काडमाडाैं । आज सम्पन्न भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलले सिंगापुरलाई ७-० को फराकिलो गोल अन्तरले पराजित गरेको छ। खेलको पहिलो हाफदेखि नै आफ्नो प्रभाव जमाएको ब्राजिलका लागि भिनिसियस जुनियरले उत्कृष्ट प्रदर्शन गर्दै खेलको ९औँ, १५औँ र २१औँ मिनेटमा लगातार गोल गरी ह्याट्रिक पूरा गरेका थिए। त्यसपछि टोलीका लागि ३१औँ मिनेटमा एन्ड्रिकले एक गोल थपे भने ५१औँ मिनेटमा इस्टेभाओ विलियमले गोल गरे। खेलको ६५औँ मिनेटमा रेयानले अर्को गोल थप्दा ७४औँ मिनेटमा सिंगापुरका राउल सुहाइमीबाट आत्मघाती गोल हुन पुगेको थियो। यसरी सिंगापुरलाई कुनै पनि गोल गर्न नदिई ब्राजिलले खेलमा सानदार विजय हासिल गरेको छ।
भिनिसियसकाे ह्याट्रिकमा सिंगापुरकाे पाेष्टमा ब्राजिलकाे ७ गाेल

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






