काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसे नजिकै त्रिभुवन राजपथमा भएको जिप दुर्घटनामा मृत्यु भएका तीन जनामध्ये दुई जनाको पहिचान खुलेको छ। दुर्घटनामा आठ जना घाइते भएका छन्। सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा र २२ वर्षीया जेशिका तिमल्सिना रहेका छन्। चन्द्रनिगाहपुरबाट जिप चढेकी अर्की मृतक महिलाको भने पहिचान खुल्न सकेको छैन। दुर्घटनामा रौतहटको चन्द्रपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज, १५ वर्षीया सुमिना थिङ, चन्द्रपुर–४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रपुर–३ की १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र चन्द्रपुर–४ का १९ वर्षीय बय हाङ रानामगर घाइते भएका छन्। प्रहरीका अनुसार आज बिहान करिब ८ः५५ बजे हेटौँडाबाट काठमाडौं जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो सडकबाट करिब २० देखि २५ मिटर तल खोलामा खसेको थियो। दुर्घटनापछि स्थानीय बासिन्दा र प्रहरी चौकी भैंसेको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भीमफेदी जिप दुर्घटना : दुई मृतकको पहिचान खुल्यो, आठ जना घाइते

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






