust now

जगदीश खरेललाई प्रश्न : पार्टी र सरकारबिच द्वन्द्व बढेको हो ?

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विचौलिया इनम सापकोटासँग जोडिएका सर्वोच्च अदालतका न्यायाधीशहरूलाई महाभियोग लगाउने प्रक्रिया अगाडि बढाउन संसदीय दललाई निर्देशन दिएको १३ दिन पूरा हुँदा पनि कार्यान्वयन भएको... ...

रातोपाटी
भीमफेदी दुर्घटना: दुई दिनपछि आफन्तले बुझे शव
Latest NewsJust now

भीमफेदी दुर्घटना: दुई दिनपछि आफन्तले बुझे शव

मकवानपुरको भीमफेदीमा भएको हाइस दुर्घटनामा ज्यान गुमाएका १४ जनाकै शव आफन्तले बुझेर लगेका छन्।  मृतकका परिवार र सरकारबीच राहत, क्षतिपूर्ति तथा पीडित परिवारको पुनःस्थापनाका विषयमा सहमति जुटेपछि शव बुझाउने प्रक्रिया टुंगिएको हो। दुर्घटनामा मृत्यु भएका चालक रवीशंकरकुमार मण्डलको शव परिवारले बिहीबार नै बुझेर लगेका थिए। बाँकी १३ जनाको शव भने पोस्टमार्टमपछि... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play