Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी दुर्घटना : आफन्तद्वारा शव बुझ्न अस्वीकार, सरकारसँग क्षतिपूर्ति माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी दुर्घटना : आफन्तद्वारा शव बुझ्न अस्वीकार, सरकारसँग क्षतिपूर्ति माग
Photo / Coverage: केन्द्रबिन्दु

हेटौँडा । मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक ईभी दुर्घटनामा मृत्यु भएका १४ जनाका आफन्तले क्षतिपूर्तिको माग राख्दै शव बुझ्न अस्वीकार गरेका छन्। पीडित परिवारले सङ्घीय सरकारले विशेष रूपमा सम्बोधन गर्नुपर्ने अडान राखेपछि मृतकका शव अस्पतालमै रोकिएका छन्। बिहीबार बिहान काठमाडौँबाट छठ पर्व मनाउन सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा दुर्घटनामा परेको थियो। सडकबाट करिब पाँच सय मिटर तल खसेको उक्त गाडीमा चालकसहित २० जना सवार थिए। दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मृतकका आफन्तले यसअघि पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने तथा घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग राखेका थिए। पछिल्लो समय उनीहरूले सङ्घीय सरकारबाटै थप सम्बोधन हुनुपर्ने माग अघि सारेका छन्। मृतकका आफन्तले शव बुझ्न नमानेपछि १३ जनाको शव हेटौँडा अस्पतालको शव गृहमा राखिएको छ। एक जनाको परिवारले भने शव बुझिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। पीडित परिवार, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, प्रहरी प्रमुख एसपी श्यामबहादुर खत्रीलगायतको उपस्थितिमा बिहीबार छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेन। पीडित परिवारका माग र क्षतिपूर्तिको विषयमा शुक्रबार पनि छलफल हुने डीएसपी काफ्लेले बताए। प्रमुख जिल्ला अधिकारी अधिकारीले कानुन तथा नियमअनुसार उपलब्ध गराउनुपर्ने क्षतिपूर्ति दिन कुनै बाधा नरहेको बताएका छन्। तर, पीडित परिवारले कानुनले तोकेकोभन्दा थप क्षतिपूर्ति सङ्घीय सरकारबाटै उपलब्ध गराउनुपर्ने अडान राखेपछि शव हस्तान्तरण र पोस्टमार्टमको प्रक्रिया अघि बढ्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले जोखिमपूर्ण भिरबाट उद्धार गरेको थियो। घाइते ६ जनाको हेटौँडा, भरतपुर र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्पेनमा नजिकिँदै निर्वाचन, सर्वेक्षणले प्रधानमन्त्री सान्चेजलाई तनाव
Latest NewsJust now

स्पेनमा नजिकिँदै निर्वाचन, सर्वेक्षणले प्रधानमन्त्री सान्चेजलाई तनाव

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले गत महिना आकस्मिक आमनिर्वाचन घोषणा गर्दा उनलाई लागेको थियो, ‘आवास सङ्कटप्रतिको आक्रोश र दक्षिणपन्थी अतिवादी शक्तिको उदयप्रतिको चिन्ताले वामपन्थी मतदाता उनको समाजवादी पार्टीको पक्षमा... ...

रातोपाटी
एआई नीतिबारे छलफल गर्दै ईयू नेता
Latest NewsJust now

एआई नीतिबारे छलफल गर्दै ईयू नेता

काठमाडाैँ । कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विकाससँगै त्यसबाट प्राप्त हुने अवसर उपयोग र सम्भावित जोखिम न्यूनीकरण गर्ने नीति तय गर्न युरोपेली सङ्घ (इयु) का नेताहरूले शुक्रबार पहिलोपटक डब्लिनमा छलफल... ...

रातोपाटी
छठ पर्वका सामग्री किन्न बजारमा लाग्न थाल्यो भीड
Latest NewsJust now

छठ पर्वका सामग्री किन्न बजारमा लाग्न थाल्यो भीड

काठमाडौं । छठ पर्वका लागि चाहिने केरा, नरिवल, उखु लगायतका सामग्री किन्न काठमाडौं उपत्यकाका विभिन्न बजारमा भीड लागेको छ । छठ पर्वको मुख्य दिन नजिकिदै जाँदा काठमाडौंको कालीमाटी, कुलेश्वर लगाएतका स्थानमा छठ पर्वका लागि किनमेल गर्नेहरुको घुँइचो लागेको हो । छठका लागि विशेष रुपमा चाहिने केरा र नरिवल जस्ता सामग्री स्वदेशमा नै उपलब्ध भएपनि उखु लगायत अन्य फलफूल भने भारत लगाएतका ...

केन्द्रबिन्दु
रामेछापका नदी तटीय क्षेत्रमा स्वचालित पूर्वसूचना प्रणाली जडानको तयारी
Latest NewsJust now

रामेछापका नदी तटीय क्षेत्रमा स्वचालित पूर्वसूचना प्रणाली जडानको तयारी

सम्भावित हिमताल विस्फोटबाट तामाकोशी र सुनकोशी तटीय बस्ती जोगाउन प्रशासनले पूर्वसूचना प्रणाली जडानका लागि सम्बन्धित निकायसँग पहल थालेको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play