भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपालका पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा मन्त्री लम्सालले नेपाल–भारतबीचको द्विपक्षीय सहकार्य विस्तारका विषयमा आफ्ना धारणा राखेका थिए । विशेषगरी पूर्वाधार विकास र कनेक्टिभिटीका क्षेत्रमा दुई देशबीच सहकार्य थप बढाउने विषयमा छलफल भएको भारतीय विदेश सचिवालयले जनाएको छ । भेटमा नेपाल र भारतबीचको पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तारका सम्भावनाबारे विचार आदानप्रदान भएको थियो ।
भारतीय विदेश सचिव मिस्री र पूर्वाधार विकासमन्त्री लम्सालबीच भेटवार्ता

Read Complete Original Article
Published originally on पर्दाफास






