Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन, सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन, सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने
Photo / Coverage: हिमालय टाइम्स

हेटौँडा । मकवानपुरको भीमफेदी–देउराली सडकखण्डमा १४ जनाको ज्यान जाने गरी भएको ईभी हाइस दुर्घटनाको कारण पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । दुर्घटनाको वास्तविक कारण पहिचान गर्नुका साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक उपाय सिफारिस गर्ने उद्देश्यले समिति गठन गरिएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा जिल्ला ट्राफिक प्रहरी प्रमुख, नेपाल प्रहरीका प्रहरी निरीक्षक, बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य रहनेछन् । समितिलाई दुर्घटनास्थलको स्थलगत अध्ययन, प्राविधिक पक्षको विश्लेषण र दुर्घटनाका सम्भावित कारण पहिचान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइनेछ । जिल्ला सुरक्षा समितिको बैठकबाट आवश्यक निर्णय गरी छानबिन प्रक्रिया अघि बढाइने प्रजिअ अधिकारीले जानकारी दिनुभयो । प्रारम्भिक रूपमा चालकको थकान, पर्याप्त विश्रामको अभाव, तीव्र गति र क्षमताभन्दा बढी यात्रु बोकेको हुन सक्ने आशंका गरिएको छ । प्रजिअ अधिकारीका अनुसार दुर्घटनामा परेको ईभी हाइस राति अबेर काठमाडौं पुगेको थियो । काठमाडौं पुगेको उक्त गाडी बिहान करिब २ बजे सर्लाहीका लागि छुटेको थियो । बिहान ५ः१५ बजे देउराली पुगेको गाडी त्यसको करिब ३० मिनेटपछि ५ः४५ बजे चिसापानी नजिक दुर्घटनामा परेको थियो । रातभर सवारी सञ्चालनमा रहनु र चालकले पर्याप्त विश्राम नगरी पुनः लामो दूरीको यात्रा सुरु गर्नु दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रशासनको प्रारम्भिक आकलन छ । चालकले मोबाइलमा कुरा गर्दै सवारी चलाउनेजस्ता लापरबाहीका विषय पनि उठेको अधिकारीले बताउनुभयो । उहाँले सवारी साधनलाई निरन्तर सञ्चालनमा राख्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै चालक र सवारी दुवैलाई निश्चित समयको विश्राम आवश्यक रहेको बताउनुभयो । यात्रुले पनि चालकले नियमविपरीत गतिविधि गरेको देखेमा तत्काल खबरदारी गर्नुपर्ने उहाँको भनाइ छ । दुर्घटनापछि यात्रुको पहिचान र सनाखतमा देखिने समस्याप्रति पनि प्रशासनले चिन्ता व्यक्त गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले टिकट काउन्टरमै यात्रुको नाम र ठेगानासहितको विवरण राख्नुपर्ने व्यवस्था गरे पनि व्यवसायीले त्यसको प्रभावकारी कार्यान्वयन नगरेको अधिकारीले बताउनुभयो । यात्रुको विवरण व्यवस्थित नहुँदा दुर्घटनापछि आफन्तसँग सम्पर्क गर्न र मृतकको सनाखत गर्न कठिनाइ हुने गरेको उहाँको भनाइ छ । त्यसैगरी, दुर्घटना न्यूनीकरणका लागि मकवानपुरमा अभ्यासका रूपमा लागू गरिएको टाइम कार्ड प्रणालीलाई काठमाडौंमै व्यवस्थित र अनिवार्य बनाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । भीमफेदी–देउराली सडकखण्ड दुर्घटनाका दृष्टिले संवेदनशील बन्दै गएको उल्लेख गर्दै अधिकारीले सडकको अवस्था, सडक सुरक्षा संरचना, ट्राफिक सङ्केत, रोड फर्निचर तथा सम्बन्धित निकायको जिम्मेवारीसमेत छानबिनको दायरामा रहने बताउनुभयो । दुर्घटनामा ज्यान गुमाएका १४ जनामध्ये अधिकांश सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर बस्तीका रहेका छन् । दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जनालाई थप उपचारका लागि चितवन र काठमाडौं पठाइएको छ भने अन्य तीन जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि दुर्घटनाको कारण र जिम्मेवार पक्ष पहिचान गरी आवश्यक थप प्रक्रिया अघि बढाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उद्योग मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडूबीच छलफल
Latest NewsJust now

उद्योग मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडूबीच छलफल

आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूबीच आज भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ । ...

हाम्राकुरा
यूएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न ढकालको आग्रह
Latest NewsJust now

यूएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न ढकालको आग्रह

चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । ...

हाम्राकुरा
लुम्बिनीले गुमायाे पाँचाैँ विकेट
Latest NewsJust now

लुम्बिनीले गुमायाे पाँचाैँ विकेट

काठमाडाैँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्ससँगकाे खेलमा लुम्बिनी लायन्सले पाँचाैँ विकेट गुमाएकाे छ। लुम्बिनीका डार्सी सर्ट ३४ बलमा ४६ रन बनाएर आउट भएका छन् ।लुम्बिनीले १३.३ ओभरकाे... ...

रातोपाटी
रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै
Latest NewsJust now

रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा १९ सदस्यीय प्रतिनिधिमण्डल चीन जान लागेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । सो भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायतका विषयमा ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play